काठमाडौं: आइएमई लिमिटेड र भेनस अस्पतालवीच स्वास्थ्य सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूर आइएमईमा कार्यरत कर्मचारीहरूले भेनस अस्पतालको सेवामा क्रमशः१० र १५ प्रतिशत छुट पाउने आइएमईले जनाएको छ ।
यो छुटसुविधा अस्पताल भित्रको सेवामा मात्र लागु हुने छ भने अस्पतालको फार्मेसी सेवामा सेवाग्राहीहरू र कर्मचारीहरू दुवैले जम्मा १० प्रतिशतछुट प्राप्त गर्न सक्ने छन् ।
सेवाग्राहीहरू हकमा यो सुविधालिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड र कर्मचारीहरूले आइएमई केन्द्रीय कार्यालयले जारी गरेको परिचयपत्र अस्पतालको ओपीडी शाखामा देखाउनु पर्ने छ ।
सम्झौतापत्रमा आइएमई लिमिटेडका तर्फबाट बजार अधिकृत अविनाश श्रेष्ठर भेनस अस्पतालको तर्फबाट अध्यक्ष राम ढकालले हस्ताक्षर गरेका छन् । यो सम्झौता हस्ताक्षर भएको मितिले २ वर्षसम्मका लागि लागु हुनेछ।