काठमाडौं: प्रधानसेनापति पूर्णचन्द्र थापाले सरकारको निर्णय अनुरुप हालै उपरथी पदमा बढुवा भएका रघु भण्डारी र नरेश चन्द्र भट्टलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
मन्त्रिपरिषद्को गत असोज ०५ गतेको निर्णय अनुसार उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
यसअघि भण्डारी कल्याणकारी योजना निर्देशनालयका सहायक रथी थिए भने भट्ट रणनीति तथा दीर्घकालिन योजना निर्देशनालयका सहायक रथी थिए ।
उनीहरु दुबैलाई आइतबार जंगी अड्डामा आयोजित एक बिशेष समारोहका बीच प्रधानसेनापति थापाले उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।
दर्ज्यानी चिन्हसँगै भण्डारी संभाररथिइको कार्यालय र भट्ट व्यवस्था नीति तथा योजना महानिर्देशनालयको महानिर्देशकमा सरुवा नियुक्ति भएको निर्देशनालयले जनाएको छ ।