Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Thursday, November 5
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » काठमाडौँ मनसुन प्रवेश गरेको औपचारिक घोषणा गर्छौं: महाशाखा, पश्चिम पुग्न अझै सातादिन लाग्ने

    काठमाडौँ मनसुन प्रवेश गरेको औपचारिक घोषणा गर्छौं: महाशाखा, पश्चिम पुग्न अझै सातादिन लाग्ने

    पहिलोक्लिकपहिलोक्लिकJune 18, 2024No Comments
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link


    काठमाडौँ: काठमाडौँ उपत्यकामा मनसुनको प्रभाव सुरु भइसकेको छ। तर मौसम पूर्वानुमान महाशाखाले यसको औपचारिक घोषणा गरिसकेको छैन।

    अब निकट भविष्यमै यसको औपचारिक घोषणा गर्ने तयारी भइरहेको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।

    ‘काठमाडौँमा जारी वर्षामा स्थानीय वायुका साथै मनसुनको पनि प्रभाव मिसिएको छ’, उनले भनिन्, ‘मनसुन भित्रियो भन्नाका लागि यसको क्राइट एरिया फुलफिल हुनुपर्छ, हामी अध्ययन गरिरहेका छौँ, त्यो क्राइट एरिया पुग्न लागेको छ, सम्भवतः आज भोलि नै हामी काठमाडौँमा मनसुन प्रवेशको औपचारिक घोषणा गर्ने छौँ।’

    गत जेठ २५ गते अर्थात् जुन १० तारिख कोसी प्रदेशबाट प्रवेश गरेको मनसुन अहिलेसम्म अन्य प्रदेशमा फैलिएको औपचारिक घोषणा मौसम महाशाखाले गरेको छैन। तर अनौपचारिक कुराकानीमा महाशाखाका मौसमविद्ले मनसुन कोसी प्रदेशको पूरै क्षेत्रमा फैलिसकेको तथा मधेस र बागमती प्रदेशमा समेत यसको धेरथोर प्रभाव सुरु भइसकेको बताइरहेका छन्।

    तर मनसुनका प्रवेश भयो भनेर भन्नाका लागि यसका विभिन्न मापदण्ड पूरा हुनुपर्ने मौसमविद्को भनाइ छ। तर अब चाँडै काठमाडौँसम्म मनसुन आएको औपचारिक घोषणा गर्ने तयारी भइरहेको मौसमविद् मानन्धरले बताएकी छन्।

    काठमाडौँबाट देशको पश्चिमी क्षेत्रमा मनसुन पुग्न भने अझै ५ देखि ७ दिनसम्म लाग्ने अनुमान गरिएको उनले बताइन्।

    ‘पहिला त मनसुन काठमाडौँ आइपुग्नपर्‍यो, त्यसपछि बल्ल पश्चिमतिर फैलिन्छ’, मौसमविद् मानन्धरले भनिन्, ‘काठमाडौँबाट देशको पश्चिमी क्षेत्रसम्म मनसुन पुग्न अझै ५ देखि ७ दिन लाग्ने अनुमान छ।’

    मनसुन नेपाल प्रवेश गरेको आज (असार ४ गते) ९ दिन लागिसकेको छ। तर यो पूर्वी क्षेत्रबाट अन्य स्थानमा फैलिन ढिलाइ भइरहेको छ।

    मौसमविद् मानन्धर भने गत वर्ष पनि मनसुन देशको पश्चिमसम्म पुग्न तीन साता लागेको बताउँछिन्।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.