काठमाडौं: परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमिबारे अभिव्यक्ति दिँदा अयोध्यालाई होच्याउने कुनै मनसाय नभएको बताएको छ।
‘प्रधानमन्त्रीको अभिव्यक्तिमा अयोध्याको महत्व र यसको साँस्कृतिक मूल्यलाई होच्याउन खोजिएको होइन,’ परराष्ट्र मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै भनेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राम नेपालमै जन्मेका र भारतले नक्कली जन्मभूमि बनाएको बताएका थिए।
Facebook Comments Box