Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

चितवन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले चितवन जिल्ला अदालत उपस्थित गराएको छ। साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलन मुद्दाको थुनछेक बहसका लागि प्रहरीले बिहीबार लामिछानेलाई अदालत उपस्थित गराएको हो। बहस बुधबारदेखि सुरू भएको थियो। बुधबार थुनछेक बहस नसकिएपछि अदालतले लामिछानेलाई हिरासत पठाउन आदेश दिएको थियो। सभापति लामिछाने बुधबार नै चितवन जिल्ला अदालत उपस्थित भएका थिए। साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनको मुद्दामा लामिछानेविरुद्ध जाहेरी दिएका सहकारी पीडितको तर्फबाट बिहीबार ८ जना अधिवक्ताले बहस गर्दैछन्। बुधबार थुनछेक बहसमा सरकार पक्षबाट जिल्ला न्यायाधीवक्ता रवि न्यौपानेसहित सरकारी वकिलहरु बुद्धबहादुर थापा, अमृत सुवेदीले बहस गरेका थिए।…

Read More

काठमाडौँ: काठमाडौं महानगरपालिका-३० कमलपोखरीस्थित शान्दार म:म रहेको भवनमा आगलागी हुँदा ११ जना घाइते भएका छन्। बिहीबार बिहान ८:५० बजे आगलागी हुँदा ११ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंको प्रवक्ता एसपी अपिलराज बोहरलाले जानकारी दिए। उनका अनुसार बिहान कामदारहरूले ग्यास सिलिन्डर सार्ने क्रममा अकास्मात् आगलागी भएको थियो। सिलिण्डर सार्ने क्रममा ग्यास लिकेज भएपछि आगलागी भएको एसपी बोहराले बताएका छन्। घाइतेहरूमा उदयपुरका २२ वर्षीय प्रजित लामा, काभ्रेका २५ वर्षीय छिरिङ लामा, उदयपुरका २१ वर्षीय धनबहादुर तामाङ, ललितपुरका १९ वर्षीय आयुस मगर, मोरङका १८ वर्षीय मनिष पोखरेल, चितवनका १८ वर्षीय रोशन लामा थिङ, उदयपुरका २४ वर्षीय सन्जोग मगर, उदयपुरका २५ वर्षीय नविन…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम पूर्वगृहमन्त्री रवि लामिछानेसहितका व्यक्तिलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने मागसहितको फाइल उच्च सरकारी वकिलको कार्यालय पाटनमा पुगेको छ । काठमाडौं जिल्ला अदालतले सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने सहितका व्यक्तिलाई धरौटीमा छाड्ने आदेश दिएकोमा उक्त आदेश आदेश त्रुटिपूर्ण भएको भन्दै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले उच्च अदालत पाटनमा निवेदन दिने प्रक्रियाका लागि उच्च सरकारी वकिलको कार्यालय पाटनमा फाइल बुझाएको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उच्च सरकारी वकिलको कार्यालय पाटनमा फाइल बुझाइसकेको र चाडोँमा शुक्रबारसम्म र ढिलोमा आइतबारसम्म उच्च अदालत पाटनमा निवेदन दर्ता गर्ने तयारी भएको उच्च सरकारी वकिलको कार्यालय पाटन उच्च स्रोतले जनाएको…

Read More

काठमाडौं । नेपालका तीनवटा निजी क्षेत्रका संस्थाहरुले पाथीभरा (मक्कुम्लुङ) क्षेत्रको पर्यटन विकास तथा प्रवर्द्धन गर्न केवलकार निर्माणको परियोजना अघि बढीरहेकोले बन्द हडटाल रोक्न आग्रह गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले संयुक्त विज्ञप्ति जारी गर्दै परियोजनाको विषयलाई लिएर कोशी प्रदेशका जिल्लाहरूमा भइरहेको बन्द हडताल तत्काल नै रोक्न अग्रह गरेको हो । बन्दले आर्थिक तथा सामाजिक जनजीवन समेत अस्तव्यस्त भएको सर्वसाधारणले सास्ती भोगनु परेको छ । बन्दको गतिविधिले देशको पूर्वाधार विकासका लागि लगानी मैत्री वातावरण विथोलिने अवस्था सिर्जना तिनवटा निजी क्षेत्रले बताएको छ । ‘नेपालको समग्र आर्थिक विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको…

Read More

काठमाडौँ । सरकारले २०८२ साल जेठ पहिलो साता काठमाडौँमा सगरमाथा संवाद आयोजना गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले २०८२ साल जेठ २, ३ र ४ गते काठमाडौँमा सगरमाथा संवाद आयोजना गर्ने निर्णय भएको जानकारी दिए । बैठकले काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाभित्रका सम्बन्धित मुद्दाको कामकारबाही तथा किनारा गर्ने क्षेत्राधिकारसहित काठमाडौँ उपत्यका मुकाम रहने गरी उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको उनले जानकारी दिए । बैठकले बाल सुधार गृह भक्तपुर, मोरङ र कास्की तथा बाँकेको सञ्चालन र व्यवस्थापनको लागि महिला बालबालिका मन्त्रालय र न्यूनतम सुविधा विहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रमबिच…

Read More

काठमाडौँ: सुनको मूल्य एकैदिन प्रतितोला १९ सय रुपैयाँले बढेको छ । आइतबार र सोमबार दुई दिन स्थिर रहेको सुनको मूल्य आज एकैदिन १९ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन एक लाख ६४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुन एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै मंगलबार चाँदी १ हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ७८०.५९ अमेरिकी…

Read More

काठमाडौं: सन् २०२५ को पहिलो महिना अर्थात जनवरीमा झण्डै ८० हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार जनवरीमा ७९ हजार ९९१ विदेशी पर्यटकले नेपाल भ्रमण आएका हुन् । बोर्डको तथ्यांकअनुसार सन् २०२४ को जनवरीको तुलनामा यस वर्षका जनवरीमा पर्यटक आगमन थोरैले बढेको देखिन्छ । गत वर्षको जनवरीमा ७९ हजार एक सय पर्यटक भित्रिएका थिए । यस वर्षको पहिलो महिनामा भारतबाट आउने पर्यटकको संख्यामा गत वर्षको तुलनामा १५.१ प्रतिशतले कमी आएको छ । २०२४ को जनवरीमा २४ हजार १३९ पर्यटक भित्रिएकोमा यस वर्षको सोही महिनामा २० हजार ४८५ भारतीय पर्यटकले नेपाल भ्रमण गरेका छन्। नेपालको अर्को छिमेकी…

Read More

काठमाडौँ : सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । गृहमन्त्री स्तर काे निर्णयबाट उक्त वार्ता टोली गठन गरिएको हो । गृह मन्त्रालयबाट जारी गरेको विज्ञप्तिमा वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न सहसचिव भट्टराईको संयोजकत्वमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधि समेत रहेको वार्ता टोली गठन गरिएको जनाएको छ । वार्ता टोलीले तत्काल कार्य प्रारम्भ गर्ने र आन्दोलनरत पक्षलाईसमेत आन्दोलनका कार्यक्रमहरू फिर्ता लिई संवादमार्फत् समस्या समाधानमा सहयोग गर्न…

Read More

काठमाडौँ: चालु आर्थिक वर्षको पुस महिनामा मात्रै एक खर्ब २२ अर्ब ६५ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । यो रेमिट्यान्स रकम मंसिर महिनाको तुलनामा ४ अर्बले धेरै हो । चालु आर्थिक वर्षको मंसिर महिनामा मात्रै एक खर्ब १८ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स स्वदेश भित्रिएको थियो । रेमिट्यान्स आप्रवाह हरेक महिना निरन्तर बढिरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । चालुको आव कात्तिक महिनाको तुलनामा मङ्सिरमा ४ अर्बले बढेको रेमिट्यान्स मंसिर महिनाको तुलनामा पुसमा पनि सोही दरमा बढेको हो । चालु आवको पुस मसान्तसम्ममा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले वृद्धि भई ७ खबै ६३ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । गत…

Read More

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एक स्थानमा भएको बिरामीको परीक्षणसम्बन्धी जानकारी विद्युतीय रुपमा सबै स्वास्थ्य संस्थाले प्राप्त गर्ने गरी एकीकृत प्रणाली लागू गर्ने निर्णय गरेका छन् । हाल हरेक स्वास्थ्य संस्थापिच्छे बिरामीको एकै खालका परीक्षण दोहोरिने गरेको तथा एकीकृत तथ्यांक नहुँदा उपचारमा कठिनाइ देखिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियन्त्रणमा रहने एकीकृत राष्ट्रिय प्रणालीमा सबै स्वास्थ्य संस्थाका अभिलेख प्राप्त गर्ने व्यवस्था मिलाउने निर्णय मन्त्री पौडेलले गरेका हुन् । सरकारी तथा निजी सबै स्वास्थ्य संस्थाहरुले अब विद्युतीय चिकित्सा अभिलेख प्रणाली २०८१ अन्र्तगत एक अर्कासँग बिरामीका तथ्यांक तथा विवरण साझा गर्न मिल्ने गरी विकसित प्रणालीमा अभिलेख राख्नुपर्नेछ । त्यसो…

Read More