Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Friday, November 6
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » काठमाडौँ प्रवेश गर्यो मनसुन, कस्तो रहला प्रभाव?

    काठमाडौँ प्रवेश गर्यो मनसुन, कस्तो रहला प्रभाव?

    पहिलोक्लिकपहिलोक्लिकJune 15, 2024No Comments
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    ६ दिनअघि नेपालको पूर्वी क्षेत्रबाट भित्रिएको पानी पार्ने मौसम प्रणाली ‘मनसुन’को प्रभाव काठमाडौँसम्म आइपुगेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्।

    मौसमविद् सरोज पुडासैनीले आज (शनिबार) बिहानदेखि कोसी प्रदेश, मधेस हुँदै बागमती प्रदेशको काठमाडौँसम्म मनसुनको प्रभाव विस्तार भएको जानकारी दिए।

    ‘कोसी प्रदेशको पूरै भूभाग, मधेसको जनकपुरदेखि बर्दिबाससम्म, बागमतीको पनि रामेछाप, काठमाडौँसम्म मनसुनको प्रभाव सुरु भइसकेको छ’, उनले भने, ‘वर्षा नै गराइसकेको त छैन तर बादल आइरहेको छ, आज दिउँसो मधेस र बागमती प्रदेशका पनि केही ठाउँमा वर्षा पनि हुने सम्भावना छ।’

    तर मनसुनका कारण वर्षा भइनसकेकाले कोसीबाट मनसुन थप प्रदेशमा प्रवेश गरेको बुलेटिनमार्फत औपचारिक घोषणा गर्न बाँकी रहेको मौसमविद् पुडासैनीको भनाइ छ।

    यस क्रममा आज दिउँसो काठमाडौँ उपत्यकामा पनि मनसुनी वर्षाको सम्भावना देखिएको उनले बताए। ‘हल्का वर्षा हुने सम्भावना देखिन्छ’, उनले भने।

    मौसमविद् पुडासैनीका अनुसार मनसुनको प्रभाव सुरु भएसँगै सम्बन्धित क्षेत्रमा तापक्रम केही मात्रामा घट्ने र गर्मीमा केही राहत पुग्ने अपेक्षा गर्न सकिन्छ।

    ‘तर काठमाडौँभन्दा पश्चिमतर्फ मनसुनको प्रभाव पुग्न अझै केही दिन लाग्ने भएकाले पश्चिम तराईको तापक्रम भने अझै केही समय उस्तै रहने देखिन्छ’, उनले भने।

    विगतका वर्षका तुलनामा यस वर्ष मनसुन प्रवेश गरेपछि देशभर फैलिन केही ढिला भइरहेको मौसमविद् पुडासैनीले बताए।

    यस वर्ष मनसुन नेपालमा मनसुन भित्रिने सरदर मिति (जुन १३) भन्दा ३ दिनअगावै जुन १० तारिखमा कोसी प्रदेशको पूर्वी भागबाट प्रवेश गरेको थियो।

    तर आज छैटौँ दिन भइसक्दा बल्ल बागमती प्रदेशसम्म मनसुनको हल्का प्रभाव सुरु भएको छ।

    ‘विगतका वर्षमा मनसुन भित्रिएको ५ देखि ७ दिनभित्र मुलुकभर फैलिएको पाइन्छ’, मौसमविद् पुडासैनीले भने, ‘यसपटक केही ढिला भएकै हो।’

    उनका अनुसार मनसुन भनेको पूर्वबाट पश्चिम बहने जलवाष्पयुक्त वायु हो। तर अहिलेसम्म पश्चिमी वायु सक्रिय रहेकाले पूर्वी हावा मनसुनलाई पश्चिम सर्न अवरोध भइरहेको हो।

    मौसम महाशाखाका अनुसार हाल पूर्वी क्षेत्रमा मनसुनी प्रणालीको प्रभाव छ भने देशका बाँकी स्थानमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ।

    ‘हाल काठमाडौँदेखि पूर्व ताप्लेजुङसम्म मनसुनको प्रभाव छ’, मौसमविद् पुडासैनीले भने, ‘काठमाडौँदेखि पश्चिम मनसुनको प्रभाव छैन अर्थात् अन्य प्रणालीको प्रभाव छ।’

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.