काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेकोनेतृत्वमा आज सर्वदलीय बैठक बस्दै छ ।
बैठक आज बुधबार बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्न लागेको रास्वपा प्रवक्ता जगदीश खरेलले बताएका छन् ।
बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको विषयमा छलफल हुने बताइएको छ ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायतका विषयमा सर्वदलीय बैठकमा छलफल हुने खरेलले जानकारी सदिए ।
Facebook Comments Box
