काठमाडौँ: नेपाल खाद्य संस्थानले दशैंका लागि खसीबोका र च्याङ्ग्राको विक्री शुक्रवारबाट शुरु गरेको छ
।
संस्थानले आज बिहानदेखि आफ्नो थापाथली कर्यलयाबाट खसीबोका र च्याङ्ग्राको विक्री शुरु बारेको संस्थानका प्रवक्ता शंकर सापकोटाले बताए ।
उनले भने बिहिवार साँझ सम्म ३०० हाराहारीमा खसीबोका र ६०० को हाराहारीमा च्याङ्ग्रा काठमाडौँ आइसकेको बताए ।
संस्थानले जिउँदो खसीबोका प्रतिकिलो पाँच सय रुपैयाँ र च्याङ्ग्रा सात सय रुपैयाँ किलोमा बिक्रि गरेको बताउदै उनले भने सरकारको नीति अनुसार प्रतिकिलो १० रुपैयाँ छुटमा बिक्रि गरेको छ ।
‘खसीबोका प्रतिकिलो ५१० रुपैयाँ र च्याङ्ग्रा ७१० रुपैयाँ मूल्य तोकेको थियो,‘ सापकोटाले भने, ‘किलोमा १० रुपैयाँ छुट दिएर बेच्ने भएकाले खसीबोका प्रतिकिलो पाँच सय रुपैयाँ र च्याङ्ग्रा प्रतिकिलो सात सय रुपैयाँमा उपभोक्तालाई पाएका छन्।‘
संस्थानले एक हजार खसीबोका र एक हजार च्याङ्ग्रा गरी दुई हजार चौपाया विक्री गर्ने योजना गरेको छ ।
उनले भने निजि ब्यापारीले विक्री गर्ने मूल्य भन्दा च्याङ्ग्रामा प्रतिकिलो ५० देखि ६० रुपैयाँ र खसीबोकमा प्रतिकिलो २० देखि ३० रुपैयाँ सस्तोमा संस्थानले बिक्रि गरेको छ ।
“हामीले नाफा कमाउने मनसायले ब्यापार नगरी उपभोक्तालाई सरल मूल्यमा खसीबोका र च्याङ्ग्रा विक्री गर्ने गरेको हो ।
त्यसैले, खरिद मूल्य र ढुवानी मूल्यको आधारमा मूल्य तोकेको छ ।
संस्थानको यो प्रयासले निजि ब्यापारीले आफूखुसी मूल्य बढाउने प्रवृतिले रोक्ने उनले बताए ।
संस्थानले घटस्थापनादेखि विक्री शुरु गर्ने तयारी गरे पनि मुस्ताङबाट च्याङ्ग्रा ल्याउन एक दिन ढिला भएकोले बिहिबारबाट बिक्रि शुरु गर्न नसकेको हो ।
