Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Sunday, November 8
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » पश्चिम सेती आयोजनाको निर्माण ढाँचा खोजिँदै, कार्यदल गठन

    पश्चिम सेती आयोजनाको निर्माण ढाँचा खोजिँदै, कार्यदल गठन

    पहिलोक्लिकपहिलोक्लिकSeptember 27, 2018No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ :सरकारले पश्चिम सेती जलविद्युत् आयोजना निर्माणको उपयुक्त ढाँचा तय गर्दै लगानीका लागि आवश्यक प्रक्रिया थाल्ने भएको छ ।

    चिनियाँ कम्पनी थ्री गर्जेजले विगत सात वर्षसम्म आयोजनाले कुनै प्रगति नगरेको र पछिल्लो दिनमा आफँै आयोजनाबाट बाहिरिने सङ्केत गरेपछि सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, अर्थमन्त्री डा युवराज खतिवडा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी संलग्न रहेको एक कार्यदल गठन गरेको छ ।

    सो कार्यदलले दिने सुझावका आधारमा आयोजना निर्माणको उपयुक्त ढाँचा तय गरिनेछ । यही असोज २ गते बसेको लगानी बोर्डको बैठकले उक्त कार्यदल गठन गरेको हो ।

    चिनियाँ कम्पनी थ्री गर्जेजले उठाएका अधिकांश विषयमा सरकारले सहमति जनाए पनि पछिल्लो पटक उसले पुनःस्थापना र पुनःबासलगायतका विषय जटिल रहेको भन्दै आफैँ आयोजनाबाट बाहिरिने सङ्केत गरेको थियो ।

    सरकारले जलाशयुक्त आयोजनाको प्रतियुनिट विद्युत् १२ रुपैयाँ ४० पैसामा खरिद र दश वर्षसम्म अमेरिकी डलरमा विद्युत् खरिद सम्झौता गर्नेलगायतका विषयमा सहमति जनाए पनि चिनियाँ कम्पनीले आयोजनाका केही प्राविधिक विषयमा प्रश्न उठाएर बाहिरिने सङ्केत गरेको थियो ।

    करीब १६ वर्ष अष्ट्रेलियन कम्पनी स्मेकले जिम्मा लिएको आयोजनामा कुनै प्रगति नभएपछि सरकारले २०६८ मा चिनियाँ कम्पनी थ्री गर्जेजसँग आयोजना निर्माणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो । तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकारको उक्त सम्झौता गरे पनि आयोजनामा कुनै प्रगति हुनसकेको थिएन ।

    पछिल्लो पटक आयोजनाका बारेमा छलफल गर्न आएको चिनियाँ प्रतिनिधिले आयोजनाको प्राविधिक तथा अन्य केही विषयमा प्रश्न उठाएर आयोजनाबाट बाहिरिने सङ्केत गरेपछि सरकारले कार्यदल गठन गरेको हो ।

    कार्यदल सदस्यसमेत रहनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुनले आयोजनाको विषयमा उपयुक्त ढाँचाको खोजी गरिने बताउनुभयो । उनले भने, “विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार भएको, निर्माणमा जानसमेत उपयुक्त रहेको आयोजना कुन ढाँचामा कसरी निर्माण गर्ने विषयमा हामी उपयुक्त प्रस्ताव गर्छौँ, सोही प्रस्तावका आधारमा सरकारले आवश्यक निर्णय गर्छ ।”

    लामो समयदेखि निर्माणको प्रक्रिया अगाडि बढ्न नसक्दा आयोजना प्रभावित क्षेत्रमा विकास निर्माणको कामसमेत प्रभावित भएको छ । कूल ७५० मेगावाट क्षमताको सो आयोजनाको लागत रु एक खर्ब ८० अर्बको हाराहारीमा पुग्ने अनुमान छ ।

    आयोजना प्रभावित क्षेत्रमा बाक्लो बस्ती रहेको तथा पुनःस्थापना तथा पुनःबास, जग्गा प्राप्तिको विषयसमेत जटिल बन्दै गएको छ । तर प्रदेश नं ७ सरकार, स्थानीय नागरिक समाज तथा केही ऊर्जा उद्यमीले नेपाली लगानीमा नै सो आयोजना अगाडि बढाउन आफूहरु इच्छुक रहेको बताउँदै आएका छन् ।

    स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान)का पूर्वअध्यक्ष खड्गबहादुर विष्टले आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्न सकिने भन्दै आवश्यक प्रक्रिया शुरु गर्न आग्रह गर्दै आएका छन् । सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा समेत आयोजना नेपाली लगानीमा नै निर्माण गर्ने प्रस्ताव गरेको छ ।

    लगानी बोर्डको यही असोज २ गतेको बैठकले आयोजना विकासका लागि उपयुक्त ढाँचा सिफारिस गर्न उच्चस्तरीय कार्यदल गठन गरेको थियो । मन्त्री पुनले कार्यदलमा हरेक पक्षबाट छलफल हुने र उपयुक्त निर्णय लिइने बताए । “सधँै आयोजना ‘होल्ड’ मा राख्ने भन्ने हुँदैन, हामी उपयुक्त प्रक्रियाको खोजीमा छौँ, सबैभन्दा राम्रो विकल्प प्रस्तुत गर्छौ”, मन्त्री पुनले भने ।

    बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बोर्डको निर्णयअनुसार पश्चिम सेती आयोजनाको सम्बन्धमा आवश्यक र उपयुक्त सिफारिस गरिने बताए । आयोजना बन्छ र सुदूरपश्चिममा आर्थिक समृद्धिको ढोका खुल्छ भनेर प्रतिक्षामा बसेकाहरू क्रमशः निराश बन्दै गएको अवस्थामा उचित विकल्प दिएर तत्काल काम शुरु गर्नुपर्ने माग उठेको छ ।

    Facebook Comments Box

    पश्चिम सेती
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.