Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Tuesday, November 17
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » राष्ट्रपति र सरकारसँग वार्ता गर्न जेनजीले छाने सुदन गुरुङसहितका प्रतिनिधि

    राष्ट्रपति र सरकारसँग वार्ता गर्न जेनजीले छाने सुदन गुरुङसहितका प्रतिनिधि

    पहिलोक्लिकपहिलोक्लिकSeptember 24, 2025No Comments
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौं । जेनजीहरूले राष्ट्रपति रामचन्द्र पौडेल र सरकारसँग वार्ता गर्न प्रतिनिधि छनोट गरेका छन् । बुधबार बानेश्वरमा बसेको जेनजीको बैठकले प्रतिनिधि छनोट गरेका हुन् । सुदन गुरुङ, प्रवेश दाहाल, पुरुषोत्तम यादव, ओजस्वी भट्टराई, बब्लु गुप्ता, खेमराज साउद लगायतका जेनजी बसेर प्रतनिधि छनोट गर्ने सहमति भएको हो ।

    ‘जेनजीको साझा मुद्दा भएकाले प्रतिनिधि छनोट गर्ने सहमति भएको हो,’ बैठकमा सहभागी एक जेनजीले भने, ‘समावेशीको आधारमा प्रतिनिधि छनोट हुन्छ ।’

    कति सदस्य प्रतनिधि बनाउने भन्ने भोलि बिहाबार निर्णय हुने ती सदस्यले बताए । भोलिका लागि जेनजीको भेला बोलाइएको छ । उक्त भेलाले दलित, जेनजी शहीदको परिवार र घाइतेलाई पनि सहभागी गराउने बताइएको छ ।

    बुधबार बानेश्वरमा विभिन्न समूहका मुख्य मुख्य प्रतिनिधि सहभागी थिए । आन्दोलनमा धेरै समूह थियो । एउटै एजेन्डा भएकाले राष्ट्रपति र सरकारसँग वार्ता सहमति गर्न साझा प्रतिनिधि छनोट गर्ने सहमति जेनजीले गरेको बताइएको छ ।

    गत २३ र २४ गते भएकोे आन्दोलनमा जेनजीको फरक–फरक समूह थियो । आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलसँग अनौपचारिक वार्ता भएपनि लिखित सहमति भएको छैन । छनोट भएका प्रतिनिधिले राष्ट्रपति रामचन्द्र पौडेलसँग लिखित सहमति गर्ने तय भएको छ ।

    गठन भएको प्रतिनिधिले आन्दोलनको म्यान्डेट अनुसार काम गर्न सरकारलाई झकझकाउने छ । ‘संसद् विघटन र सुशीला कार्की नेतृत्वको सरकार जेनजी जनआन्दोलनको जगमा बनेको हो । हामी औपचारिकरुपमा राष्ट्रपतिसँग सम्झौता गर्छौं,’ आजको भेलामा सहभागी अर्का एक सदस्यदले भने । बैठकले वार्ता समितिको नाम ‘जेनजी जनआन्दोलन–२०८२’ राख्ने सहमति गरेको छ ।

    तर आन्दोलनमा सहभागी केही जेनजीहरूले भने यसबारे आफूहरूलाई केही थाहा नभएको प्रतिक्रिया दिएका छन् । ‘म सहभागी छैन । भेला र समिति बनाउनेबारे मलाई थाहा छैन,’ जेनजी युवा रक्षा बमले भनिन् ।

    त्यसैगरी युजन राजभण्डारीले पनि समिति बनाउने भेलाबारे अनविज्ञता देखाए । ‘म भेलामा सहभागी भएको छैन । कस्तो खालको भेला हो थाहा छैन,’ राजभण्डारीले भने ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.