काठमाडौँ: युट्युबमार्फत चर्चामा आएका बालगायक सचिन परियारको निधन भएको छ।
गुल्मी घर भएका परियार पछिल्लो समय कम्मरमुनिको भाग नचल्ने समस्याका कारण थलिएका थिए। उनलाई पछिल्लो पटक निमोनिया पनि भएको थियो ।
त्रिवि शिक्षण अस्पतालमा उनको मृत्यु भएको र अहिले कागजी प्रक्रिया चलिरहेको अस्पताल प्रशासनले जनाएको छ।
उनले चर्चित टेलिशृंखला ‘मेरी बास्सै’ र अभिनेता राजेश हमालसँग केही भिडियो गीतमा अभिनय गरेका थिए।
Facebook Comments Box