Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- यस्ता छन् आगामी बजेटको प्राथमिकता (पूर्ण पाठ)
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ:नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेलले कर्जा असुलीमा अपेक्षित सुधार नभएको बताएका छन्। बैंक तथा वित्तीय परिसंघ नेपाल (सिबिफिन)को पाँचौँ साधारणसभामा बोल्दै उनले कर्जा असुलीमा सुधार नभएकोमा चिन्ता व्यक्त गरेका हुन्। यसले बैंकहरुको निष्क्रिय कर्जा थप बढ्ने उनको भनाइ छ। उनले भने, ‘कर्जा असुलीमा अपेक्षित सुधार भएको छैन। यसले आगामी त्रैमासिकमा निष्क्रिय कर्जा बढेर आउने सम्भावना छ।’ ब्याज मात्रैको आम्दानीमा सीमित नहुन उनले बैंकहरुलाई पनि सुझाव दिए। बैंकहरुले अन्य आम्दानी पनि हेर्नुपर्नेमा उनको जोड थियो। सरकारले सहुलियत कर्जाको अनुदान नदिँदा पनि कर्जा प्रवाह निरन्तर घटिरहेको उनले बताए।
काठमाडौँ: नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले संसद छलेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोजेको बताएका छन्। शुक्रबार पेरिसडाँडामा भएको स्थायी समिति बैठकपछि बोल्दै माओवादी उपाध्यक्षसमेत रहेका सापकोटाले संसद अधिवेशन बोलाउन सरकारले ढिलाइ गरेको बताए। ‘सरकारको नियत राम्रो देखिएको छैन, सदन छलेर सरकारले अध्यादेश ल्याउन खोज्दैछ। त्यो अध्यादेश पनि केका लागि भन्दा पार्टीहरूलाई विभाजन गर्नका लागि। यो सरकारको गतिविधि हेर्दा लोकतन्त्रमाथि निकै ठूलो समस्या पैदा हुँदैछ,’ उनले भने, ‘लोकतन्त्रको आत्मा भनेको संसद हो।’ उनले आफू सभामुख हुँदा त्यसबेलाको सरकारले मंसिरमै हिउँदे अधिवेशन बोलाउने गरेको पनि बताए। ‘अब हामी संसदमा भएका सबै पार्टीहरूसँग संवाद गरी संसद अधिवेशन बोलाउन दबाब दिन्छौं,’…
काठमाडौँ: नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले समाजलाई विभाजित हुने किसिमका अभिव्यक्ति राजनीतिक नेतृत्वले दिनु नहुने बताएका छन्। शुक्रबार काठमाडौंमा पत्रकार महासंघले गरेको कार्यक्रममा बोल्दै बर्तौलाले नेताहरूको अभिव्यक्ति, व्यवहार र कार्यशैली समाजलाई विभाजित गर्ने खालका हुनु नहुने बताएका हुन्। उक्त कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी थिए। ‘संसदीय राजनीतिमा हामी भर्खर नर्सरीका विद्यार्थी हौं। सम्माननीय पूर्वप्रधानमन्त्रीज्यू यहीँ हुनुहुन्छ, हामीलाई यसो लाग्छ, कहिलेकाहीँ नेताहरूको अभिव्यक्ति, नेताहरूले गरेका व्यवहार, कार्यशैलीले समाजलाई कताकता विभाजित गर्ने परिस्थिति विकास हुन खोजेको हो कि भन्ने पनि लाग्छ,’ प्रचण्डलाई लक्ष्य गर्दै उनले भने। उनले समाज विभाजित गर्ने अभिव्यक्ति कसैले पनि दिन…
काठमाडौं निर्वाचन क्षेत्र नं ५ को बूढानीलकण्ठ र टोखा नगरपालिका जोड्ने विष्णुमति करिडोरको ट्रयाक खोल्ने कार्य सुरु भएको छ। सो कार्यको काठमाडौं ५ का प्रतिनिधि सभा सदस्य एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शिलान्यास गरे। हाल संघीय सरकारबाट एक करोड विनियोजन गरी सुरु भएको करिडोरको कामका लागि बजेट वृद्धिमा समेत सघाउने मन्त्री पौडेलले प्रतिबद्धता जनाए। करिडोर खुल्न नसक्दा विकासको काम पछि परेको भन्दै मन्त्री पौडेलले आफूले नागरिकको दुःख पीडा देखेरै त्यसलाई कम गर्न पहल गरेको बताए। ‘यस करिडोरले दुवै तहको विकास र समृद्धिमा योगदान पुग्नेछ,’ मन्त्री पौडेलले भने, ‘नागरिकको विकास आवश्यकता पूरा गर्न हाम्रो सदैव साथ रहनेछ।’ बूढानीलकण्ठ क्षेत्रमा…
काठमाडौँ:ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । ग्लोबल आइएमई बैंक पौष १८ गते विहीबारदेखि स्थापनाको १८ वर्ष पुरा गरी १९ औँ वर्षमा प्रवेश गरेको छ । यही अवसरमा बैंकले मुलुकका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमका साथ–साथै निशुल्क आँखा जाँच, रक्तचाप तथा मधुमेह परीक्षण कार्यक्रम आयोजना गरेको हो । यस कार्यक्रमअन्तर्गत, कोशी प्रदेशको तीनपैनी शाखा, मधेश प्रदेशको जनकपुर शाखा, बाग्मती प्रदेशको कान्तिपथ शाखा र नारायणगढ शाखा, गण्डकी प्रदेशको पोखरा न्यूरोड शाखा, लुम्बिनी प्रदेशको मिलनचोक बुटवल शाखा र नेपालगंज शाखा, कर्णाली प्रदेशको सुर्खेत शाखा र सुदूरपश्चिम प्रदेशको धनगढी शाखामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ…
काठमाडौँ:ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ ।२०६३ साल पौष १८ गते स्थापना भएको ग्लोबल आइएमई बैंक बिहीबारदेखि १९औँ वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । वार्षिकोत्सवका अवसरमा बैंकको कर्पोरेट कार्यालय, कमलादीमा बिहीबार आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंकले मर्जर र व्यवसाय विस्तारसँगै बैंकको गुणस्तर वृद्धिलाई ध्यानमा राख्दै ग्राहकको सेवा र सन्तुष्टिलाई प्राथमिकतामा राखेर बैंकको सेवालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने बताउनुभयो । “अहिलेको बैंकिङ्ग आवश्यकतालाई मध्यनजर राख्दै हामीले हाम्रा सेवालाई…
काठमाडौँ:गृहमन्त्री रमेश लेखकले नुवाकोटको शेरा दरबारको जग्गा हिनामिनाबारे गम्भीर अनुसन्धान भइरहेको बताएका छन्। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा उठेको प्रश्नमा जवाफ दिंदै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्। समितिको आजको बैठकमा एमाले सांसद बासुदेव घिमिरेले यस विषयमा सरकारको जवाफ माग गरेका थिए। समितिमा शेरा दरबारको जग्गा सम्बन्धी विषय उठेको छ। ‘हामी विधेयकमा छलफल गरिरहेको बेलामा यो विषयमा पनि सरकारले नै जवाफ दिनुपर्छ भन्ने विषय उठेपछि जवाफ दिनुपर्ने भयो’, गृहमन्त्री लेखकले भने, ‘शेरा दरबारको विषयमा गम्भीरतापूर्वक अनुसन्धान भइरहेको छ। दोषी देखिए कानुन बमोजिम कारबाही अगाडि बढ्छ। त्यो जग्गा गलत ढगले कसै व्यक्ति, कम्पनीका नाममा गएको छ भने त्यो फिर्ता…
काठमाडौँ:भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक संसदीय समितिबाट पारित भएको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले आज सर्वसम्मत पारित गरेको हो। समिति सभापति रामहरि खतिवडाले बैठकमा विधेयकको संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्ताव समितिबाट सर्वसम्मत पारित भएको हो। त्यसअघि समितिमा आज विधेयक सम्बन्धमा छलफल गर्न गठित उपसमितिको प्रतिवेदनबारे छलफल भएको थियो। राज्य व्यवस्था समितिको आजको बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस महामन्त्री गगन थापालगायत पनि सांसद उपस्थित थिए। समितिबाट पारित भएको संशोधन विधेयक अब प्रतिनिधि सभामा पुग्नेछ।
काठमाडौँ: कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचार आरोप लगाउने र प्रतिस्पर्धीलाई खुइल्याउने हतियार बनेको बताएका छन् । उनले भ्रष्टाचारका कुन-कुन काण्डको फाइल खोल्ने हो भन्ने विषयमा संसदीय समितिमा खुला छलफल हुनुपर्ने प्रस्ताव गरेका छन् । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा महामन्त्री थापाले आरोपित गर्नका लागि मात्रै भ्रष्टाचारका विषयमा बोल्न नहुने बताए । ‘भ्रष्टाचार आरोपित गर्न, खुइल्याउन प्रयोग गर्ने हतियार भयो,’ उनले भने, ‘अर्को पूर्वप्रधानमन्त्री पनि बोलाऔँ, भ्रष्टाचारका कुन-कुन काण्डको फाइल खोल्ने यहि समितिमा छलफल गरौँ ।’ गिरिबन्धु जग्गा, शेरा दरबार, क्यान्टोनमेन्ट कुन काण्डको फाइल खोल्ने हो तयार हुनुपर्ने र त्यसबारे संसदीय समितिमा छलफल गर्नुपर्ने थापाको भनाइ थियो ।…
काठमाडौँ: युट्युबमार्फत चर्चामा आएका बालगायक सचिन परियारको निधन भएको छ। गुल्मी घर भएका परियार पछिल्लो समय कम्मरमुनिको भाग नचल्ने समस्याका कारण थलिएका थिए। उनलाई पछिल्लो पटक निमोनिया पनि भएको थियो । त्रिवि शिक्षण अस्पतालमा उनको मृत्यु भएको र अहिले कागजी प्रक्रिया चलिरहेको अस्पताल प्रशासनले जनाएको छ। उनले चर्चित टेलिशृंखला ‘मेरी बास्सै’ र अभिनेता राजेश हमालसँग केही भिडियो गीतमा अभिनय गरेका थिए।