Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेललाई कोरोना संक्रमण भएको छ। उनलाई सामान्य लक्षणसहित कोरोना संक्रमण भएको हो। सामान्य रुघाखोकी देखिएपछि तीन दिनदेखि होम आइसोलेसनमा बसेका पौडेललाई आज कोरोना संक्रमणको पुष्टि भएको उनले बताएका छन ।

Read More

काठमाडौं : दोस्रो बजारमा सेयर कारोबार गर्ने लगानीकर्ता मध्ये ३६ प्रतिशतले अनलाइनको सुविधा लिएका छन्। सरकारले कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि लकडाउन तथा निषेधाज्ञा जारी गर्दा सेयर बजारमा अनलाइन प्रयोगकर्ता बढेका हुन्। एक महिनाको अवधिमा ८६ प्रतिशतले बढेका हुन्। नेपाल स्टक एक्सचेन्जका अनुसार पछिल्लो समय अनलाइन कारोबारका लागि युजनर नेम र पासवर्ड लिने लगानीकर्ताको संख्या एक लाख २० हजार ४९९ जना पुगेका छन्। एक महिना अगाडि अनलाइन प्रयोगकर्ता ६४ हजार ६१६ जना थिए। हाल दोस्रो बजारमा सक्रिय लगानीकर्ता तीन लाख ३७ हजार छन्। एक महिना अगाडि सक्रिय लगानीकर्ता दुई लाख ८७ हजार थिए। एक महिनाकै अवधिमा…

Read More

काठमाडौँ: बैंक अफ काठमाण्डूले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले नगद तथा बोनस गरी १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १३ प्रतिशत बोनस र कर सहित ३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । जसअनुसार बैंकले १ अर्ब ३६ करोड ७६ लाख ९५ हजार ६३६ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, २५ करोड ६४ लाख ६ हजार ६६२ रुपैयाँ नगद लाभांश बाड्ने छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको अनुमति पश्चात बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीलाई…

Read More

काठमाडौँ: सरकारले निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाकाे राजदूतमा सिफारिस गरेको छ। आज बिहान बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई राजदूत नियुक्त गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको गरेको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्बत गुरुङले बताए । त्यसैगरी मुख्यसचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतको राजदूतका लागि सिफारिस गरिएको छ। रेग्मीले बिहीबार नै मुख्य सचिवबाट राजीनामा दिएका थिए। यसै गरी बैठकले परराष्ट्रका सहिव शंकर दास बैरागीलाई मुख्य सचिवमा नियुक्त गरिएको जानकारी दिए।

Read More

काठमाडौँ: सरकारले बिहीबारदेखि नियमित उडान थप गरेको छ। विदेशबाट अलपत्र श्रमिकलाई ल्याउन उडान थप गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार बिहीबारदेखि नियमित उडान थप भएका छन्। विमान कम्पनीहरुले मागेजति नै उडान स्वीकृत गरिएको क्षेत्रीले बताए। प्राधिकरणले अक्टोबर १ देखि २४ तारिखसम्मका लागि नियमित उडानको तालिका सार्वजनिक गरेको छ। २४ दिनमा नेपालका लागि १४ विमान कम्पनीले ९९ वटा नियमित अन्तर्राष्ट्रिय उडान भर्नेछन्। नेपाल एयरलाइन्सले सातामा हङकङबाट दुई वटा, दोहाबाट सातवटा, क्वालालाम्पुरबाट छ वटा, दुबईबाट सात वटा, नारिताबाट दुई वटा र ग्वान्जाउबाट एउटा उडान गर्ने छ। हिमालयन एयरलाइन्सले दोहा र आबुधावीबाट हरेक साता ७–७ वटा उडान…

Read More

काठमाडौँ: काठमाडौँ महानगरपालिकाले विगत २२ दिनदेखि गरेको अनुगमनमा व्यापारीबाट जरिवानास्वरुप रु १२ लाख ८७ हजार असुल उपर गरेको छ । कामपाले तरकारी, फलफूल र खाद्य गरी १२३ वटा पसलमा अनुगमन गरेको थियो । यसरी गरिएको अनुगमनका क्रममा मूल्य र गुणस्तरमा उपभोक्तालाई ठगी गर्ने कालीमाटी तरकारी तथा फुलफूल बजारका २ र बल्खु तरकारी तथा फलफूल बजारका २ गरी ४ जना व्यापारीलाई कालोबजारीको कसुरमा जिल्ला प्रशासन कार्यालयमार्फत कारवाही अघि बढाइएको छ । उनीहरुले रु ४६ मा खरिद गरेको प्याजको कृतिम अभाव सृजना गरेर १३० मूल्यमा बेचिरहेको थिए । उनीहरुबाट बरामद भएको १३ हजार २६८ किलो प्याज खाद्य व्यवस्था तथा व्यापार…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले जैविक विविधता संरक्षणका लागि राजनीतिक इच्छाशक्तिका साथै विचार तथा नवप्रवर्तनको प्रवद्र्धनसहित दृढताकासाथ काम गर्नुपर्ने औँल्याउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभाको अवसरमा ‘दिगो विकासका लागि जैविक विविधतासम्बन्धी अविलम्ब गर्नुपर्ने कार्य’ विषयमा आज न्युयोर्कमा भएको जैविक विविधता शिखर सम्मेलनमा उहाँले जैविक विविधता संरक्षणको लागि दिगो लगानी सुनिश्चित गुर्न आवश्यक भएको बताउनुभयो । जलवायुसम्बन्धी प्रतिकार्य अविलम्ब कार्यन्वयन गर्नु सबैको नैतिक दायित्व भएको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रियस्तरमा सहमति भएका विकासका खाकाहरू र वातावरणसम्बन्धी बहुपक्षीय सम्झौताहरूअन्तर्गत गरिने प्रयासबीच सामञ्जस्य कायम गर्न जरुरी भएको बताउनुभयो । “जैविक विविधता संरक्षण त्यस्तो कार्य हो जसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय…

Read More

काठमाडौँ: नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विदेशी विमानचालक (पाइलट) ले भन्दा नेपाली पाइलटले धेरै तलब बुझ्ने गरेको जनाएको छ । कोभिड–१९ महामारीको प्रभावका कारण विदेशी पाइलटलाई बेतलबी विदादेखि करार अवधिसमेत छोट्याएसँगै नेपाली पाइलटको न्यूनतम तलब बढेको हो । निगमले विदेशी पाइलटलाई धेरै तलब सुविधा दिएको भनी विभिन्न सञ्चारमाध्यममा तथ्यहीन र आधारहीन समाचार आएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्ति जारी गरी पाइलटको सेवासुविधासम्बन्धी समाचारको खण्ठडन गरेको छ । केहीदिनयता अनलाइन, प्रिन्ट संस्करण तथा टेलिभिजनमा स्वदेशी पाइलटलाई कम तलब र विदेशीलाई धेरै तलब दिएको भन्दै समाचार सार्वजनिक भएको थियो । साथै स्वदेशीलाई कम उडान दिएर विदेशीलाई धेरै उडान दिएको भन्ने…

Read More

काठमाडौँ: उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज (बिहीबार) देखि काठमाडौं उपत्यकामा दशैं-तिहार लक्षित सहुलियत पसल सञ्चालन गर्ने भएको छ। मन्त्रालयले असोज १५ गतेदेखि मंसिंर ६ गतेसम्म सहुलियत पसल सञ्चालन गर्न लागेको हो। ‘नेपालीहरुको महत्वपूर्ण चाड दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ्ग कर्पोरेशनमार्फत सुपथ मूल्यमा सामान उपलब्ध गराउन लागिएको हो,’ मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। मन्त्रालयले घुम्ती सेवा पसल, र अनलाइन मार्फत् उपत्यकाका ४९ स्थान र दुग्ध विकास संस्थानमार्फत् अत्यावश्यक सामाग्री सुपथ मूल्यमा उपलव्ध गराइने जनाएको छ। मन्त्रालयले उपभोग्य वस्तुहरुको मूल्य पनि सार्वजनिक गरेको…

Read More

काठमाडौँ: काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकामास्थित पेप्सिकोलामा  ग्यास सिलिन्डर लिक भइ बिस्फोट हुँदा ५ जना घाइते भएका छन् । घाइते हुनेहरूमा सुनिता कार्की, पर्वत कार्की, हेमा कार्की, रमेश कार्की र मिना खड्का रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । घाइते उनीहरूको नजिकैको मदर ल्यान्ड अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये पर्वत कार्कीको अवस्था सामान्य छ । खाजा बनाउनको लागि ग्यासको रेगुलेटर खोलेर लाइटर बाल्ने  क्रममा ग्यास लिक भएको प्रहरीको भनाइ छ । ग्यास बिस्फोटबाट घरधनी कृष्ण कार्कीको घरमा क्षति पुगेको छ ।

Read More