Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
सिन्धुपाल्चोक: पहिरोका कारण सडक सम्पर्क टुटेको तातोपानी नाका यही असोज १९ गतेदेखि खुल्ने भएको छ । नेपाल र चीनका अधिकारीबीच मितेरी पुलमा बसेको बैठकमा नाका असोज १९ गतेदेखि खोल्ने सहमति भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । नेपालमा कोरोना सङ्क्रमण तीव्र रुपमा बढेसँगै र तातोपानी नाकासम्म पुग्ने सडकमा पहिरो गई सडक भत्किएपछि तातोपानीबाट हुने कारोबार ठप्प भएको थियो । नाका खुलाउने विषयमा छलफल गर्नका लागि चीनका तर्फबाट ल्हासाका उच्च अधिकारीहरु आएको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले बताए । नेपालका तर्फबाट प्रमुख जिल्ला अधिकारी ढकालसहित भन्सार प्रमुख एवं नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका प्रमुखहरु छलफलमा सहभागी थिए…
काठमाडौं: इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सनराइजर्स हैदरावादले पहिलो जीत हासिल गरेको छ । गएराति भएको सिजनको तेस्रो खेलमा हैदरावादले दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गरेको हो । सेख ज्यायद क्रिकेट स्टेडियममा हैदरावादले दिएको १६३ रनको लक्ष्य पछ्याएको दिल्ली क्यापिटल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रन बनाएको थियो । दिल्लीका लागि शिखर धावनले सर्वाधिक ३४ रनको योगदान गरे । त्यस्तै रिशव पन्तले २८ रन दिलाए भने शिम्रोन हेटमायर २१ रनको योगदान गरे । बलिङतर्फ हैदरावादका लागि राशिद खानले सर्वाधिक तीन विकेट लिए भने भुवनेश्वर कुमारले दुई विकेट लिँदा कलेस अहमेद र थनगुरशन नटराजनले एक–एक विकेट लिए । टस…
काठमाडौँ: कोभिड–१९ को जोखिमकाबीच काठमाडौँ उपत्यकामा सवारी तथा मानवीय चाप बढ्न थालेको छ । सवारीसाधान झण्डै साविकको तुलनामा बढी सञ्चालन हुन थालेको छ भने ट्राफिक जामसमेत बढ्न थालेको पाइएको छ । बाहिरी जिल्लाका सवारी आवतजावत बढेकाले पनि उपत्यकामा मानिसको आवागमनसमेत बढेको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ । सवारी भित्रिने क्रम बढेकाले मानिसको चहलपहलमा वृद्धि भएको प्रहरीले जनाएको छ । मानिस र सवारीको चाप हुँदा कोभिड–१९ को जोखिम बढेको छ । उपत्यका नगरपालिका फोरमका सचिव मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अन्य जिल्ला र उपत्यकाको हकमा एउटै नियम लागू गर्दा कोरोनाको सङ्क्रमण दर बढेको बताउनुभयो । “हामी उपत्यकाको नाका खोल्न नहुने…
काठमाडौँ: राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई आफै भूमिस्थ सेवा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने सम्बन्धमा भएको निर्णय खारेज गर्न माग गरेको छ । विश्वका अधिकांश विमानस्थलमा त्यहाँको राष्ट्रिय ध्वजाबाहकबाट नै विमानस्थलको भूमिस्थ सेवा सञ्चालन हुने गरेको परिपेक्ष्यमा नेपालमा पनि हवाई सेवाको शुरुदेखि नै निगमले भूमिस्थ सेवा दिँदै आएको र यस क्षेत्रमा अर्बौ लगानी भएको भन्दै निगमले अन्य संस्थालाई त्यस्तै जिम्मेबारी दिन नहुने जिकिर गरेको छ । निगमले आज विज्ञप्ति जारी गर्दै निगमको अनवरत सेवा र प्रविधिक स्रोतसाधनमा गरेको खर्चलाई मध्यनजर गर्दै अन्य कुनै संस्थालाई भूमिस्थ सेवाको जिम्मा दिने निर्णय अहिलेको परिस्थितिमा…
काठमाडौँ: प्रा डा खगेन्द्रप्रसाद लुइँटेलविरुद्ध अदालतको अवहेलना सम्बन्धि मुद्दा दर्ता भएको छ । अधिवक्ता मुकुन्दप्रसाद भट्टराईले त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभाग, कीर्तिपुरमा कार्यरत प्रा डा लुइँटेलविरुद्ध सोमबार सर्वोच्च अदालतमा अदालतको अवहेलना सम्बन्धि मुद्दा दर्ता गराउनुभएको हो । मुद्दामा एभरेष्ट नेपाल नामक युट्युब च्यानलमा दिएको अन्तर्वार्तामा न्यायालय र न्यायधीशहरूमाथि गालीगलौजका साथै गम्भीर आरोप लगाई अदालतको अवहेलना गरेको हुँदा प्रा डा लुइँटेललाई प्रचलित कानूनअनुसार हदैसम्मको सजायको माग दाबी गरिएको छ । सर्वोच्च अदालतबाट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहितका न्यायाधीशहरूको संवैधानिक इजलासबाट २०७४ सालमा भरतकुमार बस्नेतविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार काठमाडौँसमेत भएको उत्प्रेषण परमादेश मुद्दामा २०७६ साल मङ्सिर २७ गते…
काठमाडौं: विश्व बैंकले मंगलबार नेपालको शहरी सेवा प्रवाह सुधार तथा पूर्वाधार विकास सम्बन्धी १ सय ५० मिलियन डलर (१७ अर्ब ६४ करोड रुपैयाँ) बराबरका परियोजना स्वीकृत गरेको छ । विश्व बैंकले संघीयता कार्यान्वयन प्रभावकारी बनाउने उद्देश्यसहित स्वीकृत यी परियोजना कोरोना भाइरसको संक्रमणबाट प्रभावित भएको अर्थतन्त्रलाई माथि उकास्नसमेत महत्वपूर्ण सावित हुने विश्वास लिएको छ । खासगरी नगरपालिकाहरुको क्षमता अभिवृद्धि र पूर्वाधार विकासमा यो सहायता प्रयोगमा आउने छ । विश्व बैंकका नेपाल, श्रीलंका तथा माल्दिभ्सका लागि निर्देशक फारिस हदद जार्भोसले तिब्र शहरीकरण, संघीयता र कोभिड १९ को सन्दर्भमा नेपाली शहरी इलाकाबाट हुने सेवा प्रवाहलाई प्रभावकारी बनाउन र महामारीको प्रभाव कम…
काठमाडौँ: सरकारको प्रयास अन्तर्गत मंगलबार सम्ममा विभिन्न मुलुकबाट ८३ हजार २५ जना नेपालीको उद्दार गरिएको छ। सीसीएमसीले आज जारी गरेको एक बिज्ञप्ति अनुसार संयुक्त अरव इमिरेट्सबाट सबै भन्दा बढी २४,२४८ नेपालीको उद्धार गरिएको छ। त्यसैगरी साउदी अरवबाट १२,९५६ र कतारबाट ११,९१७ जनाको उद्धार भएको छ। मंगलबार मात्रै सरकारले विभिन्न विमान मार्फत ११ सय ७८ जनाको उद्धार गरेको थियो। त्यस्तै मलेसियाबाट ११,९५८ जनालाई स्वदेश ल्याइएको छ भने सबैभन्दा कम ५ जना श्रीलंकाबाट आएका छन्। यस्तै प्रदेश अन्तर्गत बागमती प्रदेशबाट १८,३२० र प्रदेश एकबाट १४,७८६, प्रदेश दुई बाट १२,२२२ जना आएका छन्। त्यस्तै, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश…
काठमाडौं; नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई फोर्स मर्जर नगराउने बताएका छन् । बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरुलाई मंगलबार भेट्दै गभर्नर अधिकारीले मन मिल्ने संस्थाहरुलाई मर्जरमा जानको लागि सुझाव दिएका छन् । ‘तपाईहरुको लागत घट्छ मनमिल्छ र संस्थालाई राम्रो हुन्छ भने मर्जर गर्दा राम्रो हुन्छ,’गभर्नर अधिकारीले भने । बैंक तथा वित्तीय संस्था वित्तीय संस्था परिसंघ(सीबिफिन)का अध्यक्ष पवन गोल्यान सहितका पदाधिकारी गभर्नरलाई भेट्न बालुवाटार पुगेका थिए । अरुबेला गभर्नरलाई भेट्न समय माग गरेर जाने गरेकोमा यो पटकको गभर्नर आफैले बैंक तथा वित्तीय संस्थाका अध्यक्षलाई भेट्न बोलाएका थिए । बैठकमा गभर्नर अधिकारीले केन्द्रिय बैंक कोभिड…
काठमाडौं: विजुली झ्याप्पझ्याप्प जान थालेपछि उर्जामन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणका निमित कार्यकारी निर्देशक लेखनाथ कोइरालालाई दोस्रो पटक मन्त्रालयमै बोलाएर तत्काल समस्या समाधान गर्न निर्देशन दिएका छन्। उनले खराब मौसम, प्रणालीको खराबी वा अरु प्राविधिक कारणले विद्युत अनियमित भए तत्काल समस्या समाधान गर्न निर्देशन दिएका हुन्। त्यसका लागि ‘इमिडेट रेस्पोन्स टोली’ बनाउन उनको सुझाब छ। लकडाउनयता ९० लाख विद्यार्थी घरमै बसेर अनलाइन कक्षा लिइरहेको भन्दै मन्त्री पुनले विद्युत नियमित नभए उनीहरुको पढाइ प्रभावित हुन स्पष्ट पारे। ‘वितरण प्रणालीमा सानो भन्दा सानो गडबडी नआओस्’ उनले भने, ‘यदि समस्या आएको अवस्थामा तत्काल समाधान होओस्।’ मन्त्री पुनले तत्काल जरिवाना…
काठमाडौँ: शेयर बजार सूचक मापक नेप्से मंगलबार पनि घटेको छ । सोमबार ४.७२ अंकले घटेको नेप्स मंगलबार ७.२१ अंकले घटेको छ । घट्दो बजारमा जलविद्युत कम्पनीको शेयरमूल्यमा भने लगानीकर्ता आकर्षित बनेका छन् । जसले शेयरमूल्य बढ्ने अधिकांश कम्पनी यसै उपसमूहका रहेका छन् । लामो समयदेखि अंकित मूल्यभन्दा तल झरेका जलविद्युत कम्पनीको शेयरको भाउ बढ्न थालेपछि विस्तारै अंकित मूल्यभन्दा माथि पुग्न थालेको छ । मंगलबार कारोबार रकम १ अर्ब ८२ करोड ९८ लाख रुपैयाँ पुगेको छ । सोमबार १ अर्ब ६९ करोडको शेयर कारोबार भएकोमा मंगलबार कारोबार रकम १३ करोड रुपैयाँले बढेको हो । आज कुल…
