काठमाडौँ: नेपाली कांग्रेस पार्टीका कारवाहीमा (परेका) निवर्तमान महामन्त्री गगन कुमार थापाले पार्टीले निष्कासनको कारवाही गरेता पनि विशेष महाधिवेशनको निर्वाचन सकिएर निर्वाचित नयाँ पदाधिकारीसहित शेर बहादुर देउवाको आशिर्वाद लिन जाने दावी गर्नु भएको छ।
आफुले पार्टीको विधान, नेपालको संबिधान र निर्वाचन आयोग प्रति विश्वास अडिक रहेको बताउंदै, थापाले आफुलाई पार्टीले गरेको भनेको कारवाहीको जानकारी र पूर्व स्पष्टिकरणसमेत नसोधी सिधै कारवाही गरेको प्रति आफ्नो केहि भन्नु नरहेको बताउनु भएको छ।
यस्तै विशेष महाधिवेशनले थापा, शर्मा र फरमुल्लाह मन्सुरलाई गरेको कारवाही खारेज गरेको समेत सुनाइएको छ।
Facebook Comments Box
