काठमाडौँ: आज (सोमबार) साँझ काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार तिब्बतमा गएको परकम्पले काठमाडौँमा पनि झट्का महसुस भएको हो।
सोमबार साँझ ६ बजेर ४२ मिनेट जाँदा तिब्बतको डिङ्गयी काउन्टी आसपास केन्द्रबिन्दु भएर ५.६ म्याग्निच्युडको परकम्प गएको हो, उनले भने, जसको धक्का काठमाडौँसम्म महसुस भएको थियो।
Facebook Comments Box