बर्लिन: जर्मनीको थिस्सेनक्रुप र भारतको टाटा स्टिलले युरोपियन स्टिल अपरेसन्सलाई टाटा कम्पनीसंग बिलय गर्नेबारे सम्झौता भएको छ ।
थिस्सेनक्रुप अव सम्झौतापछि टाटा कम्पनी अन्तर्गत युरोपमा संचालन हुनेछ भने यो बिलयपछि सो स्टिल कम्पनी युरोप दोश्रो ठुलो स्टिल कम्पनी हुने भएको छ ।
सम्झौतासंगै कम्पनीमा कूल नेदरल्यान्ड्स, बलायत र जर्मनीका ४८ हजार कर्मचारीलाई रोजगारी मिल्ने जनाइएको छ ।
सम्झौतापछि नेदरल्यान्ड्समा दुई कम्पनीको संयुक्त लगानीमा ५० प्रतिशत साझेदारी हुनेछ । संयुक्त रुपमा संचालन हुने उक्त नयाँ कम्पनी ‘ थिस्सेनक्रुप टाटा स्टिल बीभी’ को नाममा संचालन गरिने जनाइएको हो ।
Facebook Comments Box