Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Tuesday, November 17
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » राष्ट्रिय विभूति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको १४९ औँ जन्म जयन्ती

    राष्ट्रिय विभूति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको १४९ औँ जन्म जयन्ती

    पहिलोक्लिकपहिलोक्लिकAugust 23, 2025No Comments
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    गोरखापत्रको प्रकाशक र सम्पादक पनि हुन्

    बझाङ । राष्ट्रिय विभूति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको १४९ औँ जन्म जयन्ती आज मनाइँदैछ । उनको जन्म जयन्तीको अवसरमा आज बझाङ जिल्ला सहित देशका विभिन्न स्थानमा कार्यक्रमको आयोजना गरिएको छ ।

    जयपृथ्वीको जन्म ७ भदौ १९३४ मा बझाङमा भएको थियो । उनले लेखेको अक्षराङ्क शिक्षा नामक पुस्तक नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्छ । त्यस्तै, सिंहको प्राकृत व्याकरण नामक अर्को पुस्तक पनि गोरखापत्र छापाखानाबाट १९६९ मा प्रकाशित भएको थियो । नेपालका दोस्रो गौतमबुद्धका नामले परिचित सिंहले लेखेको नेपाली भाषाको पुस्तक अक्षराङ्क मा देवनागरी लिपिका साँवाअक्षर, गणितका साधारण हिसाब, तत्कालीन चलनचल्तीमा रहेको नापतौल, वर्ष, महिना, दिन, ऋतु, अङ्ग्रेजी महिनाका नाम आदि कुरा समावेश गरिएका थिए ।

    उनको अक्षराङ्क शिक्षा नामक पुस्तकमा बाह्रखरी अक्षर ज्ञान, गणितको एकावली, पहाडा, विभिन्न वर्गाङ्क, जोडघटाउ, भाग, गुणन र इस्लाम धर्मका चाडपर्वको पनि उल्लेख छ । जयपृथ्वीले अक्षराङ्क शिक्षा लेखेर १९५८ मा प्रकाशित गरेपछि, त्यो पुस्तक कोसेढुङ्गोको रूपमा स्थापित भएको छ । “सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु मा कश्चिद दुःख भाग्भवेत्” — गोरखापत्र दैनिकमा प्रकाशित हुने यो संस्कृत श्लोक नपढ्ने नेपालीहरू सायदै होलान् ।

    अहिलेको सरकारले लिएको ‘सुखी नेपाली समृद्ध नेपाल’ नाराको भावसँग मेल खाने यो श्लोकलाई आजभन्दा १०७ वर्ष अघि, १९५८ सालमा पहिलो पटक गोरखापत्रको सञ्चालक तथा सम्पादक जयपृथ्वीबहादुर सिंहले प्रचलनमा ल्याएका थिए । त्यस्तै, एसियाका मुलुकलाई संस्कृत भाषामय बनाउन पनि जयपृथ्वीको विशेष इच्छा थियो । उनी जुनजुन भूमि टेक्थे, शिक्षाबारेकै प्रायः जानकारी लिन्थे । साथै, उनी जहाँ–जहाँ जान्थे शान्ति, मानवता र भातृत्वकै अभिवृद्धिको सन्देश दिन्थे । जयपृथ्वीले मानवतावादी संस्था खोल्ने अभियान चलाए र त्यसैका लागि उनले विश्व भ्रमण पनि गरे ।

    सिंह जुनजुन देशमा जान्थे, त्यहाँ मानवतावादी भाषण गर्थे । पछि, उनैको संरक्षकत्वमा एसियाका विभिन्न राष्ट्रमा मानवतावादी सङ्घहरू खुले । विश्व एकता उनको मूल मन्त्र थियो । संयुक्त राष्ट्रसङ्घ उनकै प्रभावले स्थापना भएको भनिन्छ । जयपृथ्वीले १९६२ मा शैक्षिक विकासका लागि नक्सालको नाग पोखरीदेखि उत्तरपूर्वमा रहेको ८३ रोपनी आफ्नै घर(जग्गामा आफैँ प्रधानाध्यापक नियुक्त भई सत्यवादी पाठशाला खोलेका थिए । सोही जग्गामा गोरखापत्रको प्रकाशन गरेको उल्लेख रफाज नेपालको जयपृथ्वी जीवन यात्रा पुस्तकमा छ । हाल उक्त सत्यवादी पाठशाला बझाङमै रहेको छ ।

    त्यसै समयमा जयपृथ्वीले निजामती सेवामा प्रवेश गर्दा परीक्षा लिने व्यवस्था मिलाए, जसलाई ‘जयपृथ्वी पास’ भनिन्थ्यो । यही नै लोकसेवा आयोगको पहिलो अवधारणा हो । गोरखापत्रको प्रकाशक र सम्पादक भएकै हैसियतले वि।सं। १९६५ सालमा बेलायत जाँदा उनको काम तथा प्रतिभाबाट प्रभावित भई बेलायतका सप्तम सम्राट एडवर्डले जयपृथ्वीलाई मानार्थ ‘कर्णेल’को उपाधिले सम्मान गरेका थिए ।

    न्यायका प्रतीक, दर्शनमा दार्शनिक, धर्ममा बुद्ध, दयालु साथै जनप्रेमी राजा हुँदाहुँदै पनि जयपृथ्वीले आफ्नो बझाङ राज्य, नेपाल तथा भारतको मात्र चिन्ता लिएनन् । उनले ‘विश्व एक घर हो, हामी सबै एक घरका सदस्य हौँ, मानव–मानवबीचको वैमनस्यता कसरी अन्त गर्न सकिन्छ’ भन्ने विषयको खोज गरे र विश्व भाइचाराको नाता जोड्न विश्वका विभिन्न मुलुकमा मानवतावादी संस्था खोल्दै आफ्ना विचार ती संस्थामार्फत जनसमक्ष अपिल गरे ।

    साइपाल, सम्पूर्ण बझाङ्गवासी, र मानवअधिकारकर्मीलाई सदाका लागि टुहुरो पार्दै भारतको बैंगलोरस्थित श्री जयभवनमा १ असोज १९९७ मा ६३ वर्षको उमेरमा उनको निधन भएको थियो ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.