काठमाडौँ: काठमाडौँ महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
आइतबार बसेको महानगरको १७ औँ नगरसभाको पहिलो बैठकमा महानगरकी उपप्रमुख सुनिता डंगोलले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।
यसअघि मेयर बालेन्द्र शाहले महानगरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
उनले आगामी आर्थिक वर्ष २०८२र८३ को लागि रु २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ सञ्चित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य वाह्य व्ययभार हुने गरी कुल २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट पेस गरेकी छिन् ।
बजेटमा उपलब्ध श्रोत,सूचना र मानब संसाधनको उच्चतम परिचालन गर्दै विकासको गतिलाई तिब्रता दिने बिषयहरु, स्थानीय स्रोत र साधनलाई सन्तुलित र समन्यायिक ढंगले परिचालन गरी आर्थिक असमानता र गरिवी न्यूनिकरण गर्ने विषयहरु र सामाजिक, आर्थिक, भौतिक पूर्वाधार बिकास मार्फत समुन्नत र समाजबाद उन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माणमा महानगरको आर्थिक गतिविधिहरु मार्फत योगदान गर्ने बिषयहरु प्राथमिकतामा राखिएको छ ।
संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट ल्याइसक्नु पर्ने भएपनि आन्तरिक विवादको कारणले बजेट समयमा आउन सकेको थिएन् । बजेट ल्याउन ढिलाइृ भएकोमा उपप्रमुख डंगोलले क्षमायाचना पनि गरेकी छन् ।
महानगरले आइतबार अगामी आर्थिक वर्षमा काठमाडौं महानगरपालिका क्षेत्रभित्रका पूर्वाधार योजनाहरुलाई उच्च प्रथामिकतामा राख्ने घोषणा गर्दै बजेट सार्वजनिक गरेको हो ।
बजेटमा फोहोरमैला व्यवस्थापन, विद्यालय शिक्षा प्रणालीमा सुधार, सुशासन प्रवद्र्धन, शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको क्षमतावृद्धि, एक वडा एक उद्यम कार्यक्रमलाई प्रवद्र्धन गरी रोजगारी र आयवृद्धीगर्ने कार्यक्रमहरुलाई समेत उच्च प्राथामिकतामा राख्ने घोषणा गरेको छ ।
