Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- यस्ता छन् आगामी बजेटको प्राथमिकता (पूर्ण पाठ)
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: सिन्धुपाल्चोकको माझिटार केन्द्रबिन्दू भएर ४.८ रेक्टर स्केलको भूकम्प गएको छ । विहिबार १ बजेर २ मिनेट जाँदा भूकम्पको धक्का काठमाडौँ उपत्यकालगायतका ठाउंमा महशुस गरिएको थियो। भूकम्प मापन केन्द्रका अनुसार यसको केन्द्रबिन्दु माझिटार रहेको छ ।
काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विद्यालयमा स्वास्थ्य सचेतना फैलाउनका लागि विद्यालय स्वास्थ्य दूत नियुक्त गर्ने निर्णय गरेका छन् । विद्यालय नर्स कार्यक्रम लागू भैरहेका विद्यालयमा स्वास्थ्य प्रबद्र्धनात्मक विद्यालय र विद्यालय स्वास्थ्य दूतसमेत रहने गरी मन्त्री पौडेलले विद्यालय स्वास्थ्य सेवा तथा नर्सिङ कार्यक्रम सञ्चालन निर्देशिकालाई परिमार्जन गरी नयाँ निर्देशिका स्वीकृत गरेका छन् ।अब विद्यालय नर्सिङ कार्यक्रम लागू भएका विद्यालयमा कक्षा ७ र ८ मा अध्ययनरत विद्यार्थीले स्वास्थ्य दूतका रुपमा स्वास्थ्यसम्बन्धी आधारभूत जानकारी तथा स्वास्थ्य सजगतासम्बन्धी जानकारी फैलाउन विद्यालय नर्सलाई सघाउनेछन् । यसैगरी, नियमित खोप कार्यक्रम तथा अन्य सचेतनामूलक कार्यक्रममासमेत विद्यालय स्वास्थ्य दूतलाई उपयोग गर्ने गरी मन्त्रालयले निर्देशिका परिमार्जन गरेको…
काठमाडौं । नेपालकी पहिलो महिला राजदुत विन्दाश्वरी शाहको निधन भएको छ । उनको ९२ वर्ष उमेरमा बिहीबार बिहान निधन भएको हो । सन् १९५९ मा लोकसेवा आयोगको परीक्षा पास गरी परराष्ट्र मन्त्रालयमा जागरि सुरु गरेकी शाहले सन् १९८८ देखि १९९१ सम्म भारतको लागि नेपाली राजदुतको रुपमा काम गरेकी थिइन् । परराष्ट्रमा जागिर सुरु गरेको दुई वर्षमै उनलाई वाशिङ्टन डीसीस्थित नेपाली दूतावासमा पहिलो पोस्टिङ दिइएको थियो । त्यतिबेला अमेरिकाका लागि नेपाली राजदुत मातृका प्रसाद कोइराला थिए । सन् १९६५ सम्म अमेरिकामा रहेकी उनी त्यसपछि नेपाल फकिइन् । सन् १९७२ देखि पुनः ढाकास्थित नेपाली राजदुतावासमा काम गरिन् । १९७६ सम्म बंगलादेश बसेकी…
काठमाडौँ:सरकारले हिल्सा–सिमिकोट सडकको सल्लिसल्ला–सिमिकोट खण्डको असजिलो भागमा सडक बनाउने जिम्मा नेपाली सेनालाई दिएको छ। कडा चट्टान रहेको ८०० मिटर लम्बाइमा सडक बनाउन सेनालाई जिम्मा दिने निर्णय मन्त्रिपरिषदले गरेको हो। १६ गते बसेको बैठकले सोही सडकअन्तर्गत चुवा खोलामा बेलिब्रिज बनाउने काम समेत सेनाबाटै गराउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई स्वीकृति दिएको छ। यस्तै बैठकले सेनालाई चुवा खोलामा बेलिब्रिज पनि बनाउने जिम्मा पनि दिएको छ ।
काठमाडौँ: पोखराको सूर्यदर्शन सहकारी ठगीको कसुरमा सरकारी वकिलको तर्फबाट बहस सकिएको छ। कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा मंगलबारबाट सरकारी वकिलको थुनछेक बहस सुरु भएको थियो। सरकारी वकिलका तर्फबाट सहन्यायाधिवक्ता सुजाता पौडेल, शान्तिदेवी शर्मा, विपिनराज तिवारी र कमला काफ्लेले बहस गरेका छन्। यस्तै नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी र उपन्यायाधिवक्ता प्रकास गौतमले पनि बहस गरेका छन्। उच्च सरकारी वकिल कार्यालयका वकिलहरुले भने जवाफी बहस गर्ने भएका छन्। बिहीबारदेखि जाहेरवालाको तर्फबाट बहस हुनेछ। उनीहरुको बहस सकिएपछि प्रतिवादीको तफैबाट बहस हुनेछ। दुवै पक्षको बहसपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ। यसपछि बल्ल प्रतिवादीहरूलाई थुनामै राखेर मुद्दाको फैसला गर्ने कि थुनाबाहिर राखेर गर्ने…
सरकारले विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरणको कार्यकारी निर्देशकमा छत्रबहादुर कटुवाललाई नियुक्त गरेको छ। १६ गते बसेको मन्त्रिपरिषद् बैठकले रिक्त पदमा कटुवाललाई नियुक्त गरेको हो। सरकारले विदेशी तथा घरेलु लगानीकर्तालाई आकर्षित गरी उद्योग तथा व्यवसाय वृद्धि गर्न सेजको अवधारणा ल्याएको थियो। प्राधिकरणले सेजको नियमनको काम गर्छ। लामो समयदेखि कार्यकारी निर्देशक पद रिक्त थियो। नेपालमा हालसम्म भैरहवा सेज मात्र सञ्चालनमा आएको छ। १४ मध्ये बाँकीमा कुनै निर्माणको काम चलिरहेको छ भने कुनैको विस्तृत परियोजना प्रतिवेदन पूरा भएको छ भने कुनैको सम्भाव्यता अध्ययनको काम चलिरहेको छ।
काठमाडौँ: ‘ऊर्जा विकास मार्गचित्र–२०८१’ मन्त्रीपरिषद्बाट स्वीकृत भएसँगै सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने बाटो खुला भएको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको प्रस्तावमा पुस १६ गते मङ्गलबार बसेको मन्त्रीपरिषद्को बैठकले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादनको कार्ययोजना स्वीकृत गरेको हो । उक्त प्रस्ताव पास भएसँगै अब ठूला र नयाँ आयोजनामा लगानीका लागि सबै प्रकारका मोडलसमेत खुला भएको छ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले कसन् २०३५ सम्म २८ हजार मेगावाट बिजुली उत्पादन गर्नका लागि बाटो खुला हुनेगरी विद्युत आयोजनाका लागि सबै मोडल खुला गर्ने विषय कार्ययोजनामा राखिएको जानकारी दिनुभयो । “लगानीकर्तालाई…
काठमाडौं: तनहुँको आँबुखैरेनी गाउँपालिकाको मार्कीचोकमा ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित २२०/१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भएको छ । मस्र्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण गरिएको मार्कीचोक सबस्टेसन मङ्गलबार विद्युत प्रवाह गरी (चार्ज) सञ्चालनमा ल्याइएको छ ।मस्र्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ उपत्यकामा ल्याउन मार्कीचोक सबस्टेसनबाट काठमाडौंसम्मको मस्र्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइनलाई पनि मङ्गलबारनै २२० केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको छ ।८२ किलोमिटर उक्त प्रसारण लाइनलाई ७ असार २०७९बाट १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको थियो । मार्कीचोक सबस्टेसन चार्ज गरिएसँगै मस्र्याङ्दी–काठमाडौ प्रसारण लाइन २२० केभीमा सञ्चालनमा ल्याइएको हो ।मस्र्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरुको…
काठमाडौँ:सर्लाहीमा तीव्र गतिमा रहेको बस अनियन्त्रित भएर पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ। मंगलबार राति बलरा नगरपालिका-९ छतौनास्ठित बोर्डर आउट पोष्ट (बीओपी) अगाडि ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरमाथि बस बजारिँदा उनको मृत्यु भएको हो। गएराति करिब नाै बजे बागमती प्रदेश०१-००६ख २००४ नम्बरको बस पल्टिएर तुलाधरलाई थिच्दा उनको मृत्यु भएको हो। रौतहटको बडहरवाबाट सर्लाही हुँदै काठमाडौँ जाँदै गरेको बस पल्टिएर सशस्त्र प्रहरीको क्याम्प अगाडि तुलाधरमाथि बजारिँदा घटना भएकाे हाे। बसले थिचेर गम्भीर घाइते भएका उनलाई डाेजरकाे सहायताले त्यहाँबाट निकालेर उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी…
काठमाडौँ । जागरूक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाइएको छ । नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ वसन्तपुरमा यो दिवस मनाइएको हो । नेपाली पहिचानका रुपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा धेरैले राष्ट्रिय पोसाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । सडक एवं सार्वजनिक यातायातमा राष्ट्रिय पोसाक लगाएर हिँड्नेको सङ्ख्या पनि धेरै देखिने गरेको छ । बाह्र वर्षअघिदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोसाक दिवस मनाउन थालिएको थियो । दिवस मनाउन थालेपछि जनवरी…