काठमाडौँ: जेनजी प्रतिनिधिहरूले यही (अक्टोबर ८, ९) असोज २२ र २३ गते आफूहरूको कुनै आन्दोलन नभएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन्।
मंगलबार दिउँसो जिल्ला प्रहरी परिसरअघि भेला भएका उनीहरूले आन्दोलनका नाममा भ्रममा नपर्न सबैसँग आग्रह गरेका हुन्।
‘भोलि र पर्सि कुनै आन्दोलन छैन। कसैले भड्काउन खोज्ला, कसैदले उक्साउन खोज्ला, कसैले तपाइँलाई बाटोमा ल्याउन खोज्छ भने होसियार हुनुस्। कसैको भ्रममा नभड्किनु’ एक जेनजी अगुवाले भने, ‘हामी नेपाली हो। हामी नेपालीलाई कसैले फुटाउन खोज्छ भने त्यो देशद्रोही हो। देशद्रोहीसँग बचेर सजग भएर बस्नुपर्छ।’
उनीहरूले सरकारलाई सघाउन र सफल बनाउन पनि सबैसँग आग्रह गरेका छन्।
पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउको माग गर्दै जेनजी आन्दोलनका सहिद परिवार जिल्ला प्रहरी परिसरमा भेला भएका हुन्।
