काठमाडौँ: नेपाल राष्ट्र बैंकले अन्तर बकैं एटिएमको कारोबारमा शुल्क लिन नपाइने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले पेमेन्ट तथा सेटलमेन्टको एकिकृत निर्देशिका मार्फत यस्तो व्यवस्था गरेको हो ।
यसभन्दा अघि केन्द्रीय बैंकले कोरोना महामारी सुरुभएपछि नेपाल सरकारले लकडाउन गरेपछि अन्तर बैंक एटिएमको कारोबारमा शुल्क लिन नपाईने व्यवस्था गरेको थियो ।
यो व्यवस्थालाइ आगामी दिनहरुमा पनि निरन्रता दिन अन्तर बैंक शूल्क लिन नपाइने व्यवस्था केन्द्रीय बैंकले गरेको हो ।
निर्देशनमा भनिएको छ,“ एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटिएम कार्ड स्वदेश भित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटिएममा प्रयोग गर्दा कार्ड प्रयोगकर्तासँग कुनै शुल्क लिन पाइने छैन ।”