Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Sunday, November 8
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » तिहारमा विद्युत् कटौती हुदैन: घिसिङ, भन्छन-ढुक्कसँग विद्युत् उपयोग गर्नुहोस

    तिहारमा विद्युत् कटौती हुदैन: घिसिङ, भन्छन-ढुक्कसँग विद्युत् उपयोग गर्नुहोस

    पहिलोक्लिकपहिलोक्लिकOctober 31, 2018No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाका दिनमा हुने विद्युतभार व्यवस्थापन गरेको छ ।

    नेपालीको दोस्रो ठूलो चाड तिहारलाई ध्यान दिँदै एक हप्ताअघिदेखि नै विद्युत्भारको व्यवस्थापन गरिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

    विद्युत् उपभोगमा कुनै पनि समस्या नआउने भन्दै उनले ढुक्कसँग विद्युत् उपयोग गरी तिहार मनाउन सकिने बताए । बत्तीको चाड तिहारमा तीन वर्षअघि विद्युत्भार कटौती हुँदा तिहार खल्लो भएको थियो ।

    विसं २०७३ को लक्ष्मीपूजाकै दिन प्राधिकरणले काठमाडौँ उपत्यकाबाट विद्युत्भार कटौती अन्त्यको घोषणा गरेको थियो । अहिले देशभर नै विद्युत्भार कटौती छैन । लक्ष्मीपूजाका दिन विद्युत् खपत बढ्ने भएकाले आवश्यक व्यवस्थापन गरिएको उल्लेख गर्दै प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले भने, “अब विद्युत् उपभोगको प्रोत्साहन गर्नुपर्ने अवस्था आइसकेको छ, बत्तीमा ढुक्कसँग तिहार मनाउँदा हुन्छ ।”

    उनका अनुसार यसपालि लक्ष्मीपूजाका दिन झण्डै एक सय मेगावाट विद्युत्भार थपिने अनुमान छ । गत वर्ष एक हजार १६५ मेगावाट विद्युत्भार लक्ष्मीपूजाको दिनमा थियो । यस वर्ष विद्युत्भार बढेर एक हजार २५० मेगावाट पुग्ने अनुमान प्राधिकरणको छ । किफायती उपकरणको प्रयोग र सचेतनाका कारण विद्युत् व्यवस्थापन गर्न सहज भएको बताइएको छ । तिहारलाई नै केन्द्रित गरेर प्राधिकरणले भारतसँगको विद्युत् व्यापारलाई चुस्त पार्ने प्रयास गरिरहेको प्रवक्ता अधिकारीले बताए ।

    सबै जलविद्युत् आयोजनालाई अधिकतम क्षमतामा चलाउन निर्देशन दिइसकेको प्राधिकरणको भनाइ छ । प्राधिकरणको कूल जलविद्युत् क्षमता ५०७ मेगावाट रहे पनि ४०८ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । तिहारका लागि कालीगण्डकी ‘ए’ १४४, मध्यमस्र्याङ्दी ७० र मस्र्याङ्दी ६९ मेगावाट उत्पादन क्षमताको आयोजनाबाट बढी खपत हुने बेलुकीको समयमा पानी जम्मा गरेरै भए पनि पूर्णजडित क्षमतामा विद्युत् उत्पादन गर्ने व्यवस्था मिलाइएको प्रवक्ता अधिकारीले जानकारी गराए ।

    तिहारमा उद्योगधन्दा प्रायः बन्द हुने भएकाले पनि विद्युत् वितरण प्रणाली सहज हुने विश्वास प्राधिकरणको छ । ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट थप विद्युत् आयात गर्न सकिने गरी व्यवस्थापन गरिएको छ । “तिहारकै लागि भनेर ल्याउनुपर्ने अवस्था छैन”, प्रवक्ता अधिकारीले भने, “नेपाल र भारतका सबै प्रसारण लाइनहरु चुस्त बनाइएको छ, आपत्कालीन अवस्थामा मात्रै थप आयात गछौं ।”

    अघिपछि सञ्चालनमा नल्याउने गरिएको १४ मेगावाटको हेटौँडा थर्मलप्लान्ट पनि तिहारका लागि आवश्यक परे सञ्चालनको तयारी छ । प्रसारण व्यवस्थापनमा सम्पूर्ण ग्रिड सबस्टेशनमा ट्रान्सफर्मर, ब्रेकर, केवल र अन्य उपकरण मर्मत गरिसकिएको छ । प्राविधिक समस्या आएमा तत्कालै विशेष प्राविधिक टोली खटाउन चौबीसै घण्टा निगरानी हुने जनाइएको छ ।

    उपत्यकामा थप चुस्त

    गत वर्ष लक्ष्मीपूजामा भक्तपुर सबस्टेशनमा मूसाका कारण आएको खराबीसमेत निराकरण गर्ने प्रयास भइरहेको छ । काठमाडौँ उपत्यकाभित्रका अन्य ग्रिडर सबस्टेशनलाई समेत तिहार लक्ष्य गरी मर्मत गरिएको छ । वितरण प्रणाली व्यवस्थित गर्न र ओभरलोड हुन नदिन विभिन्न क्षेत्रमा ट्रान्सफर्मर र फेज व्यवस्थापन गरिएको प्राधिकरणले जनाएको छ । ओभरलोड भएका फिडरमा कमभार भएका फिडरबाट विद्युत्भार साट्ने व्यवस्थासमेत मिलाइएको प्रवक्ता अधिकारी बताए ।

    काठमाडौँभित्र अण्डरग्राउण्ड रहेको चपली–महाराजगञ्ज ११ किलोभोल्ट डबल सर्किटलाइन चालू गरिएको र महाराजगञ्ज क्षेत्रमा बालाजु सबस्टेशनमा अउने विद्युत् समस्या उक्त लाइनबाट आपूर्ति गरिने छ । काठमाडौँ लैनचौर सबस्टेशनबाट बालाजु र न्यू–चाबहिल दुवैतर्फबाट विद्युत् ल्याउन सक्ने व्यवस्था मिलाइएको छ ।

    उपत्यकामा अधिकतम ३५० मेगावाट खपत हुने गरेको बताइएको छ । उपत्यकाअन्तर्गत नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र दोलखा समेटिन्छ । उपत्यका र आसपास जिल्लामा गत वर्ष तिहारमा २८५ मेगावाट विद्युत्भार थियो । यस पटक तिहारमा भने ३२० सम्म पुग्ने अनुमान गरिएको छ । नेपालमा अहिले विद्युत् प्राधिकरणमार्फत ४०९ र निजी क्षेत्रबाट ३५६ मेगावाट उत्पादन छ भने भारतबाट अधिकतम ३८० मेगावाट आयात छ । नेपालमा उद्योग क्षेत्रले दैनिक ३०० मेगावाट विद्युत् खपत गर्ने गरेको छ ।

    Facebook Comments Box

    प्राधिकरण विद्युत्
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.