नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच सहमति जुटेको छ। सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेट्रोलियम ट्यांकर चालक संघ, निगम र मन्त्रालयका पदाधिकारीबीच छलफल भएको थियो।
छलफलपछि १५ दिनभित्र मागहरू पूरा गर्नेगरी सहमति जुटेको हो।
१५ दिनभित्र मागहरू पूरा गर्ने सहमति भएसँगै आइतबारदेखि जारी अवरुद्ध अन्त्य हुने जनाइएको छ। छलफलपछि आयोजित पत्रकार सम्मेलनमा आजैबाट बन्द रहेका पेट्रोल पम्प खुल्ने जानकारी गराइएको छ।
७ बुँदे माग राखेर पेट्रोलियम ट्यांकर चालक संघका चालकहरू हड्तालमा उत्रिएका थिए।
आयल निगममा लामो समयदेखि ट्यांकर चालक मजदुरहरू आवश्यक सेवा सुविधाविना नै काम गर्न बाध्य रहेको माग राखेका थिए।
