Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Tuesday, November 17
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » भिजिट भिसासम्बन्धी खुकुलाे कार्यविधि आजैदेखि लागू

    भिजिट भिसासम्बन्धी खुकुलाे कार्यविधि आजैदेखि लागू

    पहिलोक्लिकपहिलोक्लिकOctober 31, 2025No Comments
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: सरकारले भिजिट भिसा खुकुलो बनाएको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट भिजिट भिसाका विद्यमान विभिन्न प्रावधान हटाएर सहज बनाइएको हो ।

    अध्यागमन विभागले पत्रकार सम्मेलन गर्दै भिजिट भिसामार्फत विदेश जान चाहनेका हकमा सहज बनाइएको जनाएको छ ।भिजिट भिसामा हुने विकृती अन्त्य गरी सर्वसाधरणलाई सहज हुने गरी कार्यविधि संशोधन गरी आजैदेखि कार्यान्वायन थालिएको विभागका महानिर्देशक रामचन्द्र तिवारीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

    अब विदेश यात्राका लागि कम्तीमा ६ महिना वैध अवधि भएको राहदानी, प्रस्थान गर्ने गन्तव्यसम्मको हवाई टिकट र आफू भ्रमण गर्ने प्रयोजनका लागि जान लागेको, त्यसका लागि आवश्यक कागजात साथमा रहेको र यसबाट सिर्जित परिणाममा स्वयं जिम्मेवार रहनेसमेत व्यहोरा प्रस्थान गर्ने व्यक्तिले गरेको स्वघोषणा हुनुपर्ने विभागले जनाएको छ ।

    यसअघि भिजिट भिसामार्फत विदेश जानेका हकमा न्यूनतम पाँच सय अमेरिकी डलर, दुईतर्फी हवाई टिकट, अग्रिम होटेल बुकिङ वा स्पोन्सरको प्रमाण अनिवार्य गरिएको थियो । तर, अबदेखि यो प्रावधान हटाइएको विभागले जनाएको छ ।

    दुईतर्फी टिकटका कारण पनि धेरै ठगी हुने गरेकाले एकतर्फी मात्र टिकटको प्रावधान राख्न लागिएको अध्यागमन विभागले जनाएको छ । त्यस्तै, होटेल बुकिङको कागजपत्र पनि जाँच गर्ने प्रणाली नभएकाले त्यसलाई अनिवार्य बुँदामा राखिएको छैन । पाँच सय डलरको प्रावधान अनावश्यक भएको भन्दै हटाइएको छ । सहज प्रावधान राख्दा वैदेशिक रोजगारीको उद्देश्यले भिजिट भिसामा धेरै विदेश जाने र उता समस्यामा पर्न सक्नेसमेत आकलन गरिएको छ । त्यसका लागि श्रम प्रक्रियालाई सहज बनाउने तथा विदेशस्थित संयन्त्रलाई सक्रिय बनाउने सरकारको तयारी छ ।

    अघिल्लो सरकारको समयमा गृह मन्त्रालयको समेत मिलेमतोमा भिजिट भिसामा विदेश जानेसँग दैनिक ५० लाखभन्दा धेरै असुली गरिएको खुलेको थियो । सो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत छानबिन गरिरहेको छ । सो घटना बाहिरिएपछि विपक्षी दलको मागअनुसार सरकारले गठन गरेको समितिले पनि कार्यविधिलाई सरल बनाउन सिफारिस गरेको थियो । सोहीअनुसार नयाँ कार्यविधि बनेको हो ।

    पूर्वमुख्यसचिव शंकरदास बैरागी अध्यक्षताको समितिले एक महिनाअघि प्रतिवेदन बुझाउँदै कार्यविधि संशोधन गर्न सुझाव दिएको थियो । समितिले श्रम स्वीकृतिलाई सरल बनाउन र विदेशस्थित सरकारी संयन्त्रलाई बलियो सुझाव दिएको थियो ।

    भिजिट भिसाका नाममा दलालहरूले विभिन्न देश लगेर बेचबिखन गर्ने जोखिम रहेको भन्दै यसअघि सरकारले कडाइ गर्दै आएको थियो । शंकाको भरमा धेरैलाई अध्यागमनबाटै फर्काउने गरिएको थियो । जसकारण उनीहरू दलालमार्फत अध्यागमन कर्मचारीलाई पैसा बुझाएर जाने गर्दथे । खासगरी खाडी देश जानका लागि भिजिट भिसामा सेटिङ चल्दै आएको छ । प्रक्रियालाई सरल बनाएपछि भिजिट भिसामा हुने दलाली र असुली पनि रोक्ने गृह मन्त्रालयको योजना छ।

    संगठित रूपमा असुली धन्दा चलेको खुलेपछि अख्तियारले तत्कालीन अध्यागमन प्रमुख तीर्थराज भट्टराईलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । जस क्रममा गृह मन्त्रालयको समेत संरक्षणमा उनले भिजिट भिसामा विदेश जाने र नेपालबाट उड्ने भारतीयसँग असुली धन्दा चलाएको खुलेको थियो।

    सो घटनापछि हाल भिजिट भिसामा विदेश जानेलाई केही सहज गरिएको छ । यद्यपि, कतिपय शंकास्पदलाई अध्यागमनले फर्काउने गरेको छ । हाल वस्तुगत कारणबाहेक कसैलाई पनि अध्यागमनले प्रस्थान अनुमति नरोक्ने गरेको विभागका निर्देशक टीकाराम ढकाल बताउँछन् । ‘फिजिकल र आर्थिक हैसियत हेरेर विदेश प्रस्थान रोक्दैनौँ,’ उनले भने।

    वैदेशिक रोजगारको उद्देश्यले धेरै नेपाली संयुक्त अरब इमिरेट्स (युएई), कतार, कुवेतलगायत देश जाने गरेका छन्। खाडी देशमा घरेलु कामदारमा जान नेपाली महिलालाई प्रतिबन्ध छ। जसकारण भिजिट भिसामा गएर उनीहरू त्यहाँ गएर घरेलु काममा लाग्ने गरेका छन्। यसरी जाने धेरैको उद्धार गर्नुपरेको ।

    यसअघि बालकृष्ण खाण गृहमन्त्री हुँदा भिजिट भिसासम्बन्धी १७ बुँदे मापदण्ड लागू गरिएको थियो। नारायणकाजी श्रेष्ठले ६ बुँदे मापदण्ड कार्यान्वयन गराएका थिए। अहिले तीन बुँदामा झारेर सरलीकृत बनाइएको छ। यसअघि अब विदेश जानेहरूले विमानस्थलमा झन्झट बेहोर्नुपर्नेछैन। तर, वस्तुगत कारण देखिएका भने अध्यागमन अधिकृतले प्रस्थान अनुमति रोक्ने सक्ने गृह मन्त्रालयका अधिकारी बताउँछन्। बिनाकारण कुनै कर्मचारीलाई प्रस्थान रोकेको प्रमाणित भएमा टिकटको खर्च सम्बन्धित कर्मचारीलाई भराउने गरी निर्णय गराइने विभागका महानिर्देशक तिवारीले बताए।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.