Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास पुगेका छन् । मध्याह्न १२ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका प्रधानमन्त्री ओली त्यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् । प्रधानमन्त्री फर्किएपछि मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
इलाम:मुख्य सिजनमै बन्दाबन्दी भएपछि चिया क्षेत्रले लाखौंको घाटा व्यहोर्नु परेको छ । चियाकै राजा ‘पहिलो टिपाइ’ बेच्ने समयमा कोरोनाका कारण बन्दाबन्दी भएपछि एकातिर किसानले चिया टिपेर प्रशोधित क्षेत्रसम्म पुर्याउन सकेनन् भने अर्कातिर उद्योगमा प्रशोधन गरिएको चिया पनि बजारमा पुर्याउन नसक्दा समस्या भएको छ । विशेषगरी चैतको दोस्रो साताबाट चियाको ‘पहिलो टिपाइ’ शुरु हुन्छ । यो चियाको अन्य सिजनको भन्दा गुणस्तरीय हुने भएकाले महँगोमा बिक्री हुन्छ तर यस वर्ष भने सोही समयमा बन्दाबन्दी भएपछि गुणस्तरीय चिया टिप्न सकिएन । गुणस्तरीय चिया नै प्रशोधन गर्न नसकिएपछि लाखौंको घाटा व्यहोर्नु परेको इलाम नगरपालिका–४ को जसवीरे चिया प्रशोधन केन्द्रका सञ्चालक सरद सुब्बा बताए ।…
काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि मुलुकका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाका अनुसार अहिले बिहान पनि सातै प्रदेशका केही स्थानमा पानी परिरहेको छ। आज दिउँसो सबै प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा जारी रहने देखिएको छ। प्रदेश १, २, गण्डकी र प्रदेश ५ का एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ। यस्तै राति सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ का एक-दुई स्थानमा भने ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। बिहीबार बिहान ६ बजे…
काठमाडौं: नेपाली सेनाले सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई बर्खास्त गरेको छ । सैनिक अदालतले आचरण विपरीत गतिविधि गरेको कसुरमा सहायक रथी रावल र महासेनानी खड्कालाई बर्खास्त गरेको हो । नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले दुवै अधिकृतलाई बर्खास्त गरिएको पुष्टि गरे । उनले भने, ‘दुवै अधिकृतमाथि माथिल्लो तहबाट भएको आदेश पालना नगरेको, नीति निर्देशन अवज्ञा गरेको, सैनिक अनुशासन उल्लंघन गरेको लगायतका आचरण विपरित कसुरमा जनरल सैनिक समरी अदालतले दोषी ठहर गरेको छ ।’ बर्खास्त भएका सहायक रथी रावल अमेरिकाबाट भर्खर मात्रै वार कलेज सकेर फर्किएका थिए । महासेनानी खड्का वार कलेजका लागि मनोनयनमा परेका थिए ।
काठमाडौं: गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य रामबहादुर थापाले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको साथ छाडेका छन्। गृहमन्त्री भएदेखि नै प्रधानमन्त्री ओलीलाई साथ दिँदै आएका थापा अहिलेसम्म अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालको भेलामा सहभागी थिएनन्। बुधबार भने झम्सिखेलस्थित एक होटलमा भएको प्रचण्ड-नेपालनिकट नेताहरूको भेलामा थापा सहभागी भए। उक्त भेलामा ३० जनाभन्दा बढी स्थायी समिति सदस्य सहभागी भएको स्थायी समिति सदस्य भीम रावलले जानकारी दिए। यसअघि वैशाख १७ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग हुँदा थापाले त्यसको विरोध गरेका थिए। दल विभाजनका लागि प्रक्रिया खुकुलो बनाउने अध्यादेश ल्याउँदा समेत उनले प्रधानमन्त्रीको कदमको बचाउ…
काठमाडौँ: पेप्सिकोलामा बस्दै आएका एक जोडीको झुण्डिएको अवस्थामा शव फेला परेको छ । प्रहरीका अनुसार उनीहरुले एउटै पासोमा झुण्डिएर आत्महत्या गरेका हुन् । बानेश्वरका डीएसपी दक्ष कुमार बस्नेतले पाँच महिनादेखि लिभिङ टुगेदरमा बस्दै आएको उक्त जोडीले आफ्नै फ्ल्याटमा एउटै पासोमा झुन्डिएर आत्महत्या गरेको बताए । ३६ वर्षीय आदम मोहम्मद मुसलमान र २६ वर्षीय अस्मिता थापा आफू बस्दै आएको फ्ल्याटमा एउटै पासोमा झुन्डिएको अवस्थामा फेला परेको डीएसपी बस्नेतको दावी छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: उपत्यका बाहिरका जिल्लाबाट विभिन्न नाका भएर बुधबार काठमाडौं आउन लागेका ३९० वटा सवारी साधनलाई प्रहरीले फिर्ता पठाइदिएको छ। ७२ वटा सवारी साधन प्रहरी नियन्त्रणमा रहेका छन्। प्रहरीले काठमाडौं उपत्यका आगमनमा कडाई गर्दै ति सवारी साधन फिर्ता पठाएको हो। मन्त्रालयका अनुसार जगाती नाकाबाट १२३ वटा चार पाङ्ग्रे र १३० वटा दुई पाङ्ग्रे गरी २५३ वटा सवारी साधनलाई प्रहरीले फर्कादिएको छ भने ७२ वटा नियन्त्रणमा लिएको छ। यस्तै, फर्पिङ नाकाबाट ६ वटा चार पाङ्ग्रे र २० वटा दुई पाङ्ग्रे गरी २६ वटा नियन्त्रणमा लिएको छ भने नागढुंगा नाकाबाट ४६ वटा चार पाङ्ग्रे र ६५ वटा दुई पाङ्ग्रे गरी १११ वटा सवारी…
काठमाडौँ: एशियालाी विकास बैंक (एडिबी)ले कोरोना भाइरसको महामारीविरुद्ध लड्न नेपाललाई थप सहायता दिने निर्णय गरेको छ। एडिबीले नेपाललाई ३० लाख अमेरिकी डलर अर्थात ३६ करोड बराबर नेपाली रूपैयाँ सहायता स्वीकृत गरेको हो। बैंकले एशिया प्यासिफिक डिजास्टर रिसेन्स कोष (एपीडीआरएफ) बाट उक्त रमक अनुदान उपलब्ध गराउने भएको हो। यो सहायता रकम नेपालमा क्वारिन्टाइन सुविधा बढाउन, विदेशबाट आपतकालिन फर्केका आप्रवासीहरु, सीमा क्षेत्रमा रहेका मानिसको सुरक्षित व्यवस्थापनका लागि खर्च गरिनेछ। साथै कोरोना रोकथाम तथा नियन्त्रणका लागि ल्याब तथा मेडिकल सामग्री, औषधि तथा संक्रमण नियन्त्रणका लागि आवश्यक सामाग्री खरिदका लागि पनि यो रकम प्रयोग हुने एडिबीले जनाएको छ। ‘यो सहयोगले नेपाल सरकारलाई क्वारेन्टाइन सुविधाको…
पोखरा: गण्डकी प्रदेशका ४ जिल्लामा सलह (फट्याङरा जस्तो देखिने कीरा) देखिएको छ । बुधवारसम्म प्रदेशका ४ जिल्लामा बाली नासक सलह कीरा देखा परेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । कास्की, लमजुङ, नवलपुर र स्याङ्जामा सलह देखिएको हो । तरइबाट पाल्पासँग सिमा जोडिएको स्याङ्जाको कालिगण्डकी गाउँपालिका हुँदै गण्डकी प्रदेशमा सलह भित्रिएको मन्त्रालयका वरिष्ठ बाली संरक्षण अधिकृत विनोद हमालले बताए । स्याङजाको काली गण्डकीमा एक प्रकारको फटयाङग्रा हो यसले खाद्यन्न बाली तेति नष्ट गरेको छैन् यो माथी उच्च ठाँउमा बस्ने भएकोले हालसम्म खासै असर गरेको छैन् । पानी पर्न रोकियो र गर्मि बढयो भने सलहको झुण्ड तल झर्न…
जुम्ला: जुम्लाका प्रतिनिधिसभाका सदस्य गजेन्द्रबहादुर महतको सांसद विकास पूर्वाधार कोषको आगामी बर्षको बजेट एउटै नमूना स्याउ र ओखर बगैचामा लगानी गरिने भएको छ । टुक्रे योजनाले खासै परिवर्तन नहुने भन्दै सांसद महतले ‘नमूना बृहत स्याउ तथा ओखर बगैचा’ बनाएर पुरै बस्तिलाईनै समेटिने गरी एक बर्षको सांसद विकास पूर्वाधारको सवै बजेट प्रयोग गर्ने जानकारी दिएका छन् । सांसद महतले सो बगैचा क्षेत्रको अवलोकन तथा स्थानीय सरकार सँगको समन्वय पछि बृहत बगैचाका लागि कृषि क्षेत्र तथा पशुपक्षी विज्ञहरु, कृषि अनुसन्धान विज्ञहरु सँग राय सल्लाह समेत माग्नु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन कार्यालयको सहजीकरणमा सुपरजोन सहित कृषि विकास कार्यालय,…
