Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
सुनसरी : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना भाइरस संक्रमित वृद्धको मृत्यु भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–२० का ७८ वर्षीय वृद्धको आज बिहान ३ बजे मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । ती वृद्धको पहिलो पटक असोज १८ गते कोरोना पुष्टि भएको थियो । उनको दोस्रो पटक पीसीआर गराउँदा कात्तिक १ गते शनिबार पनि रिपोर्ट पोजेटिभ आएको डा। श्रेष्ठको भनाइ छ ।
काठमाडौँ: नेपाली काँग्रेसका सांसद प्रकाशमान सिंहले संघीय संसदका सांसदहरुलाई दसैँ भत्ता दिने सरकारी निर्णय निन्दनीय भएको बताएका छन् । भ्रष्टाचार र अनियमिततामा चुर्लुम्म डुबेको सरकारले अन्य राजनीतिक दल र सांसदहरुलाई पनि दसैँ भत्ताका नाममा बद्नाम गर्ने दुराशय राखेको सिंहले आरोप लगाएका हुन् । विज्ञप्ति जारी गर्दै सिंहले भनेका छन्, ‘महामारीका बेलामा सांसदहरुलाई दशैंभत्ता दिएर जनताको नजरमा आलोचित बनाउने सरकारको सुनियोजित योजनाविरुद्ध कांग्रेस उभिनुपर्छ, उभिन्छ ।’ सिंहले नेपाली काँग्रेस पार्टीका तर्फबाट नै सांसदहरुलाई आएको दसैँ भत्ता फिर्ता गर्ने निर्णय गरेर सांसदहरुलाई पनि बद्नाम बनाउने सरकारको प्रयासलाई विफल बनाउन आग्रह गरेका छन् । उनले दसैँ भत्ता भन्दै आफ्नो नाममा आएको रकम…
काठमाडौँ: काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) को तीन तलाबाट हाम फालेका एक बिरामकी मृत्यु भएको छ । प्रहरी वृत्त गौशालाका अनुसार आज बिहान ८:४५ बजे अस्पतालको तेस्रो तलाबाट हाम फालेका सोलुखुम्बुको जुगुका २६ वर्षीय रोशन खड्काको उपचारका क्रममा मृत्यु भएको हो । खड्काको मानसिक सन्तुलन ठिक नभएपछि आइतबार साँझ अस्पताल भर्ना गरिएको बताइएको छ । कुरुवा बसेकी आमा औषधि किन्न गएका बेला उनी अस्पतालको तेस्रो तलाबाट हाम फालेको प्रहरीले जनाएको छ ।
भक्तपुर: भक्तपुरको सूर्यविनायक नगरपालिकाले स्वेच्छिक अवकाश लिने शिक्षकलाई थप रकम दिने भएको छ। नेपाल सरकारबाट उपलब्ध हुने सेवा सुविधाका अतिरिक्त सूर्यविनायक नगरबाट प्रोत्साहन स्वरूप थप एक लाख रूपैयाँ दिइने नगरपालिकाले जनाएको छ। नगरभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत रही ३० वर्ष सेवा अवधि वा ५० वर्ष उमेर पुगेका स्थायी दरबन्दीका शिक्षकहरूका लागि नगरपालिकाले उक्त थप रकम दिने निर्णय गरेको हो। २०७७ कात्तिक ३० गतेभित्र स्वेच्छिक अवकाश लिने शिक्षकले नगरबाट थप रकम पाउनेछन्। गत असोज २९ गते बसेको नगर कार्यपालिकाको बैठकले शिक्षकलाई थप प्रोत्साहन रकम दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ। नगरपालिकाले आज गोरखापत्रमा सूचना निकालेर उक्त जानकारी दिएको हो। सरकारले पनि…
काठमाडौं: फोन पे पेमेन्ट सर्भिसले चाड दसैंलाई लक्षित गर्दै ‘फोन पे डाइरेक्टसँग,दशैँ धन मौका’ योजना ल्याएको छ। योजना अन्तर्गत फोन पे डाइरेक्टमार्फत बैंक तथा वित्तीय संस्थामा अन्तर बैंक कारोबार गर्दा हरेक दिन एक लाख रूपैयाँ जित्न सकिनेछ। शनिबारदेखि कात्तिक १४ गतेसम्म सञ्चालन हुने यो योजनामा बम्पर उपहारमा पाँच लाख रुपैयाँ जित्न सकिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले कम्पनीले यो योजना ल्याएको हो। यो योजनामा क्यूआर कोडमार्फत गरिने भुक्तानीलाई भने समावेश नगरिएको कम्पनीले जनायो। कम्पनीका करिब डेढ लाख मर्चेन्ट रहेका छन्। फोन पे बैंकिङ, वालेट तथा मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका सातवटै प्रदेशमा पुगिसकेको कम्पनीको दाबी छ।
काठमाडौँ: नेपालीहरूको महान चाड बडादशैँ अन्तर्गत आज नवरात्रको तेस्रो दिन चन्द्रघण्टा भगवतीको विशेष पूजा गरिँदैछ । हिन्दू धर्मालम्बीहरूले वैदिक विधिमार्फत् यस दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिन्छ । घटस्थापनाको दिन राखेको जमरालाई झिसमिसे बिहानी मै आत्मशुद्धि पश्चात् नदी, खोलाबाट ल्याएको पवित्र जलले जमरामा राखिन्छ । यसरी जमरा राखिएको स्थानको नजिकै जलपूर्ण घडा (कलश)को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी पूजा गरिन्छ । जसमध्ये तेस्रो दिन चन्द्रघण्टा भगवतीको पूजा आराधना अनि जलपूर्ण कलशमा पञ्चपल्लव चढाई अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी (सुरक्षा) र महासरस्वती (सृष्टि) को पञ्चोपचारले पूजाआजा गरिन्छ । यसका अतिरिक्त कलशमा अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा पूजित भएको पाइन्छ । यसदिन पनि…
एजेन्सी: मध्य भियतनाममा पहिरोमा पुरिएर ११ सैनिकको मृत्यु भएको छ । अन्य ११ जना वेपत्ता भएका छन् । एक सातादेखिको भारी वर्षापछि कराङ ट्राइ प्रान्तमा रहेको एक सैन्य स्टेशनको ब्यारेकमा पहिरोले २२ सैनिकलाई पुरेको हो । त्यसमध्ये ११ को शव फेला परेको बताइएको छ । भियतनामको प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार बाढी र पहिरोमा एक सातामा मात्रै त्यहाँ कम्तिमा ६४ व्यक्तिको मृत्यु भएको छ सेनाका जनरल स्टाफका चीफ लेफ्टिनेन्ट जनरल फान भान ग्यानले त्यस क्षेत्रमा अझ पहिरो जान सक्ने चेतावनी दिँदै उद्धारकर्मीहरूले त्यस ठाउँमा पहुँचका लागि सुरक्षित मार्ग खोज्नु पर्ने बताएका छन् । कम्बोडिया र भियतनाममा पछिल्लो साता व्यापक वर्षा भएको…
काठमाडौं: सार्वजनिक यातायातमा यात्रा गर्दा यात्रुले अनिवार्य फेस सिल्ड लगाउनुपर्ने भएको छ । यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुषालले सार्वजनिक यातायात प्रयोग गर्दा यात्रुले मास्कसँगै अनिवार्यरुपमा फेस सिल्ड प्रयोग गर्नुपर्ने बताएका हुन् । सरकारले सार्वजनिक यातायातमा सबै सिटमा यात्रु राख्न पाउने निर्णय गरेसँगै कोरोना संक्रमणको जोखिम बढेकाले स्वास्थ्य सुरक्षाको लागि फेस सिल्ड अनिवार्य गरिएको प्रवक्ता भुषालले बताए । यसअघि गाडीमा आधा मात्रै यात्रु राख्ने निर्णय गरेको सरकारले गत सोमबारदेखि सिटभरी यात्रु राख्न पाउने निर्णय गरेको थियो ।
काठमाडौँ: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रतिकिलो रु ५६० मा खसी तथा बोका बिक्रीवितरण गर्ने भएको छ । दाङ र मकवानपुरको मजवानपुरबाट यस वर्षको बडादशैँका लागि पहिलो चोटि खसी तथा बोका काठमाडौँ आइपुगेपछि कम्पनीले मूल्य निर्धारण गरेको हो । निर्धारित मूल्यअनुसार प्रतिकिलो खसीबोकामा रु दश छुट दिइने कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौँ आइपुगेका चौपायाको सोमबार बिहान ८ बजेपछि बिक्रीवितरण शुरु हुनेछ । प्रतिकिलो रु ५ ५० का दरमा थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरबाट बिक्रीवितरण हुने कम्पनीले जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयानुसार सरकारी स्वामित्वमा सञ्चालित तीन संस्थानले चाडपर्वलाई लक्ष्य…
काठमाडौं: साताको पहिलो दिन आइतबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ। अधिकांश समूह गिरावट आउँदा नेप्से परिसूचक ५.६६ अंकले घटेको हो। कारोबार खुलेदेखि नै घट्न थालेको नेप्से परिसूचक कारोबार बन्द हुने समयमा एक हजार ५५६ अंकमा आएर बन्द भएको छ। यस क्रममा ४३ लाख ५२ हजार कित्ता सेयर किनबेच भई एक अर्ब २५ करोड २७ लाख रूपैयाँ बराबरको कारोबार भएको छ। आज कारोबार भएका १२ मध्ये व्यापार १३.२ अंक र निर्जीवन बीमा कम्पनी समूह ३१.५८ अंकले सुधार आएको छ। यी दुईबाहेक अन्य १० समूह आज घटेका छन्। त्यसमध्ये विकास बैंक समूह २९.१९ अंकले गिरावट आएको छ। यस्तै, जीवन…
