Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- यस्ता छन् आगामी बजेटको प्राथमिकता (पूर्ण पाठ)
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुलाई ढुक्क भएर मिसन २०८४ मा लाग्नु आग्रह गरेका छन्। बिहीबार एमालेले आयोजना गरेकोयुथ सेलिब्रेसन कार्यक्रममा सरकारबारे धेरै चिन्ता नलिन र मिसन ०८४ मा लाग्न आग्रह गरे। ‘सरकारको बारेमा धेरै चिन्ता गर्ने होइन, चुनवाको बारेमा चिन्ता गर्नुपर्दछ,’ ओलीले भने, ‘नेकपा एमालेले जहिले पनि चुनाव हेरेको हुन्छ। हामीले मिसन २०८४ भनेका छौँ। म साथीहरुलाई आग्रह गर्न चाहान्छु- ढुक्कले मिसन २०८४ मा लाग्नुहोस्।’ ‘अब देशलाई तपाईंहरूले अगाडि बढाउनु पर्नेछ,’ ओलीको भनाइ छ, ‘देश कस्तो बनाउने? जन्मिदै श्रेष्ठताको कुनै वैज्ञानिक आधार नभएको पाखण्डी सिद्दान्त, कुल घरानाका आधारमा शासन गर्न खोज्ने सामान्ती युगलाई फेरि फर्काउने आवाज पनि कता कता…
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्र उत्प्रेरित नभएसम्म आर्थिक रुपान्तरणको कार्यसूचीले सार्थकता पाउन नसक्ने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को प्राविधिक सहयोगमा श्रम रोजगार तथा सामाजिक सुुरक्षा मन्त्रालयले बुधबार काठमाडौंमा आयोजना गरेको नेपालमा प्रभावकारी ज्याला नीति तर्जुमा र कार्यान्वयन सम्बन्धि कार्यशालामा बोल्दै अध्यक्ष ढकालले सो धारणा राख्नु भएको हो । श्रमिकहरुको लागि प्रभावकारी ज्यालाका लागि राष्ट्रको आर्थिक विकास र समृद्धिको राष्ट्रिय आवश्यकता पुरा गर्न निजी क्षेत्रलाई अधिकतम परिचालन गरिनुपर्नेमा उहाँको जोड थियो । न्यून आर्थिक बुद्धिदर, उद्योग क्षेत्रको संकुचन तथा न्यून उत्पादन तथा उत्पादकत्व जस्ता कारणले व्यवासायमा प्रभाव पारेको उल्लेख गर्दै उहाँले…
काठमाडौं: नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई आज अपराह्न ४ बजे शीतल निवासमा शपथ गराउने कार्यक्रम तय गरिएको छ। एमाले सांसद विद्या भट्टराईले स्वास्थ्य कारण राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा एमालेकै वरिष्ठ नेता पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरिएको हो । पदभार ग्रहणसँगै पन्तले आजै मन्त्रालयमा कार्यभार सम्हाल्ने छन्। यसअघि श्रम मन्त्रीको जिम्मेवारी सम्हालेका पन्तको प्रशासकीय अनुभवलाई प्रधानमन्त्री ओलीले शिक्षामन्त्रीको रूपमा अघि सारेका हुन् । पन्त शिक्षामन्त्री नियुक्त भएसँगै ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) पदमुक्त भएका छन् । १० महिनाअघि गठन भएको ओली नेतृत्वको सरकार बुधबार पहिलोपटक पुनर्गठित भएको हो…
काठमाडौंः वीर अस्पतालमा अपरेशनका लागि भर्ना हुने बिरामीका लागि हुने बेड अभावको समस्या केही कम हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बुधबार नौ शैय्यासहितको सर्जिकल आइसीयु कक्षको उद्घाटन गरेका हुन् । संघीय अस्पतालको सेवा सुधार तथा विस्तार गर्ने मन्त्री पौडेलको नीतिअन्र्तगत वीरमा आइसीयु कक्ष थप गरिएको अस्पतालका निर्देशक डा. दिलिप शर्माले बताए । अब अपरेशन सकिएका बिरामी वार्डमा रहने हुँदा अपरेशनका लागि एआइसीयु बेड पर्खिरहेका बिरामीका लागि बेड थप भएको छ । हाल एआइसीयु कक्षमा १४ बेड उपलब्ध छन् । जसमा अपरेशनका लागि तथा अपरेशन पश्चातका दुवै बिरामी राख्नुपर्ने बाध्यता छ । तर बेग्लै सर्जिकल आइसीयु…
काठमाडौँ: नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार घटेर तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको हो । जसअनुसार बुधबार १० ग्रामको सुनको मूल्य तोलामा १ लाख ६३ हजार २३५ रुपैयाँ कायम भएको छ । यसैबीच चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य ५ रुपैयाँ घटेर १ हजार ९६५ रुपैयाँ कायम भएको हो ।
काठमाडौँ: सरकारले संसदमा १ खर्बको अधिकृत पूँजी कोष स्थापना गर्ने उद्देश्यले वैकल्पिक विकास वित्त परिचलन सम्बन्धी बनेको विधेयक संसदमा दर्ता गराएको छ। अर्थमन्त्रालयका अनुसार विकासकालागि आवश्यक स्रोत व्यवस्थागरी उच्च प्रतिफलयुक्त पूर्वधारको निर्माणमा स्रोतको व्यवस्था गर्ने विधेयक दर्ता भएको हो। मन्त्रिपरिषद्ले चैत २५ गते विधेयक संसदमा दर्ताकालागि स्वीकृत दिएको थियो। वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी कोष एक स्वायत्त संस्थाको रुपमा स्थापना गर्ने छ। कोषको अधिकृत पूँजी १ खर्ब र चुक्ता पूँजी २५ अर्ब रुपैयाँ हुने प्रस्ताव गरिएको छ। त्यसका नेपाल सरकारको ५१ प्रतिशत सेयर लगानी प्रस्ताव गरिएको छ। संस्था प्रभावकारी भएपछि सरकारी लगानी घटाउने र बाह्य लगानी बढाउन सकिने विश्वास छ।…
काठमाडौँ: उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र भारतका विद्युत र आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टरको उपस्थितीमा नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाईन विस्तारमा महत्वपूर्ण सम्झौता भएको छ । उर्जामन्त्री खड्काको निमन्त्रणमा दुईदिने भ्रमणका लागि आज नेपाल आउनुभएका भारतीय विद्युतमन्त्री खट्टर र उर्जामन्त्री खड्काको उपस्थितीमा दुई देशबीच उर्जा क्षेत्रको विकासका लागि महत्वपूर्ण सम्झौता भएको हो । गत माघ ३० गते भारतको नयाँ दिल्लीमा नेपाल–भारत सचिवस्तरीय संयुक्त निर्देशक समितिको १२ औँ बैठकले ४०० केभीको इनरुवा–न्यु पूर्णिया र दोदोधरा–बरेली प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनासम्बन्धी काम गर्ने सहमति गरेसँगै उक्त कम्पनीलाई अगाडि बढाउनेबारे सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त हस्ताक्षरमा…
काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा भारतका विद्युत् र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर मंगलबार बिहान नेपाल आइपुगेका छन्। भारततीय विद्युत्मन्त्री खट्टर दुई दिन नेपाल भ्रमणका लागि काठमाडौँ आइपुगेका हुन्। गत माघ ३० गते भारत भ्रमणका क्रममा मन्त्री खड्काले खट्टरलाई नेपाल आउन निमन्त्रणा गरेका थिए। भारतका विद्युतमन्त्री खट्टरले वैशाख ९ गते दिउँसो भारत सरकारको सहयोगमा निर्माणसम्पन्न भएका प्रसारणलाइन उद्घाटन गर्ने कार्यक्रम छ। ऊर्जा मन्त्रालयका अनुसार कोसी करिडोर २२० केभी प्रसारणलाइनअन्तर्गत इनरुवा–वसन्तपुर–बानेश्वर–तुम्लिङटार २०० केभी प्रसारणलाइन तथा २२०/१३३/३३ केभी तुम्लिङटार सबस्टेसन, २२०/३३ केभी बानेश्वर सबस्टेसन र २२०/१३३/३३ केभी वसन्तपुर सबस्टेसनको संयुक्त रुपमा संखुवासभाको तुम्लिङटार सबस्टेसनमा उद्घाटन गर्ने कार्यक्रम छ।…
काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकको बिहान बसेको बैठकले परीक्षा नरोक्ने भएको हो । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि कक्षा १२ को परीक्षा निर्धारित मितिमा नहुने आशंका कतिपयले गरेका थिए । तर, आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले देशभरका परीक्षा समन्वय समितिमार्फत परीक्षा केन्द्र भएका विद्यालयहरूलाई तोकिएको मितिमै परीक्षा सञ्चालन गर्न आग्रह गर्ने निर्णय गरेको छ।
काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार निकट स्रोतले जानकारी दियो । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् । शिक्षकहरू लगातार सडक आन्दोलनमा रहेको बेला उनले राजीनामा दिएकी हुन् । आजै केहीबेरपछि मन्त्रिपरिषद् बैठक पनि बस्दैछ । सम्भवतः आजकै मन्त्रिपरिषद्बाट उनको राजीनामा स्वीकृत हुनेछ । शिक्षक महासंघसँग बारम्बार संवाद भइरहेको छ तर निचोड निस्कन नसकेपछि शिक्षामन्त्री भट्टराई घेराबन्दीमा परेकी थिइन् ।