काठमाडौँ: नबिल बैंकले संचालक समितिका सदस्य उपेन्द्र पौड्याललाई अध्यक्ष नियुक्त गरेको छ । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले पौड्याललाई आगामी ३ वर्षका लागि अध्यक्ष नियुक्त गरेको हो ।
बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालको चार वर्षे कार्यकाल यही असोज १७ गते सकिएपछि बैंकले नयाँ अध्यक्ष चयन गरेको हो । बैंकका अनुसार सर्वसाधारण लगानीकर्ताको तर्फबाट सञ्चालकको जिम्मेवारीमा रहेका शम्भु प्रसाद पौड्याल र दयाराम गोपाल अग्रवालको पदावधि सकिएको छ ।
बैंकका नव नियुक्त अध्यक्ष पौड्याल तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका छन । उनी यसअघि एनएमबी बैंक लिमिटेडको संस्थापक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए ।
सन् १९८६ मा ग्रिनल्यान्ड बैंकबाट उनले बैंकिङ करिअर सुरु गरेका थिए । त्यहाँ उनी १४ वर्ष जिम्मेवारी सम्हालेपछि उनी एनएमबी फाइनान्समा पुगेका थिए। एनएमबीमा उनले १७ वर्ष सेवा गरेका थिए।