Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Saturday, November 7
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता

    आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता

    पहिलोक्लिकपहिलोक्लिकSeptember 23, 2026No Comments
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौं: चितवनको सौराहास्थित लक्जरी रिसोर्ट रोयल टुलिप चितवनले पाँचतारे डिलक्स मान्यता प्राप्त गरेको छ। पर्यटन विभागको स्थलगत निरीक्षणपछि रिसोर्टलाई स्तरीकरण मान्यता प्रदान गरेको हो।

    रिसोर्ट केटीएम हस्पिटालिटी लिमिटेडद्वारा सञ्चालित छ।

    कम्पनीले करिब तीन साताअघि पर्यटन विभागमा स्तरीकरणका लागि निवेदन दिएको थियो। निवेदनपछि विभागका निर्देशकसहितको चार सदस्यीय टोली रिसोर्टको भौतिक पूर्वाधार, सेवा सुविधा, सुरक्षा व्यवस्था, अतिथि सेवा र सञ्चालन प्रणालीको विस्तृत निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा तोकिएका मापदण्ड पूरा गरेको पाइएपछि विभागले रिसोर्टलाई पाँचतारे डिलक्सको मान्यता दिएको हो। नेपाल सरकार, पर्यटन विभाग द्वारा देश भर रहेका होटलहरु मध्ये हाल सम्म यस प्रकारको पाँचतारे डिलक्सको मान्यता अन्य तीन होटल लाई दिएको देखिन्छ।


    उपलब्ध भएसम्मका स्थानीय निर्माण सामग्रीहरु जस्तै काठ–फर्निचर, ढुंगा टायल र ढुंगाले छाएको छाना, जुटबात निर्मित गलैंचा, स्थानीय आर्टिस्टले काठमा गरेको पेन्टिङ, स्थानीयले बनेको सजावका सामानहरु, मान्द्रो आदिको ब्यापक प्रयोग गरिएको उक्त रिसोर्टमा नेपालीपन झल्काउने थुप्रै कुराहरु समेटिएका छन्।


    विभागबाट रिसोर्ट निरीक्षण गर्न पुगेका अधिकारीहरुले रोयल टुलिप चितवनले अत्याधुनिक प्रविधि को प्रयोग गर्दै संचालित वातावरणमैत्री यस रिसोर्टले नेपाली आतिथ्यताको नयाँ मानक बनाएको र यसलाइ निरन्तता दिने विश्वास समेत व्यक्त गरेका थिए।


    राप्ती नदी समिप जनकौली र कुमरोज सामुदायिक वन नजिकै ४.१२ एकड क्षेत्रफलमा फैलिएको रोयल टुलिप चितवनमा ६५ वटा आधुनिक कोठा छन्। रिसोर्टमा रेस्टुरेन्ट, स्विमिङ पुल, जिम, हेल्थ क्लब र हेलिप्याडलगायत रिभोल्भिंग रेस्टुरेन्ट समेतका सुविधा छन्। त्यसका साथै नेपालमै पहिलोपटक ‘तनावीबार’ सञ्चालन गरिरहेको छ। मध्यरात मनोरञ्जनका लागि छुट्टै ‘स्पोट्र्सबार’ समेत सञ्चालन भइरहेको छ।


    यसको सञ्चालन अन्तर्राष्ट्रिय होटल समूह लुभ्र होटल्स् ग्रुपअन्तर्गतको रोयल टुलिप ब्रान्डसँगको व्यवस्थापकीय सम्झौताअनुसार भइरहेको छ। कम्पनीले सन् २०२५ जुलाईदेखि रिसोर्टको सफ्ट ओपनिङ सुरु गरी डिसेम्बर मध्यदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याएको थियो।
    यसैबीच, केटीएम हस्पिटालिटी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया पनि अगाडि बढाएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १५ लाख ५० हजार कित्ता (कुल १५ करोड ५० लाख रुपैयाँ बराबर) साधारण सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।


    आईपीओ निष्कासनका लागि गरिएको क्रेडिट रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ’डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ। रिसोर्टको कुल परियोजना लागत करिब १ अर्ब ७० करोड ५ लाख रुपैयाँ रहेको र आईपीओपछि ऋण–स्वपूँजी अनुपात ६१.५ : ३८.५ कायम हुने प्रक्षेपण गरिएको छ। रेटिङ प्रतिवेदनले अन्तर्राष्ट्रिय ब्रान्ड आबद्धता र अनुभवी प्रवद्र्धक समूहलाई कम्पनीको सबल पक्षका रूपमा औंल्याएको छ।


    केटीएम हस्पिटालिटी २०८१ असार २५ गते प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको थियो। कम्पनीको नेतृत्व केटीएम ग्रुप होल्डिङ्सका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत रामेश्वर शाहले गरिरहेका छन्।


    चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको सौराहा नेपालको प्रमुख वन्यजन्तु पर्यटन गन्तव्य हो। रोयल ट्युलिप चितवनको स्तरीकरणले चितवनलाई उच्चस्तरीय अन्तर्राष्ट्रिय पर्यटन बजारसँग थप जोड्ने र क्षेत्रको पर्यटन उद्योगमा सकारात्मक सन्देश दिने पर्यटन व्यवसायीहरूको अपेक्षा छ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.