काठमाडौं । खाना पकाउने ग्यास एलपी ग्यास उद्योगीले बुधबारदेखि गर्ने तय गरेको आन्दोलन स्थगित गरेका छन् ।
बुधबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले माग सम्बोधन गर्न १५ दिनको समय मागेसँगै आन्दोलन स्थगित गरेको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ ।
संघका अनुसार बुधबारदेखि गर्ने भनिएका सबै आन्दोलनका कार्यक्रम १५ दिनका लागि स्थगित गरिएको छ । यसअघि संघले १९ बुँदे माग राख्दै आन्दोलन घोषणा गरेको थियो ।
उद्योगीले चरणबद्ध आन्दोलन तयारी गरेसँगै मन्त्री भण्डारीले बुधबार उद्योगीलाई छलफलका लागि बोलाएका थिए ।
Facebook Comments Box