काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले आज (असोज २० गते) सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका छन्।
राष्ट्रपतिको कार्यालयले आइतबार बिहान जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले संवैधानिक परिषद्को सिफारिसबमोजिम राउतलाई नेपालको प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन्।
उनको शपथ आजै दिउँसो गरिने शीतलनिवास स्रोतले जानकारी दिएको छ।
शपथपछि आजै पदभार ग्रहणका लागि सर्वोच्च अदालतले तयारी गरिरहेको छ।
यसअघिका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले ६५ वर्षे उमेरहदका कारण गएराति १२ बजेबाट अनिवार्य अवकाश लिइसकेका छन्।
त्यसैले उनको स्थानमा राउतलाई नियुक्त गरिएको हो।
