Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ऊर्जा र जलस्रोतमा ३२ बुँदे सुधार योजना: मन्त्री श्रेष्ठद्वारा समयसीमासहित निर्देशन
- सर्वोच्चले अदालतले भन्यो- पूर्वमन्त्री दीपक खड्कालाई तत्काल थुनामुक्त गर्नू
- सरकारले सार्वजनिक गर्यो १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धतापत्र’ को मस्यौदा
- डोलप्रसाद अर्याल सभामुखमा निर्विरोध निर्वाचित
- अर्थमन्त्री डा. वाग्लेले गरे एक सातामै तीन दर्जन काम
- निर्माण व्यवसायी महासंघको अध्यक्षमा पाण्डे निर्वाचित, महासचिवमा घिमिरे
- चालु आर्थिक वर्षको ८ महिनामा भित्रियो साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स
- फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य, पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ, डिजेल १८२ रुपैयाँमा कारोबार
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: निरन्तर ओरालो लाग्दै आएको शेयर बजारको नेप्से परिसूचक आज पनि दोहोरो अंकले घट्यो । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक १४.०१ प्रतिशतले ओरालो लागेर एक हजार १८४ बिन्दुमा आइपुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापक परिसूचकसमेत २.९७ बिन्दुले घटेर २४९.१२ बिन्दुमा ओर्लेको छ । आज कुल १५८ कम्पनीको छ लाख १९ हजार ७४१ कित्ता शेयर रु १९ करोड ७२ लाख ६२ हजार ६११ मूल्यमा खरिद बिक्री भएका छन् । आज सबै उपसमूहका शेयर घटेको हो । त्यसमा बैंकिङ १२.१४, होटल १८.६४, विकास बैंक २०.१४, जलविद्युत् १५.७, वित्त ६.१६, बीमा ८९.०३, उत्पादन ६.९९, अन्य ३.४६ र माइक्रोफाइनान्स २५.७४…
काठमाडौँ: दुई दिनदेखि लगातार काठमाडौं उपत्यकासहित देशभर वर्षा भइरहेको छ। देशको मध्यभागमा सामान्य वर्षा तथा पूर्वी र पश्चिमी भागमा भारी वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद् मिनकुमार अर्यालका अनुसार आइतबार देशभर मौसम खुल्ने संभावना कम छ। ठूलो पानी पर्ने भएकाले भिरालो जमीन र नदी आसपासका बासिन्दालाई सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। तराई, चुरे र मध्य पहाडी क्षेत्रमा पानी पर्ने भएकाले पानी नपरेको ठाउँमा पनि बाढी जाने संभावना हुने भएकाले नदी आसपासका बासिन्दालाई सतर्क हुन बाढी पूर्वानुमान शाखाले अनुरोध गरेको छ।
काठमाडौँ : साउदी अरबका राज सलमानले तेलको उत्पादनलाई बढाउन सहमत भएका छन् । तेल उत्पादनका लागि गरिएको आग्रहलाई साउदी राजा सलमानले सहमति जनाएको शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका हुन् । संयुक्त राज्य अमेरिकाले आगामी नोभेम्बरपछि इरानविरुद्ध कडा प्रतिबन्ध लगाउन लागेको गत मङ्गलबार अमेरिकाले जानकारी गराएको थियो । अमेरिकी प्रशासनले इरानसँग कारोबार गरेर इरानलाई आर्थिक रूपमा सहज नपार्न आग्रह गरेको थियो । तेल निर्यातकर्ता मुलुकहरूको संगठन (ओपेक) को तेस्रो ठूलो तेल उत्पादकले प्रतिदिन २० करोड ब्यारेल तेल निर्यात गर्ने गरेको सन्दर्भ यहाँ उल्लेख गर्नु सान्दर्भिक हुनेछ । “अमेरिकी राष्ट्रपति ट्रम्पले भन्नुभयो भखैरै म साउदी राजा सलमानसँग कुरा गरेको छु ।…
बर्लिन: जर्मनीको थिस्सेनक्रुप र भारतको टाटा स्टिलले युरोपियन स्टिल अपरेसन्सलाई टाटा कम्पनीसंग बिलय गर्नेबारे सम्झौता भएको छ । थिस्सेनक्रुप अव सम्झौतापछि टाटा कम्पनी अन्तर्गत युरोपमा संचालन हुनेछ भने यो बिलयपछि सो स्टिल कम्पनी युरोप दोश्रो ठुलो स्टिल कम्पनी हुने भएको छ । सम्झौतासंगै कम्पनीमा कूल नेदरल्यान्ड्स, बलायत र जर्मनीका ४८ हजार कर्मचारीलाई रोजगारी मिल्ने जनाइएको छ । सम्झौतापछि नेदरल्यान्ड्समा दुई कम्पनीको संयुक्त लगानीमा ५० प्रतिशत साझेदारी हुनेछ । संयुक्त रुपमा संचालन हुने उक्त नयाँ कम्पनी ‘ थिस्सेनक्रुप टाटा स्टिल बीभी’ को नाममा संचालन गरिने जनाइएको हो ।
काठमाडौँ: डेढ वर्षको अन्योलपश्चात भारतले ५३ वटा ग्यास बुलेत्का लागि विष्फोटक लाइसेन्स दिने इच्छा देखाएको छ । बिष्फोटक लाइसेन्सकै कारण बुलेट भारतमा अलपत्र परेको आलोचना बढेपछि तत्काल लागि ५३ वटालाई दिने इच्छा देखाएको हो । ‘प्रधानमन्त्री कपी शर्मा ओलीको भारत भ्रमण र त्यस्पशात आपूर्तिमन्त्री मात्रिका यादवको पहलमा लाइसेन्सबारे धेरै सकारात्मक छ,’ उद्ध्योग तथा आपूर्ति मन्त्रालयक एक अधिकारी भने, ‘ तर, उद्ध्योगीहरुले बुकिङ्ग भएका सबै बुलेटका लागि माग गरेका छन् ।’ एलपी ग्यास उद्ध्योगका नुसार हाल ५३ वटा ग्यास बुलेट तयारी अवस्थामा छन् । ४ सय ९ वटा बुक्त भएको संघले जनाएको छ । यी सबै बुलेट संचालन गर्न उद्योगीले लाइन्सेन्स…
सुर्खेत: कर्णाली प्रदेशको विनियोजन विधेयक, २०७५ माथिको दफावार छलफलमा सत्तापक्षका सांसदहरूले प्रतिपक्षको भूमिकामा टिप्पणी गरेका छन् । विनियोजन विधेयक अन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, मुख्य न्यायाधिवक्ताको कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका शीर्षकहरूमाथि आज भएको दफावार छलफलमा प्रदेशसभा सदस्यहरूले नीति, कार्यक्रम, बजेट र रातो किताबको तालमेल नभएको टिप्पणी गरेका हुन् । छलफलका क्रममा सभाका सदस्य अमरबहादुर थापाले कर्णाली प्रदेश सरकारले सुझावको उपेक्षा गरेको भन्दै कार्यशैली सुधार गर्न आग्रह गरे । “बजेट भाषण र रातो किताबको तालमेल भएन, बजेटले बोलेका कुरा रातो किताबमा आएनन्, सीमित व्यक्तिका खल्तीबाट योजना आए” उनले…
काठमाडौँ: नेपाल र भारतबीचका सन्धि सम्झौताको समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी) को नवौँ बैठक आज सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको बैठकले साझा प्रतिवेदन तयार गरेको छ । सो साझा प्रतिवेदन नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बुझाउने समूहका सदस्य डा राजन भट्टराईले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलगत्तै नयाँदिल्लीमा इपिजीको आठाँै बैठक बसेको थियो । बैठकमा मुख्यगरी सन् १९५० को शान्ति तथा मैत्री सन्धि, सीमा व्यवस्थापन र सुरक्षा, जलस्रोत, दुवै मुलुकका राष्ट्रिय हितलगायत विषयमा छलफल भएको थियो । यही असार २० गते इपिजीको समयसीमा…
काठमाडौँ: नकाउट चरणको दोश्रो बिश्वकप फुटबलमा गयराती भएको खेलमा उरुगेले पोर्चुगललाई २-१ गोल अन्तरले पाखा लगाउंदै पोर्चुगललाई घरको बाटो देखाएका छन् । खेलमा उरुग्गेका एडिन्सन काभानी नायक बन्दा र यता पोर्चुगलका रोनाल्डो चम्कन नसक्दा खेल उरुग्गेले २-१ ले जितेको हो । जित संगै उरुग्गेको भेट अव फ्रान्ससंग क्वाटरफाइनलमा हुने भएको छ । पोर्चुगलका लागि पेपेले मध्यान्तर पछि पाएको कर्नरमा फ्री-किक मार्फत गोल गरेका थिए । उरुग्गेका लागि काभानीले खेलको ७ औं र ६१ मिनेटमा गोल गरेका थिए ।
जारी विश्वकप फुटबलको नकआउट चरणको पहिलो खेलमा अर्जेन्टिना फ्रान्ससंग ४—३ गोलले पराजित भएको छ । एन्टोनियो ग्रिजमेनको पेनाल्टी मार्फत अग्रता पाएको फ्रान्सका लागि एम्बापेले गरेको दुइ गोलले अर्जेन्टिनामाथि जीत प्राप्त गर्न सहज भयो । जीतसंगै फ्रान्सले विश्वकपको अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
काठमाडौँ: चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापन विधेयकमा गरिएको संशोधन लगायतमा बिरोध जनाउंदै प्राध्यापक डाक्टर गोविन्द केसीले जुम्लामै आमरण अनसन सुरु गरेका छन् । उनले अनशन शुरु गर्दै ७ बुँदे लगायतका माग राखेका छन् । प्रहरी धरपकडकाबीच डा. केसीले अनशन शुरु गरेका हुन् । डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बस्ने घोषणा गरेका थिए तर, स्थानीय प्रशासनले शुक्रबार निषेधित क्षेत्र घोषणा गर्दै अनसन बस्न दिएन । निषेधित क्षेत्र तोड्दै अनसन बस्न खोजेपछि प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा पुर्याएको थियो । डा. केसीले प्रहरी हिरासतमै २ बजे अनसन थाले । अहिले प्रहरीले कभर्ड हलमा पुर्याएको छ र डा. केसी त्यही अनसनरत…