Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
सुर्खेत: भारतको गुजरातबाट वीरेन्द्रनगर आइपुगेका एक युवाको मङ्गलबार राति मृत्यु भएको छ । सुर्खेतको चिङ्गाड गाउँपालिका–५ का २२ वर्षीय वीरेन्द्र रोकायाको प्रदेश अस्पताल कालागाउँ पुग्ने क्रममै बाटोमा मृत्यु भएको हो । मङ्गलबार नेपालगञ्जबाट चिङ्गाड जाने बसमा चढेका ती युवालाई असजिलो भएपछि सुर्खेतको सुब्बाकुनाबाट एम्बुलेन्समार्फत प्रदेश अस्पताल पु¥याइएको थियो । अस्पतालका कोरोना फोकल पर्सन डा केएन पौडेलले अस्पतालमा भर्ना हुनेबित्तिकै आफूहरुले जाँच गर्दा उनी मृतावस्थामा रहेको बताउनुभयो । “राति साढे १२ बजेतिर खबर पाउनेबित्तिकै हामी जाँच गर्न गयौँ, उनको मृत्यु भइसकेको रहेछ”, डा पौडेलले भन्नुभयो । अस्पतालका निर्देशक डा डम्बर खड्काले मृतक युवकका साथै उनको साथमा एम्बुलेन्समा आएकाहरुको…
सप्तरी: होम क्वारेन्टिनमा मुत्यु भएकी सप्तरीको कञ्चनरुप नगरपालिका–११ गोरपारकी २४ वर्षीया महिलाको शवलाई व्यवस्थापन गरिएको छ । कोरोनाको लक्षण देखिएकी गर्भवतीको चार जना परिवारका सदस्यको उपस्थितिमा कञ्चनरुपस्थित सुन्दरीखोलाभित्रको जङ्गलमा लगेर सतर्कताका साथ शव व्यवस्थापन गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । सप्तरीको कञ्चनरुप नगरपालिकाले उपलब्ध गराएको व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) लगाएका परिवारका सदस्यले स्वास्थ्यकर्मीको निगरानीमा शवको दाहसंस्कार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बनाएको ‘कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि २०७६’ बमोजिम पिपिइलगायत सुरक्षा सामग्री उपलब्ध गराएर सतर्कताका साथ शव व्यवस्थापन गरिएको नगरप्रमुख वसन्त मिश्रले बताउनुभयो । कार्यविधिमा…
काठमाडौं: यो वर्ष थप १२ प्रतिशतमा पहुँच वृद्धि भइ विद्युत पहुँच पुगेको मुलुकको जनसंख्या ९० प्रतिशत पुगेको छ। आर्थिक सर्वेक्षण २०७६/७७ मा विद्युत पहुँच ९० प्रतिशत जनसंख्यामा पुगेको उल्लेख छ। गत वर्षसम्म ७८ प्रतिशत जनसंख्यामा मात्रै विद्युत पहुँच पुगेको थियो। अहिले विद्युत जडित क्षमता १३ सय ५५ मेगावाट पुगेको उल्लेख छ। गत वर्ष यही अवधिमा ११ सय ४२ मेगावाट विद्युत उत्पादनको जडित क्षमता थियो। यो वर्ष २१३ मेगावाट मात्रै विद्युत थप भएको छ।
काठमाडौं: आर्थिक वृद्धिदरमा उल्लेख्य गिरावट आएपनि नेपालीको प्रतिव्यक्ति आयमा भने सुधार भएको छ। वर्षदिनमा नेपालीको आय ८५६३ रुपैयाँ हाराहारीले बढेको छ। अहिलेको विनिमय दरअनुसार एक नेपालकी औसत आय १ लाख २६ हजार १८ रुपैयाँ पुगेको छ। आज एक डलरको भाउ १२१ रुपैयाँ ८३ पैसा छ। अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार प्रतिनिधि र राष्ट्रियसभा दुवैमा चालु वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै आय ५१ अमेरिकी डलरले बढेर १०८५ डलर पुगेको बताए। सरकारले आगामी २५ वर्षमा प्रत्येक नेपालीको आम्दानी साढे १२ हजार डलर पुर्याउने लक्ष्य राखेको छ। पछिल्लो १० वर्षको आय वृद्धिलाई हेर्दा त्यो लक्ष्य भेट्टाउन असम्भवै जस्तो देखिन्छ। पछिल्लो २० वर्षको…
काठमाडौं: कमाइको अधिकांश हिस्सा खर्च गरेर सिध्याउने नेपालीहरुको बचत यो वर्ष अझ खुम्चिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको चालु वर्षको आर्थिक सर्वेक्षणको तथ्यांकले यस्तो देखाएको हो। सर्वेक्षणअनुसार आम्दानीमध्येबाट नेपालीले गर्ने बचतको दर पोहोरभन्दा अहिले दुई प्रतिशतभन्दा बढीले घटेको छ। गत वर्ष सय रुपैयाँ आम्दानी गर्दा त्यसबाट २० रुपैयाँभन्दा बढी बचत रहेकोमा यस वर्ष यो १८ रुपैयाँमा ओर्लिएको छ। अर्थमन्त्री खतिवडाले गत फागुनसम्मको आर्थिक गतिविधिका आधारमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षणअनुसार, कुल गार्हस्थ उत्पादन (जीडीपी) को ८१.९ प्रतिशत उपभोगमै खर्च हुने देखिएको हो। बचत १८.१ प्रतिशत मात्र हुने सर्वेक्षणमा उल्लेख छ । गत वर्ष उपभोग र बचतको दर…
काठमाडौँ: चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा झर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन-२०७६/७७ सार्वजनिक गर्दै चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा खुम्चिने अनुमान रहेको जानकारी दिए । यसअघि वैशाख १७ मा केन्द्रीय तथ्यांक विभागले यो वर्षको आर्थिक वृद्धिदर २.२७ प्रतिशत हुने अनुमान सार्वजनिक गरेको थियो । सरकारले भने विभागको भन्दा ०.०३ प्रतिशत बढाएर अनुमान सार्वजनिक गरेको छ । सरकारले चालु आर्थिक वर्षको बजेटले आर्थिक वृद्धिदर ८.५ प्रतिशतको लक्ष्य राखेको थियो । तर, गत फागुनपछि सुरु भएको कोरोना भाइरसको संक्रमण र त्यसले अर्थतन्त्रमा पारेको प्रभावका कारण अर्थतन्त्रको वृद्धिदर नराम्रोसँग खुम्चिने भएको अर्थमन्त्री खतिवडाले…
काभ्रे: नेपाली काँग्रेसको केन्द्रीय सदस्य एवम केन्द्रीय ट्रेड युनियन विभागका संयोजक शिवप्रसाद हुमागाईले बन्दाबन्दीका कारण १२ लाख मजदुर बेरोजगार भएको बताएका छन् । काभ्रेपलाञ्चोक जिल्लामा कार्यरत सञ्चारकर्मीलाई बनेपामा प्रेस जाकेट र माक्स वितरण कार्यक्रममा उनले भने– बन्दाबन्दीका कारण बढी मजदुर समस्यामा परेकोले उनीहरुका लागि राज्यले ध्यानदिन सक्नुपर्छ । उनले कोरोना सङक्रमण बढ्ने क्रम बढेको भन्दै त्यसका लागि सबै एक हुन आवश्यक रहेको बताए । अर्थतन्त्र ठप्प छ, बेरोजगारको संख्या दिनानुदिन बढ्दो छ, यस्तो अवस्थामा तीन तहका सरकारले सबैलाई लिएर हिड्न सक्नुपर्छ, भने । उनले स्थानीय तहमा बजेट सकिदैँ गएकाले राज्यले उनीहरुलाई छिटो सहयोग उपलब्ध गराएर रोग नियन्त्रणमा लगाउनुपर्नेमा जोड्दिए ।…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्। मंगलबार अपरान्ह ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको जानकारी दिए। सरकारले अतिक्रमित भूमि समेटेर अद्यावधिक नक्सा जारी गरेको छ। निशान छाप परिवर्तनका लागि सरकारले संसदमा प्रस्ताव पनि दर्ता गरेको छ। यस्तै, आगामी आर्थिक वर्षका लागि बजेट घोषणा गर्न दिन नजिकिएको छ। सीमालगायत विभिन्न विषयमा छलफलका लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक राखेका हुन्।
रौतहट: रौतहटमा थप २२ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । नयाँ पुष्टि भएका संक्रमितहरु रौतहटको गौर, देवाही गोनाही र राजेदेवी नगरपालिकाका हुन् । सदरमुकाम गौरमा पहिलो पटक सातजनामा संक्रमण देखिएको हो । यसैगरी देवाही गोनाही नगरपालिकाका ३ र राजदेवी नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका ११ जनाको ठेगाना प्रष्ट नखुलेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए । मंगलबार संक्रमण पुष्टि भएकाहरुमा तीनजना बालबालिकासमेत रहेको उनले बताए । भारतबाट आएका उनीहरु सबैलाई सीधै क्वारेन्टाइनमा लिएर राखिएको थियो । सोमबार मात्रै रौतहटको राजपुर र इशनाथ नगरपालिकाको क्वारेन्टाइनमा रहेकाहरुका मध्ये २६ जना संक्रमित पुष्टि भएका…
काठमाडौँ: रूकुम पश्चिममा भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। तीन जनाको मृत्यु र तीन जना अझै बेपत्ता रहेको घटनामा सत्यतथ्य छानबिन गरी प्रतिवेदन दिनका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो। गृहमन्त्री रामबहादुर थापाले मंगलबार राष्ट्रियसभा संसदमा घटनाबारे जानकारी गराएका हुन्। उनले उक्त छानबिन समितिमा प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि, महान्यायाधीवक्ताको कार्यालयका प्रतिनिधि र गृहका उपसचिव रहने गरी समिति गठन गरेको गृहमन्त्री थापाले बताए। उनले बेपत्ता रहेका तीन जनाको खोजी गर्न गोताखोर पठाउने काम भइरहेको बताएका छन्। प्रेमिका भगाउन गएका नवराज विकसहित तीन जनाको शव फेला परिसकेको…
