Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । एक जनाको भने रिपोर्ट आउन बाँकी छ । उनीहरु २८ दिनअघि बेलायतमा फर्किएका थिए । सोमबार र्यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो । उनीहरु मध्ये दुई जना (छोरा र बुहारी) को रिपोर्ट आएको छ र, कोरोना संक्रमण पुष्टि भएको छ । बाँकी एक (आमा) को रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ । सनसिटीमा पाँचवटा विल्डिङ छन् । अहिले कोरोना संक्रमण देखिएको परिवार ए बिल्डिङमा बस्दै आएका थिए ।…
काठमाडौं: भारतले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लगाएको लकडाउन थप तीन साता लम्ब्याएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन मे ३ अर्थात वैशाख २१ गतेसम्म बढाउने घोषणा गरेका हुन् । यसअघि घोषणा गरिएको तीन हप्ते लकडाउन बुधबार (१५ अप्रिल) सकिँदैछ । त्यसको अघिल्लो दिन टेलिभिजन सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले सबैको सुझावलाई ध्यानमा राखेर लकडाउनलाई ३ मेसम्म बढाउने निर्णयमा पुगेको बताएका हुन् । ‘लकडाउनका कारण भारत अहिलेसम्म कोरोनाबाट हुने क्षतिलाई टार्न सफल भएको छ,’ उनले भने, ‘मलाई थाहा छ कि तपाईंहरुलाई अप्ठ्यारो भएको छ । कसैलाई खाने त कसैलाई आउजाउ गर्ने समस्या छ । तर तपाईहरुले अनुशासित…
काठमाडौँ: आज मन्त्रिपरिषद्बै ठक बस्दैछ। भोलिबाट (बैशाख ३ गते) सकिने बन्दाबन्दीको अवधिको बारे निर्णय गर्न बैठक आज ११ बजे डाकिएको छ। बन्दाबन्दीको समयावधि बढ्ने संकेत भने सरकारले यसघि नै गरिसकेको छ। हिजोसम्ममा नेपालमा कूल १४ जनामा कोरोना संक्रमण पुष्टी भैसकेको छ।
लण्डन: यो हप्ता बेलायतमा प्रायः दिनको एक जना नेपालीको ज्यान कोरोनाले लिएको छ । सोमबार फेरि एक पूर्व गोरखा सैनिकको मृत्यु भएको छ । लण्डन शहरदेखि बाहिर रेडिङ भन्ने ठाउँमा बस्दै आएका ६५ वर्षीय पूर्व गोरखा सैनिक लक्षिणबहादुर गुरुङको सोमबार बिहान ७ बजे निधन भएको हो । उपचारका क्रममा रेडिङको अस्पतालमा मृत्यु भएको समाजसेवी कमल गुरुङले बताउनुभएको छ । गत दुई सातादेखि अस्पतालमा राखिएका गुरुङलाई पछिल्लो समय भेन्टिलेटरमा राखिएको थियो । चिकित्सकले अब ठीक हुँदैछ भनेर भेन्टिलेटरबाट बाहिर राख्ने तयारी हुँदै गर्दा मृत्यु भएको कमल गुरुङको भनाइ छ । पुख्र्यौली घर कास्कीको घान्द्रुक भएका उहाँको पछिल्लो समय पोखराको दीपमा पनि…
काभ्रेपलाञ्चोक: काठमाडाँैको कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारीमा रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका एक पुरुषलाई धुलिखेलस्थित उनकै घरमा प्रहरीले निगरानी गरिरहेको छ । सो अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीन जनाको ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) मा कोरोना भाइरस देखिएका कारण अस्पताल भर्ना गरिएपछि उनी हिजै काभ्रेपलाञ्चोकको धुलिखेलस्थित घर आएका थिए । धुलिखेल नपा–७ सरस्वती बजारमा ती पुरुषको निगरानी गर्न हिजो साँझदेखि नै प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताउनुभयो । उहाँले भन्नुभयो, “सूचना पाउनासाथ हिजैदेखि प्रहरीले निगरानी गरिरहेका छन्, उनको आज प्रहरीकै निगरानीमा कोरोना भाइरस परीक्षण गर्नेछौँ ।” उहाँका अनुसार उनलाई घरमा छुट्टै तरिकाले बस्न लगाइएको छ । कोरोना…
काठमाडौँ: सरकारले ५२ जिल्लामा कोभिड–१९ को परीक्षण शुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) र ¥यापिड डाइग्नोष्टिक टेष्ट गरी दुवै विधिबाट ५२ जिल्लामा परीक्षण गरिएको जानकारी दिनुभयो । अहिले पिसिआरबाट देशभरिमा ११ वटा ठाउँमा परीक्षण भइरहेको छ । उहाँले बाँकी २५ जिल्लामा चाँडै नै परीक्षण गरिने बताउनुभयो । उहाँका अनुसार अहिले ती दुवै विधिबाट १० हजार ९८२ जनाको परीक्षण गरिएको छ । यसमध्ये पिसिआरबाट पाँच हजार ६९१ र ¥यापिड डाइग्नोष्टिक टेष्टबाट पाँच हजार २९१ जनाको परीक्षण गरिएको छ । पिसिआरबाट गरिएको परीक्षणमा काठमाडाँैस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा चार…
काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि छवटा रणनीति सार्वजनिक गर्नुभएको छ । नयाँ वर्षको शुभकामना सन्देश जारी गर्दै उहाँले छ ‘टी’को सूत्रबाट बन्ने आफ्नो रणनीति सार्वजनिक गर्नुभएको हो । यसअनुसार ट्राभल रेष्ट्रिक्शन, टेष्टिङ, टे«सिङ ट्र्याकिङ, ट्रिटमेन्ट र टुगेदर रणनीति रहेका छन् । उहाँले सारेको पहिलो रणनीतिमा ट्राभल रेष्ट्रिक्शन रहेको छ । उहाँका अनुसार उक्त रणनीतिका अनुसार यसका लागि आवतजावत बन्द गर्ने नै हो । यसका लागि बाहिरी मुलुकबाट नेपाल भित्रिने सबै किसिमका मार्गहरु बन्द गरिएका छन् । चैत ११ गतेदेखि गरिएको लकडाउन एक व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमण नसरोस् भन्नाका लागि गरिएको उहाँले…
काठमाडौं: पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बेलायतबाट फर्किएका एकै परिवारका तीन जनामा र्यापिड टेष्टमा पोजेटिभ आएपछि सोमबार पाटन अस्पताल भर्ना गरिएको छ । उनीहरुको पीसीआर विधिबाट नमुना संकलनका लागि थ्रोट स्वाब लिइएको अस्पतालका स्रोतले जानकारी दियो । अपार्टमेन्टको ए ब्लकको ५ औं तलामा बस्दै आएका उनीहरु चैत ५ गते नेपाल फर्किएका थिए। उनीहरुमा लक्षण देखिएपछि र्यापिड टेष्ट गरिएको थियो । सनसीटीमा पाँचवटा बिल्डिङहरु छन् । तीमध्ये ए ब्लक बिल्डिङको पाँचौं तलामा बस्नेहरुलाई कोरोनाको आशंकामा अस्पताल लगिएको हो । उनीहरु बेलायतबाट फर्केको छिमेकीहरुलाई यसअघि नै थाहा थियो । सनसीटीमा बस्ने एकजनाले भने, ‘अस्तिदेखि विदेशबाट आएर बसिरहेका थिए, जचाउन पनि गएका…
उर्लाबारी: मोरङको पथरीशनिश्चरे –६ पिप्लेको राधाकृष्ण कृषि समूहले उत्पादन गरेको ८ विगाहा जग्गाको गोलभेडा (टमाटर)बारी मै कुहिन थालेको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले बन्दाबन्दीको घोषणा गरेपछि किसानको गोलभेडा,लौका,बैगुन लगायतका तरकारी बारी मै कुहिन थालेका हुन् । गत वर्ष राधाकृष्ण कृषि समूहमा आवद्ध १८ किसानले यो सिजनमा ५० लाख रुपियाँको तरकारी बिक्री गरेको समूहका सचिव रञ्जित महतोले बताउनु भयो । रञ्जितले मात्र यो वर्ष १५ कट्ठा जमीनमा टमाटर खेती गर्नु भएको छ । उहाँको बारीबाट हाल दैनिक ५ सय केजी टमाटर उत्पादन भइरहेको छ । तर, उत्पादन भएको टमाटर बजार पु¥याउँन नसक्दा रञ्जित यति बेला पुर्पुरोमा हात लगाएर…
वीरगञ्ज: वीरगञ्जको छपकैयास्थित मक्की जामे मस्जिदमा बस्दै आएका तीन जना भारतीय नागरिकमा कोभिड–१९ संक्रमणको पुष्टि भएसँगै वीरगञ्जमा उच्च सतर्कता अपनाइएको छ । कोभिड–१९ संक्रमित भेटिएको क्षेत्रलाई सिल गरिएको छ । सिल गरिएको क्षेत्रमा चोक तथा गल्ली गल्लीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । सर्वसाधरणको आवागमनमा पूर्ण रुपमा रोक लगाइएको छ । अन्य दिनको तुलनामा यस क्षेत्रमा थप कडाइ पारिएको छ । औषधि पसल बाहेक अन्य पसल बन्द गराइएको छ । अत्यन्त जरुरी काममा बाहेक अन्य काममा घरबाट बाहिर निस्कन रोक लगाइएको छ । कट्याक्ट ट्रेसिङ र र्यापिड टेस्टलाई सँगसँगै अगाडि बढाइएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले…
