Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: सत्याग्रह बसेको २३ दिनमा डा. गोविन्द केसीलाई भेट्न सरकारी टोली त्रिवि शिक्षण अस्पताल गएको छ। शिक्षासचिव गोपी मैनाली मंगलबार केसीलाई भेट्न शिक्षण अस्पताल गएका हुन्। केसीलाई भेटेर सचिव मैनालीले सत्याग्रह स्थगित गर्न अनुरोध गरेका थिए। तर, केसीले सत्याग्रह स्थगित नगर्ने अडान राखे। उनले सरकारका प्रवक्ताकै भनाइअनुसार नै अभिव्यक्ति आएको र त्यसका लागि दु:ख गरिरहन नपर्ने बताएका थिए। ‘शिक्षा सचिव र उहाँसँग अरू दुई जना आउनुभएको थियो, दस मिनेटजति बसेर फर्किनुभयो,’ केसीका सहयोगी डा. प्रितम सुवेदीले भने, ‘सरले औपचारिक रूपमा वार्ता समिति गठन गरेर कुरा गर्न आउन भन्नुभयो।’ केसीले विभिन्न ६ बुँदे माग राखेर जुम्लामा अनसन थालेका थिए। उनको स्वास्थ्य…
काठमाडौँ: काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप १ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण भएको बताए। प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा ७८३, भक्तपुरमा ११६ र ललितपुरमा जनामा ११८ संक्रमण पुष्टि भएको हो।
काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा थप १५५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ । २२ हजार ७ सय ९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २६३ थियो । २४ घण्टामा थप २,३४० जना कोरोना संक्रमणमुक्त पछिल्लो २४ घण्टामा थप २,३४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ६७ हजार ५४२ पुगेको…
काठमाडौँ: प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको देउखुरी कायम गरिएको छ । आज मतदान मार्फत प्रदेशको राजधानीको नाम टुंगो लागेको हो । प्रदेश ५ को स्थायी राजधानीमा दाङको देउखुरीमा बनाउने प्रदेश सरकारको प्रस्ताव प्रदेश सभाबाट दुई तिहाईले पारित भएको हो । पक्षमा ६९ र विपक्षमा १३ मत ।
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । हिजो सोमबार गरेको पिसीआर परीक्षणमा पोजेटिभ देखिएको चौधरीले बताएकी छिन्। कोरोना भाइरसका कारण स्वास्थ्यमा सामान्य समस्या देखिएकोसमेत उनले बताएकी छिन्। आफूलाई कोरोना पोजेटिभ देखिएको बताउँदै उनले यसबीचमा आफ्नो सम्पर्कमा रहेकोहरुलाई सावधानी अपनाउन अनुरोध गरेकी छिन्।
दाङ : प्रदेश पाँचको स्थायी राजधानी दाङको देउखुरी क्षेत्र र नाम लुम्बिनी प्रदेश राख्ने प्रदेश सरकारको प्रस्तावमा तीन जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन्। नेपाली काँग्रेस सांसद रमा अर्याल र पुष्पा थरुनी तथा जनता समाजवादी पार्टी ९जसपा०का संसदीय दलका नेता सहषराम यादवले प्रदेश सभा सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरेका हुन्। यादवले सरकारले प्रस्ताव गरेको लुम्बिनी प्रदेश नाम सच्याई थरुहट, मगरात र अवध नाम राखियोस् भन्ने संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता गरेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी दिनेश अधिकारीले जानकारी दिए। उनीहरुले राजधानीका विषयमा भने संशोधन प्रस्ताव हालेका छैनन्। यस्तै, नेपाली काँग्रेसका सांसद अर्याल र थरुनीले बैकल्पिक…
काठमाडौं : मोरङ, सुनसरी र चितवनमा थप ४ कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचाररत दुई कोरोजना संक्रमितको मृत्यु भएको छ । मोरङका दुई संक्रमित पुरूषको आज बिहान मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए । रतुवामाई नगरपालिका –८ का ४५ वर्षीय पुरूषको बिहान साढे २ बजेतिर र कानेपोखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुषको बिहान ३ बजेतिर मृत्यु भएको दाहालले बताए । उनका अनुसार मृतक दुबै पुरूषमा अन्य रोगको पनि समस्या थियो । कानेपोखरीका पुरूष ब्लड क्यान्सरबाट पीडित थिए भने रतुवामाईका पुरूषमा सुगरको समस्या रहेको उनले बताए । पाँच वर्षदेखि ब्लड क्यान्सरको उपचार…
काठमाडौं: जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयरको मंगलवार बाँडफाड भएको छ। विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले साढे १० बजे फेसबुकमार्फत सेयर बाँडफाड गरेको हो। क्यापिटलले २ लाख ७३ हजारजनालाई गोलप्रथाद्धारा १० कित्ताको दरले सेयर बाँडफाड गरेको छ। कम्पनीको आइपिओमा ७ लाख ९६ हजार ७३४ जनाले २ करोड १४ लाख ३९ हजार ३७० कित्ता आवेदन परेको थियो। जसमध्ये ४८ लाख ६४० कित्ता आवेदन रद्ध भएको छ। बाँकी रहेका ७ लाख ९४ हजार ५४६ जनामध्ये २ लाख ७३ हजारले मात्र १० कित्ताको दरले सेयर पाएका छन्। ५ लाख २३ हजार ७ सय ३४ जनाको हात खालि भएको छ। कम्पनीले असोज १…
काठमाडौं: सोमबार घटेको सुनको मुल्य मंगलबार पुनः बढेको छ । आज सुनको मुल्य तोलामा ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मुल्य प्रतितोला ९४ हजार ९०० रुपैयाँ तोकेको छ । यो मुल्य हिजोको भन्दा ८०० रुपैयाँले बढी हो । यस्तै, आजका लागि तेजावी सुनको मुल्य भने ९४ हजार ४०० रुपैयाँ तोकिएको छ । यसैगरी, आज चाँदीको मुल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । आजका लागि चाँदीको मुल्य रु. १२०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।
काठमाडौँ: दुई पटक स्थगित भएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज(मंगलबार) बस्ने भएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच हिजो भएको छलफलपछि आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्ने तय भएको दाहालको सचिवालयले जनाएको छ । बैठकले अर्थमन्त्रीसहित तीन रिक्त मन्त्रालयमा मन्त्री नियुक्तिको प्रधानमन्त्री प्रस्तावमा सहमति दिने सम्भावना रहेको छ । सचिवालय बैठक शनिवार नै बोलाइएको भएपनि आवश्यक तयारी नपुगेको भन्दै आइतबारका लागि सारिएको थियो । तर, यहिबीचमा प्रधानमन्त्रीका ४ सल्लाहकारसहित सुरक्षा दलका सदस्यहरुमा कोरोना संक्रमण देखिएपछि आइतबार बोलाइएको बैठकपनि स्थगित भएको थियो ।
