Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- यस्ता छन् आगामी बजेटको प्राथमिकता (पूर्ण पाठ)
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
नेपाल प्रिमियर लिगको उपाधि जनकपुर बोल्ट्सले जितेको छ। शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुरले उपाधि जितेको हो। योसँगै समूह चरण र पहिलो क्वालिफायरमा व्यहोरेको हारको पनि जनकपुरले बदला लिएको छ।।लिग चरणमा जनकपुर ७२ रनले र पहिलो क्वालिफायरमा ८ विकेटले सुदूरपश्चिमसँगको खेल गुमाएको थियो। लाहिरु मिलान्थाको विस्फोटक ब्याटिङमा जनकपुरले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि उचालेको हो।
काठमाडौँ: नागार्जुन नगरपालिका वडा नम्बर-१ ले शनिबार ४५ जना बृद्ध वडावासीमा देखिएको मोतिबिन्दुको निशुल्क सफल सल्यक्रिया गर्ने कार्य सम्पन्न गरेको छ।उक्त मोतिबिन्दुको सल्यक्रिया वडाले आफ्नै प्रसाशनिक पहल र खर्चमा निशुल्क रुपमा सम्पन्न गरेको, वडाका अध्यक्ष रामेश्वर लामाले जानकारी दिनुभयो।उहाँका अनुसार शल्यक्रिया बानेश्वरस्थित म्याट्रिका आँखा उपचार केन्द्रको प्रवाधिक सहयोग र डाक्टरहरुद्वारा गरिएको हो। वडाले यसघिमङ्सिर २२ गते संचालन गरेको आँखा तथा मोतिबिन्दु पहिचान स्वास्थ्य शिविरबाट पहिचान भएका वृद्धवृद्धाहरुको पुष ६ गते आज शनिबार शल्यक्रिया गरिएको वडाअध्यक्ष लामाले जानकारी दिनुभयो। एउटा मोतिबिन्दुको सल्यक्रिया निजी अस्पतालमा गर्नु परे कम्तिमा २५ देखि ३० हजार रुपियाँ खर्च हुने हुँदा वडाले आफ्नै पहलकदमीमा उक्त कार्य सम्पन्न…
काठमाडौँ:नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन्। फाइनलमा सुदूरपश्चिम र जनकपुर दुवै टोलीले अघिल्लो खेलको सुरुवाती ११ लाई नै निरन्तरता दिएका छन्। जारी एनपीएलमा यी दुई टोलीबीच तेस्रो भेट हो। जनकपुर बोल्ट्सःआशिफ शेख, शुभ कंसाकार,किशोर महतो, शेर मल्ल, ललित राजवंशी, मयन यादव, आकाश त्रिपाठी, जेम्स निशम, मोहम्मद मोहसिन, लाहिरु मिलान्था, हर्ष ठाकर सुदूरपश्चिम रोयल्सःदीपेन्द्रसिंह ऐरी (कप्तान), आरिफ शेख, अविनास बोहोरा, नरेन साउद, इसान पाण्डे, विनोद भण्डारी, नरेन बुढाएर, ब्राण्डोन म्याकमुलेन, सैफ जैव, स्कट कुगेलिन, हरमित…
काठमाडौं: नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा १ लाख ४९ हजार रुपैयाँ तोकिएको छ । यसअघि बुधबार सुनको मूल्य तोलामा १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ घटेको हो । साथै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ८३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य १ हजार ७८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।:
काठमाडौँ । निर्मला पन्तको बलात्कार र हत्या भएको ६ वर्षपछि प्रहरीले त्यसबारे ह्युमन इन्टेलिजेन्स पद्धतिबाट अनुसन्धान थालिएको जनाएको छ ।बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता (एसएसपी) विश्व अधिकारीले पन्तको घटनामा नयाँ शिराबाट अनुसन्धान सुरु गरिएको बताए । उनले भने, ‘यसअघि गठन भएका समितिहरूको अनुसन्धान प्रतिवेदन अध्ययन गरेर थप अनुसन्धान अघि बढाउँदै छौँ ।’ यसअघि गठन भएका ८ वटा समितिले बुझाएको प्रतिवेदनको सार खिच्ने जिम्मेवारी केन्द्रीय अनुसन्धान ब्यूरोका एआईजी दीपक थापालाई दिइएको छ । प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले भने, ‘सीआईबीका प्रहरी अतिरिक्त महानिरीक्षक ज्यूको नेतृत्वमा यसअघि पेस भएका प्रतिवेदन अध्ययन हुँदैछ ।’ यसअघि गठित विज्ञ समितिले पनि प्राविधिक…
‘महानगरका ३२ वडाभित्र ८९ वटा सामुदायिक विद्यालय छन्’ काठमाडौँ:सर्वोच्च अदालतले विद्यालय व्यवस्थापन समितिमा वडाध्यक्ष वा उनले तोकेको वडा सदस्यलाई अध्यक्ष बनाउन नमिल्ने ठहर गरेको छ। काठमाडौं महानगरपालिकाले विद्यालय व्यवस्थापन समिति भंग गरी वडाध्यक्षहरूलाई नै समितिको अध्यक्ष बनाउने निर्णय गरेको थियो। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासले काठमाडौं महानगरले वडाध्यक्षलाई नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउनेगरी गरेको ऐनको संशोधन बदर गरिदएको हो। यो आदेश गत साउन १६ गते भएको थियो। मंगलबार यसको पूर्णपाठ सार्वजनिक भएको हो। हाल प्रधानन्यायाधीश श्रेष्ठ अवकासमा गइसकेका छन् भने राउत प्रधानन्यायाधीश छन्। काठमाडौं महानगरपालिकाको २०८० असार ३०…
काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षकको मासिक तलब उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन दिइसकेको बताएकी छिन् । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको ‘विद्यालय शिक्षा विधेयक–२०८०’को छलफलमा उनले शिक्षकको नियमित रूपमा शिक्षकहरूलाई तलबको व्यवस्था गरिने बताइन्। ‘३९ स्थानीय तहले शिक्षकको तलब नदिएको भन्ने मन्त्रालयमा गुनासो आएको थियो’, उनले भनिन्, ‘हामीले ती स्थानीय तहका प्रमुखलाई नियमित रूपमा तलबको व्यवस्था गर्न निर्देशन दिएका छौँ।’ उनले विद्यालय शिक्षकको दरबन्दी पुनरावलोकन गरिने बताइन् । बाल विकास शिक्षा कार्यक्रमलाई व्यवस्थित गर्न कार्यदल गठन भएको जानकारी दिइन् । त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन आयोगले बुझाएको प्रतिवेदन अपूर्ण भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले…
काठमाडौं । विनोद भण्डारीको अर्धशतक मद्दतमा जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा प्रवेश गरेको छ । ओपनर विनोदले अविजित रहँदै ५८ रन बनाएपछि जनकपुरले दिएको १४० रनको लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर १४१ रन बनाउँदै पूरा गरेको हो । विनोदले ५५ बल खेल्दा ३ चौका र ३ छक्का प्रहार गरे । कप्तान दीपेन्द्र सिंह ऐरीले अविजित २० रन बनाए । उनले १६ बल खेल्दै १ चौका र १ छक्का प्रहार गरे । ऐरीले चौका प्रहार गर्दै खेल जिताएका थिए । जनकपुरका ललित राजवंशी र किशोर महतोले १-१ विकेट लिए । त्यसअघि…
काठमाडौं । निजामती कर्मचारीको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने बाध्यकारी कानुनी व्यवस्थाको प्रस्ताव आएको छ । बुधबार संघीय निजामती विधेयकमाथिको छलफलमा यस्तो प्रस्ताव आएको हो । हाल निजामती कर्मचारीले सम्पत्ति विवरण निजामती किताब खानामा बुझाउनुपर्ने ब्यवस्था छ । यसलाई बदलेर सम्पत्ति विवरण सार्वजनिक नै गर्नुपर्ने कानुन बनाउनुपर्ने नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादर घर्तीले प्रस्ताव राखेका छन् । ‘कर्मचारीले सम्पत्ति विवरण पेश गरेर मात्रै हुदैन, त्यो विवरण सार्वजनिक गर्नुपर्छ । यो प्रावधान राख्नुपर्छ,’ समितिको बैठकमा सांसद घर्तीले भने । निजामती विधेयकमाथि संशोधनकर्ता सांसदहरूसँग राज्य व्यवस्था समितिले छलफल गरिरहेको छ । ‘संघीय निजामती सेवाको गठन,सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’…
लुम्बिनी, पुस २ गते । गृहमन्त्री रमेश लेखकले सीमा अपराध, तस्करी पूर्ण रुपमा नियन्त्रण गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई मङ्गलवार भैरहवामा सम्वोधन गर्दै उहाँले सीमा अपराध, चोरी तस्करी नियन्त्रणमा कुनै बहानाबाजी स्वीकार्य नहुने बताउनुभएको हो । गृहमन्त्री लेखकले अहिलेको गठबन्धन सरकार मुलुकमा दिगो शान्ति र सुशासन कायम गर्न बनेको दाबी गर्दै गठबन्धन २०८४ को चुनावसम्म कायम रहने बताउनुभयो । ‘२०८४ को चुनावसम्म यही गठबन्धन रहन्छ कुनै तल–माथि हुन्न,’ गृहमन्त्री लेखकले भन्नुभयो । अहिलेको संविधानले नागरिकलाई अधिकारसम्पन्न बनाएकाले संविधानको रक्षा महत्वपूर्ण भएको उहाँको भनाइ छ । संविधानको रक्षा र कार्यान्वयनका लागि शान्ति सुरक्षाको सुनिश्चित…