काठमाडौँ: सिम्रिक एयरको हेलिकप्टर ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको छातमा रहेको हेलिप्याडमा अवतरणको क्रममा दुर्घटनामा परेको छ
विरामी लिन भरतपुर जाने तयारीमा रहेको हेलिकोप्टर अस्पताल भवनको छतमा रहेको हेलिप्याडबाट खसेको हो । तर, कुनै मानवीय क्षति भने भएको छैन ।
घटना पछि पत्रकार सम्मेलनमा बोल्दै डा. चक्रराज पाण्डेले भने हेलिकोप्टर विहान चरिकोटबाट विरामी लिएर आएको थियो र भरतपुरमा विरामी लिन जानु पर्ने भएपछि विमानस्थलमा इन्धन भरेर आएको हेलिकोप्टर अस्पतालमा ल्याण्ड गर्ने क्रममा दुर्घता भएको हो ।
उनले भने हेलिकप्टरले एक फन्को मार्यो लगतै आफैं घुमेर छतमा खसेको हो । होलिकोप्टरका चालक सकुशल रहेको अस्पतालले जनाएको छ ।