प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि जहाँ जहाँ संविधान बाधक बनेको छ त्यहाँ संशोधन भएरै छाड्ने दाबी गरेका छन्।
आइतबार प्रतिनिधि सभामा विश्वासको मत माग्दै एमाले अध्यक्ष समेत रहेका ओलीले राष्ट्रिय सहमितमै संविधान संशोधन हुने पनि बताए।
‘मलाई आशा छ, यस मामिलामा सिंगो देश एक हुनेछ। यसमा राष्ट्रिय सहमति हुनेछ,’ ओलीले भने।
संविधान असंशोधनीय विषय नभएको, संविधान देश र जनताको हितको लागि साधनका रुपमा अर्थ लगाए।
‘संविधान असंशोधनीय विषय होइन। संविधान देश र जनताको हितको लागि साधन हो, साध्य होइन। आवश्यकताले संविधान, ऐन(कानुनमा संशोधन र परिमार्जन हुन्छ,’ ओलीले भने।
साथै, उनले आफू सधैँ अघि बढ्ने मान्छे भएको सुनाउँदै यात्रामा ब्याक गियर नलगाउने दाबी गरे।
छम सधैं अघि बढ्ने मानिस हुँ, मैले आफ्नो यात्रामा ब्याक गियर लगाउन र पछि सर्न जानेको छैन। हामी सबैले महशुस गरेको कुरा अहिले विकासको मुख्य तगारो अस्थिरता हो,’ ओलीले भने, ‘अस्थिरता हटाउन संविधानमा संशोधन चाहिन्छ भने हामीले गर्नुपर्छ।’