Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: पछिल्लो २४ घण्टामा देशभर ३४८महिला र ८७३ पुरुष गरी जम्मा १२२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । उनका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना जना रहेका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ५१८ रहेको छ। जसमा संस्थागत आइसोलेसनमा रहेकाको १० हजार ६१२ रहेको छ भने होम आइसोलेसनमा रहेकाको संख्या ६ हजार…

Read More

काठमाडौं: काठमाडौं उपत्यकामा आज थप ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना गरी जम्मा ४२९ जना संक्रमित थपिएका छन् । यसअघि शनिबार (हिजो) काठमाडौंमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १९ जना गरी जम्मा १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Read More

काठमाडौँ: नेपाल राष्ट्र बैंकले अन्तर बकैं एटिएमको कारोबारमा शुल्क लिन नपाइने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले पेमेन्ट तथा सेटलमेन्टको एकिकृत निर्देशिका मार्फत यस्तो व्यवस्था गरेको हो । यसभन्दा अघि केन्द्रीय बैंकले कोरोना महामारी सुरुभएपछि नेपाल सरकारले लकडाउन गरेपछि अन्तर बैंक एटिएमको कारोबारमा शुल्क लिन नपाईने व्यवस्था गरेको थियो । यो व्यवस्थालाइ आगामी दिनहरुमा पनि निरन्रता दिन अन्तर बैंक शूल्क लिन नपाइने व्यवस्था केन्द्रीय बैंकले गरेको हो । निर्देशनमा भनिएको छ,“ एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटिएम कार्ड स्वदेश भित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटिएममा प्रयोग गर्दा कार्ड प्रयोगकर्तासँग कुनै शुल्क लिन पाइने छैन ।”

Read More

काठमाडौँ: सरकारले पिसिआर परीक्षणको शुल्क घटाएको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले पिसिआर परीक्षणको शुल्क अधिकतम ४ हजार ४ सय रुपैयाँ तोकिएको जानकारी दिए। ‘अब अधिकतम् ४ हजार ४ सय रुपैयाँभन्दा बढी लिन पाइँदैन,’ उनले भने। यसअघि पिसिआर परीक्षणको लागि मन्त्रालयले ५ हजार ५ सय रुपैयाँ शुल्क तोकेको थियो। अधिकारीले विश्व बजारमै परीक्षणका लागि चाहिने कीटहरूको उपलब्धता सहज र सस्तो भएकाले नेपालमा पनि शुल्क घटाइएको जनाए। सरकारले निजी अस्पताल र प्रयोगशालाहरूलाई पनि स:शुल्क परीक्षणको अनुमति दिएको छ। अब ती अस्पताल र प्रयोगशालाहरूले पनि सरकारले तोकेको नयाँ शुल्क अनुसार नै परीक्षण गर्नुपर्ने मन्त्रालयले जनाएको छ। साथै यसअघि प्रयोगशाला नभएका…

Read More

काठमाडौं: प्रहरीले काठमाडौं महानगरपालिका ६, बौद्ध सिमलटारबाट १२ जना जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार, स्थानिय दावा शेर्पाको घरमा जुवा खेलिरहेको अवस्थामा उनीलाई पक्राउ गरिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार सूचनाको आधारमा शेर्पाको घरमा छापा मार्दा उनीहरु पक्राउ परेका हुन् । प्रहरीका अनुसार, उनीहरुका साथबाट २ लाख ९० हजार २ सय २० रुपैयाँ तथा भारतीय रुपैयाँ १ हजार, २१ बुक तास र ८ सेट क्‍वाइन गोटीसमेत बरामद भएको छ ।

Read More

काठमाडौँ: नेपाल स्टक एक्सचेञ्जको ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा समस्या आएपछि शेयर कारोबार स्थगित भएको छ । नेप्सेका अनुसार टिएमएसमा केही प्रावधिक समस्या देखा परेपछि केही समयका लागि कारोबार स्थगित गरिएको जनाएको छ । प्राविधिक समस्याको पहिचान भइरहेको र समस्या समाधान हुनासाथ कारोबार सूचारु हुने नेप्सेले जनाएको छ । बजार खुलेको एक घण्टाको अवधिमो नेप्से सूचक ११ अंक बढीले घटेर १४४६.२४ अंकमा झरेको छ । यसअवधिमा १५६ कम्पनीको १० लाख बढी कित्ता साढे ४६ करोड बराबरमा किनबेच भएको छ । एक्सचेन्जको अनलाइन प्रणालीले राम्रोसँग काम गर्न नसक्दा लगानीकर्ता मारमा परेका छन् । कहिले वेबसाइट नचल्ने त कहिले टीएमएस र…

Read More

काठमाडौं: कोरोना भाइरस संक्रमणको त्रासले विभिन्न ४९ जिल्लामा निषेधाज्ञा भएको छ । संक्रमण फैलदै गएपछि त्यसको नियन्त्रण तथा रोकथामका लागि ३९ जिल्लामा पूर्ण निषेधाज्ञा गरिएको छ । १० जिल्लामा भने आंशिक निषेधाज्ञा गरिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोरोना भाइरसको नियन्त्रणका लागि निषेधाज्ञा या लकडाउन गर्ने अधिकार प्रदेश, जिल्ला तथा स्थानीय तहलाई प्रत्यायोज गरिएपछि आइतबार बिहानसम्म ४९ जिल्ला र कयौँ पालिकाहरूमा अनेकखाले प्रतिबन्ध लगाइएको छ । गृहमन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेका अनुसार जिल्लामा संक्रमणको अवस्थालाई मूल्यांकन गरेर प्रमुख जिल्ला अधिकारीको आदेशमा जिल्लाभर वा आंशिक निषेधाज्ञा र पालिकाहरूमा स्थानीय तहका पदाधिकाहरूले लकडाउन, सिल तथा निषेधाज्ञा जारी गरेका छन् ।…

Read More

काठमाडौं: नेपाली सेनाको मुख्यालयमा कार्यरत एक सैनिक जवानले गोली हानी आत्महत्या गरेका छन्। आइतवार बिहान करिब ३ बजेतिर भद्रकालीस्थित रिपुमर्दिनी पेट्रोलपम्ममा ड्युटीमा खटिएको समयमा आफैंले बोकेको हतियार प्रयोग गरी उनले आत्महत्या गरेका हुन्। ‘आत्महत्या गरेको देखिएको छ। थप अनुसन्धानको लागि नेपाल प्रहरीसँग समन्वय गरेर अनुसन्धान सुरु भइसकेको छ, ‘नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले भने। आत्महत्या गर्ने सैनिक तनहुँका स्थायीबासी हुन्।

Read More

काठमाडौँ, १४ भदौ (रासस):  प्रत्येक वर्ष वैदिक सनातन धर्मावलम्बीले आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गर्ने शास्त्रीय परम्परा छ । यही परम्पार अनुसार यस वर्ष सोह्र श्राद्ध अर्थात् पितृ पक्ष यही भदौ १७ गते बुधबारदेखि शुरु हुँदैछ । यस वर्ष विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ । नेपालमा पनि यसले महामारीको स्वरुप ग्रहण गर्न थालेको छ । यसबाट बच्न गत चैतदेखि बन्दाबन्दी, निषेधाज्ञा लगायत विधि अपनाइएको छ । श्राद्धका लागि कर्ता (गर्ने मानिस), ब्राह्मण (गराउन जान्ने मानिस) र श्राद्ध सामग्रीको आवश्यकता पर्दछ । चाडपर्व यज्ञयागादि तथा ठूला कार्य गर्नु…

Read More

तुलसीपुर, १४ भदौ (रासस) : दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल शनिबारदेखि बन्द भएको छ । अस्पतालमा कार्यरत दुई चिकित्सक, पाँच स्वास्थ्यकर्मी र दुई कार्यालय सहयोगीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल बन्द गरिएका हो । अस्पतालको आपतकालीन बैठकले अर्को सूचना जारी नहुँदासम्म अस्पताल बन्द गरी ‘कन्ट्याक्ट टे«सिङ’ गरिने तुलसीपुर उपमहानगरपालिकाका कोभिड–१९ स्रोत व्यक्ति विमल केसीले बताउनुभयो । उहाँका अनुसार अस्पतालमा रहेका सबै बिरामीको स्वाब सङ्कलन गरिने छ । योसँगै जिल्लामा शनिबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा १९ जनामा कोरोना पुष्टि भएको हो । तीमध्ये घोराहीका १० जनामा कोरोना पुष्टि भएको हो । घोराही उपमहानगरपालिका वडा नं ८ का २५…

Read More