चितवन: प्रेस सेन्टर नेपाल चितवनको अध्यक्षमा राजेन्द्र आचार्य निर्वाचित भएका छन् ।
आइतबार भरतपुरमा भएको बार्षिक साधारणसभा एवम् छैटौँ अधिवेशनले आचार्यको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
प्रेस सेन्टर नेपाल चितवनको खुल्ला उपाध्यक्षमा नविनबाबु मरह्ठ्ठा, समावेशी उपाध्यक्षमा दिप्ति बिक, सचिवमा सुरेन कुँवर,खुल्ला सहसचिवमा अनिल भट्टराई, समावेशी सहसचिव हिरालाल गुरूङ र कोषाध्यक्ष सुनिल पराजुली चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा कमल राज ढकाल, प्रतिमा भण्डारी, विशाल अम्गार्इ, सुजन खनाल, राजकुमार देउजा र सन्तोष विश्वकर्मा रहेका छन् ।
Facebook Comments Box
