काठमाडौँ: मनसुन सक्रिय भएसँगै देशको पूर्वी क्षेत्रमा बाढीको जोखिम बढेको छ। पूर्वका कतिपय स्थानमा त बाढीले क्षतिसमेत पुर्याउन थालेको छ।
यसैबीच आज (मंगलबार) पनि पूर्वी क्षेत्रका विभिन्न स्थानमा बाढी आउने सम्भावना रहेको उल्लेख गर्दै बाढी पूर्वानुमान महाशाखाले चेतावनी जारी गरेको छ।
बाढी महाशाखाका अनुसार आगामी ३ दिन कोसी, कन्काई, कमला र यसका सहायक नदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना छ।
आज मेची, विरिङ, निन्दा, कन्काईलगायत झापा जिल्ला भई बहने ससाना नदीमा आकस्मिक बाढी आउने सम्भावना छ।
यसैले सम्बन्धित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी महाशाखाले सुझाव दिएको छ।
Facebook Comments Box
