Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड को साधारण शेयर (आईपिओ) मा आजदेखि आवेदन खुला भएको छ । कम्पनीले असोज २१ गते बुधबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपिओ शेयर निष्काशन गरेको हो । कूल निष्काशनमध्ये १ लाख २० हजार कित्ता कर्मचारीलाई र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका इकाइहरुलाई छुट्टाएइएको छ । बाँकी २७ लाख ३० हजार कित्ता शेयरमा सर्वसाधारणकले आवेदन दिन सक्नेछन् । साधारण शेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । यो निष्काशनमा पनि आवेदन गर्ने एक सय जनामा ६५ जनाले आईपीओ नपाउने…

Read More

काठमाडौँ: तनहुँ जलविद्युत् आयोजनाको मुख्य प्रभावित क्षेत्र ऋषिङ गाउँपालिका–१ का स्थानीयवासीले मङ्गलबार विभिन्न माग राख्दै ३५ बुँदे मागपत्र बुझाएका छन् । आयोजनाले मुख्य प्रभावित क्षेत्रका जनस्तरबाट उठेका मागहरु सम्बोधन गर्ने चासो नदिएको भन्दै प्राथामिकताका आधारमा सम्बोधन गर्न ३५ बुँदे माग पत्र बुझाएका हुन् । बेलटार बच्याङ गौडा सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष केशरबहादुर थापाले आयोजनाका उपनिर्देशक तुलसीप्रसाद सापकोटालाई उक्त पत्र हस्तान्तरण गरेका हुन् । स्थानीयवासीले आयोजनाको कार्यालय तथा आवास क्षेत्रभित्र परेको बेल्टार–बच्याङगौंडा वनको रुखबिरुवाको हालसम्म पनि क्षतिपूर्तिको व्यवस्था नभएकाले तत्काल लागत लिई उचित क्षतिपूर्ति वन समूहलाई हस्तान्तरण गर्न जोडदार माग गरेका छन् । झापुटार र बेल्टार क्षेत्रमा विगतमा मुकुर्लुक…

Read More

लुम्बिनी : बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई र लुम्बिनी प्रादेशिक अस्पतालमा एक गरी तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । बुटवल धागो कारखानास्थित बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं ५ का ७६ वर्षीय पुरुष र बुटवल उपमहानगरपालिका वडा नं ९ की ५५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले आज बिहान जारी गरेको विज्ञप्तिमा सङ्क्रमण पुष्टि भएपछि यही असोज १६ गते अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएका ७६ वर्षीय पुरुषको गए राति करीब १२ः५० बजे मृत्यु भएको जनाइएको छ । उनमा सुख्खा खोकी, उच्च ज्वरो र उच्च…

Read More

काठमाडौँ: कांग्रेस नेता डा.शेखर कोइरालाले २४ दिनदेखि अनसनरत डा.गोविन्द केसीको माग छिटो सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् । चिकित्सा सेवा र शिक्षा सुधारको माग गर्दै १९औँ पटक अनसनरत डा.केसीको स्वास्थ्य अवस्था नाजिक बन्दै जाँदा कांग्रेस नेता कोइरालाले केसीका मागप्रति राज्य निक निर्मर र कठोर बनेको भन्दै प्रश्न समेत गरेका छन् । बुधबार ट्वीट गर्दै कोइरालाले भनेका छन्,’गोविन्द केसीको मागप्रति राज्य किन यति निर्मम र कठोर ? लोकतन्त्रमा समेत सत्याग्रहीको आवाज सुनिदैन भने राज्यबाट के अपेक्षा र आशा गर्ने ? उहाँको मागको छिटो भन्दा छिटो सम्बोधन गरियोस् ।’ भदौ २९ मा जुम्लबाट अनसन थालेका केसी अहिले त्रिवि शिक्षण अस्पताल…

Read More

काठमाडौँ: ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले स्पर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति (एक्विजिसन) गर्ने भएको छ। स्पर्शलाई प्राप्ति गर्ने विषयमा ग्लोबल आइएमई लघुवित्तका अध्यक्ष बुद्धि अकेला स्पर्श लघुवित्तका अध्यक्ष प्रा. डा. सुशिलभक्त माथेले मङ्गलवार सहमति पत्रमा हस्ताक्षर गरेका छन्। स्पर्शको प्राप्तिपछि संस्थाको वित्तीय पक्ष र समग्र व्यवसाय राम्रो हुन गई व्यवसाय कारोवार वृद्धि गर्न सकिने , ग्राहकहरुलाई प्रदान गर्ने सेवा, सुविधा तथा सहुलियतमा समेत अभिवृद्धि गरी व्यापक पहँुचका साथ स्तरिय वित्तीय सेवा प्रदान गर्न थप पुँजीकोष वृद्धि भै संस्थालाई एक सबल र सशक्त संस्था बनाउन सकिने विश्वास ती दुई संस्थाको छ। त्यसैगरी ग्राहकलाई प्रदान गर्ने सेवा, सुविधा तथा सहुलियतमा समेत…

Read More

रुपन्देही: बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई संक्रमितको मृत्यु भएको छ । नवलपरासीको सुनवल नगरपालिका–५ का ७६ वर्षीया वृद्धको र बुटवल उपमहानगरपालिका–९ का ५५ वर्षीया महिलाको बुधबार बिहान मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । गत शुक्रबार पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका नवलपरासीका ती वृद्धमा दम र उच्च रक्तचापको पनि समस्या रहेको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए । उनको बुधबार बिहान १२ बजेर ५० मिनेटमा मृत्यु भएको गौतमले बताए । बुटवल–९ की ५५ वर्षीया महिला बुधबार बिहान साढे ५ बजे मृत्यु भएको उनले बताए । सुख्खा खोकी र उच्च ज्वरोको समस्या देखिएकी ती महिलामा अरु…

Read More

काठमाडौं: देशभर रहेका शक्तिपीठहरु स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्ने प्रस्ताव कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा पुगेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मापदण्ड पालना गर्नेगरी शक्तिपीठ खुला गर्ने प्रस्ताव गत साता सीसीएमसीमा पठाएको मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले जानकारी दिए । विभिन्न भगवानको स्त्री स्वरुपलाई शक्ति भन्ने गरिन्छ । पौराणिक मान्यता अनुसार सतिदेवीको अंग पतन भएको ठाउँमा अष्टमात्रिकाको बसोबास छ भने त्यो ठाउँलाई शक्तिपीठ भन्ने गरिन्छ । दशैंको घटस्थापनको दिनदेखि नौ दिनसम्म देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो लाग्ने गर्छ । तर यो वर्ष कोरोना भाइरसको महामारीका कारण पछिल्लो छ महिनादेखि सबै धार्मिक स्थलहरू बन्द छ । तर हिन्दु…

Read More

काठमाडौं: नेपाली ल्याबले पीसीआर नेगेटिभ देखाएको लोड/अनलोड मजदुरलाई चीनको ल्याबको परीक्षणले पोजेटिभ देखाएपछि तातोपानी नाकाबाट हुने आयात रोकिएको छ । शनिबार नेपालबाट चीनतर्फ पठाइएका २९ जना चालक तथा लोड गर्ने श्रमिकहरुमध्ये तीन जनालाई चिनियाँ ल्याबको परीक्षणमा कोरोना देखिएपछि चीनले नाका बन्द गरेको तातोपानी भन्सार कार्यालयले जनाएको छ । मंगलबार तातोपानी नाका भएर कुनै पनि वस्तु नभित्रिएको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले  बताए । ‘चीनतर्फ रहेका तीन नेपाली श्रमिकलाई कोरोना देखिएको चिनियाँ अधिकारीले जनाएका छन्, आज कुनै वस्तु नाकाबाट आएको छैन,’ भन्सार प्रमुख खत्रीले भने । नाका खुलाउने सहमति बमोजिम गत शुक्रबार नेपाली ल्याबमा गरिएको पीसीआर परीक्षणमा नेगेटिभ नतिजा आएका…

Read More

काठमाडौँ: नबिल बैंकले संचालक समितिका सदस्य उपेन्द्र पौड्याललाई अध्यक्ष नियुक्त गरेको छ । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले पौड्याललाई आगामी ३ वर्षका लागि अध्यक्ष नियुक्त गरेको हो । बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालको चार वर्षे कार्यकाल यही असोज १७ गते सकिएपछि बैंकले नयाँ अध्यक्ष चयन गरेको हो । बैंकका अनुसार सर्वसाधारण लगानीकर्ताको तर्फबाट सञ्चालकको जिम्मेवारीमा रहेका शम्भु प्रसाद पौड्याल र दयाराम गोपाल अग्रवालको पदावधि सकिएको छ । बैंकका नव नियुक्त अध्यक्ष पौड्याल तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका छन । उनी यसअघि एनएमबी बैंक लिमिटेडको संस्थापक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । सन्…

Read More

काठमाडौं: महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाड पर्व लक्षित विशेष अप्रेशन शुरु गरेको छ । चाडपर्वमा उपत्यका बाहिर जाने यात्रुसँग मौकाको फाइदा उठाई बढी भाडा लिई टिकट काट्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । ट्राफिक प्रहरी आफैँ यात्रु बनेर कारबाही अभियान चलाएको महाशाखाले जनाएको छ । कोटेश्वर एरियाको काउन्टरबाट बिमल खत्री र किरण पौडेल तथा बल्खुबाट जितेन्द्र शाह, मदन भुजेल र धर्मेन्द्र यादव पक्राउ परेका हुन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले चाडपर्वलाई मध्यनजर गरी सादा पोशाकमा ट्राफिक प्रहरी खटाएर बढी भाडा लिने विरुद्ध कारवाही चलाएको जानकारी दिए । उनले…

Read More