Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं:लकडाउन खुकुलो भएसँगै पछिल्लो एक महिनायता कारोबार पुनः खुला भएको सुनचाँदीको मूल्य उकालो लाग्ने क्रमले बुधबार नयाँ उचाई छोएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलाको ९२ हजार ८ सय रुपैयाँ पुगेको छ । यो मूल्य महासंघले अघिल्लो दिन तय गरेकोभन्दा तोलामा ६ सय रुपैयाँले बढी हो। नेपाली बजारमा बुधबारको मूल्य यो महँगो धातुका लागि अहिलेसम्मकै सर्वाधिक हो । यसअघि सुन तोलाको ९२ हजार ७ सय रुपैयाँसम्म पुगेको थियो । मंगलबार सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीले पनि रेकर्ड मूल्य छोएको छ । मंगलबारको तुलनामा चाँदीको मूल्य तोलामा १०…

Read More

काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ‘ग्लोबल वाच एनाइसिस’को हवाला दिँदै प्रकाशित समाचारहरु गैरजिम्मेवारपूर्ण र बदनियताका साथ प्रकाशित भएको दाबी गरेका छन् । साथै, उनले प्रधानमन्त्री ओलीको स्वीस बैंकमा खाता र ५‍।५ मिलियन अमेरिकी डलर जम्मा रहेको रिपोर्ट शतप्रतिशत गलत र कपोलकल्पित रहेको पनि भनेका छन् । ग्लोबल वाच एनालाइसिसले एक सामग्री प्रकाशित गर्दै ओलीमाथि भ्रष्टाचारको आरोप कुनै नयाँ कुरा नभएको उल्लेख गर्दै स्वीस बैंकमा ओलीको पैसा रहेको दाबी गरेको थियो । थापाले प्रेस वक्तव्य जारीगर्दै भनेका छन्, ‘राष्ट्रिय हितको रक्षा, सीमा अतिक्रमणविरुद्ध नयाँ नक्सा प्रकाशनको साहसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशोधन जस्तो महत्वपूर्ण निर्णयमा…

Read More

पर्वत, ३१ असार (रासस) : पर्वतको कुश्मा बजारमा बालिका बलात्कारको आरोप लागेका दुई युवा पुर्पक्षका लागि थुनामा परेका छन । कुश्मामा भएका छुट्टाछुट्टै घटनाका दुवै आरोपित पर्वत जिल्ला अदालतको आदेशमा सोमबार पुर्पक्षका लागि थुनामा परेका हुन् । थुनामा पर्नेमा सिन्धुपाल्चोक जिल्लाको चौतारा नगरपालिका–८ बस्ने २१ वर्षीय टेकबहादुर श्रेष्ठ र बर्दिया जिल्लाको गुलरिया नगरपालिका–२ पण्डितपुरका २७ वर्षीय टेकबहादुर खड्का रहेका छन् । श्रेष्ठलाई कुस्माबजारकी एक १५ वर्षीया बालिकालाई विवाहको आश्वासन दिएर बलात्कार गरी गर्भवतीसमेत बनाएको आरोपमा यही असार १९ गते पक्राउ गरिएको थियो भने खड्कालाई पनि कुश्मा बजारको एक होटलमा ल्याई १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा यही…

Read More

दार्चुला, ३१ असार (रासस) : दार्चुलाको व्यास क्षेत्रको कालापानी क्षेत्रसम्म स्थानीयवासीलाई आवतजावत गर्न भारतले रोक लगाएको छ । विगतमा कालापानी मुहान नजिकैसम्म आवतजावत गर्न दिएको ठाउँसम्म अहिले भारतीय सुरक्षाकर्मीले जान दिएको छैन । नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नक्सा सार्वजनिक गरेपछि झन् भारतले कालापानीभन्दा तल आएर सुरक्षा तैनाथी बढाएको छ । पहिलाको भन्दा झण्डै एक किलोमिटर तलसम्म भारतले छेकबार लगाएको छ । कालापानीसम्म नेपालका सुरक्षाकर्मीले समेत जान पाएका छैनन् । व्यासको गागामा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरीले काली मन्दिरसम्म जाने प्रयास गरे पनि भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन् । महाकाली नदीको मुहान हेर्न…

Read More

काठमाडौं: बाढीपहिरोको कारण एक महिनाको अवधिमा देशभर एक सय तीन जनाको मृत्यु भएको छ। ४३ जना बेपत्ता भएका छन्। नेपाल प्रहरीका अनुसार ३० जेठदेखि ३० असारसम्म देशका विभिन्न जिल्लामा आएको बाढीपहिरो, डुबानलगायतका प्राकृतिक प्रकोपमा परेर एक सय तीन जनाको मृत्यु भएको हो। बाढीपहिरोमा परेर ४३ जना बेपत्ता भएका छन् भने ९७ जना घाइते भएका छन्। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक निरजकुमार शाहीका अनुसार बाढीपहिरोबाट सबैभन्दा धेरै मानवीय क्षति गण्डकी प्रदेशमा भएको छ। यसबीचमा गण्डकी प्रदेशमा ६१ जनाको मृत्यु भएको छ भने सात जना बेपत्ता र ५३ जना घाइते भएका छन्। त्यसैगरी बाढीपहिरोमा परेर कर्णाली प्रदेशमा १५ जनाले ज्यान…

Read More

काठमाडौं: मनसुनी वायु सक्रिय रहँदा आज पनि मुलुकका विभिन्न स्थानमा सामान्य वर्षा भइरहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश १, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा अहिले हल्का वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्युनचापीय रेखा नेपालको तराई भूभागबाट केही दक्षिणतिर सरेकाले दिउँसो केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ । आज राति प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन पनि आह्वान गरिएको छ…

Read More

काठमाडौं: पोलिमर नोट छपाई प्रकरणमा भएको भ्रष्टाचारको सम्बन्धमा नेपाल राष्ट्र बैंकका तत्कालिन गभर्नर तिलकबहादूर रावलसहित तीनैजनाले सफाइ पाएका छन् । विशेष अदालतको मंगलबारको पूर्ण इजलासले उक्त मुद्दामा रावलसहित नेपाल राष्ट्र बैंक नोट विभागका प्रमुख उपेन्द्रकेशरी पौडेल र पोलिमर नोट प्रिन्टको जिम्मेवारी पाएको एजेन्टको स्थानीय प्रतिनिधि मे फ्लावर लिमिटेडका हिमालयबहादुर पाँडेले सफाई पाएका हुन् । विशेष अदालतका अध्यक्ष शिवराज अधिकारी तथा न्यायाधीशहरु बालेन्द्र रुपाखेती र शान्तिसिंह थापाको पूर्ण इजलासले त्यस्तो फैसला सुनाएको हो । नेपाल सरकार वादी रहेर दायर भएको २ करोड ७३ लाख रुपैंया बिगोसहितको उक्त मुद्दामा उनीहरु सो प्रकरणमा प्रत्यक्ष रुपमा संलग्न भएको नदेखिएको, विश्वसनीय प्रमाणको अभाव भएको…

Read More

बुटवल:  घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्ज बाँकेका उद्योग अधिकृत हुकुमबहादुर ओली घुस रकमसहित पक्राउ परेका छन् । ठेक्कापट्टाको अनुमति पत्र (लाईसेन्स) बनाइदिने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट घुस वापतको रकम लिइरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोली उनलाई पक्राउ गरेको हो । ओलीले ९६ हजार ३ सय रुपैयाँ लिइसकेपछिको अवस्थामा पक्राउ गरिएको आयोग कार्यालय बुटवलका प्रवक्ता सुरेश भुसाललेजानकारी दिए । ओलीलाई थप अनुसन्धानको लागी बुटवल ल्याइँदैछ ।

Read More

काठमाडौं: परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमिबारे अभिव्यक्ति दिँदा अयोध्यालाई होच्याउने कुनै मनसाय नभएको बताएको छ। ‘प्रधानमन्त्रीको अभिव्यक्तिमा अयोध्याको महत्व र यसको साँस्कृतिक मूल्यलाई होच्याउन खोजिएको होइन,’ परराष्ट्र मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै भनेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राम नेपालमै जन्मेका र भारतले नक्कली जन्मभूमि बनाएको बताएका थिए।

Read More

काठमाडौं:  परराष्ट्र मन्त्रालयले अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति स्पष्टीकरण दिएको छ । मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग नजोडिएको बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग जोडिएको छैन र कसैको भावनामा चोट पुर्‍याउने आशयको पनि होइन ।’ ओलीले आइतबार भगवान राम भारतीय नभएको र असली अयोध्या वीरगञ्ज नजिकै ठोरीमा पर्ने दाबी गरेका थिए । https://mail.google.com/mail/u/0/#inbox/FMfcgxwJWrWBMNssTwLrLkHGLwlzwhhW?projector=1&messagePartId=0.2

Read More