Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: कृषि विकास बैंक लिमिटेडले निष्कासन गरेको ऋणपत्रमा लगानीकर्ताको आकर्षण देखिएको छ । अहिलेसम्मकै महँगो ब्याज दरको ऋणपत्रमा सर्वसाधारणको उलेख्य आकर्षण देखिएको हो । बैंकले १०.३५ प्रतिशत ब्याजको ऋणपत्र गत सोमबारदेखि निष्कासन गरेको हो। प्रति कित्ता अंकित मूल्य एक हजार रूपैयाँ दरको ऋणपत्र चाँडोमा १७ गतेसम्म बिक्री बन्द हुने छ। बैंकले २ अर्ब ५० करोड रूपैयाँ बराबरको ऋणपत्र जारी गरेको ऋणपत्रमा न्यूनतम २५ कित्ताका लागि आवेदन दिनु पर्नेछ। अधिकतम २ लाख ५० हजार कित्तासम्म आवेदन दिन सकिने छ। २ अर्ब ५० करोडमध्ये एक अर्बको ऋणपत्र सर्वसाधारणलाई छुट्याएको छ भने एक अर्ब ५० करोड संस्थागत लगानीकर्ताका लागि छुट्याएको छ ।…
काठमाडौँ: प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सरकार राष्ट्रियतालाई बलियो बनाउँदै चौतर्फी ढङ्गले विकास निर्माणको यात्रामा अघि बढेकाले यसबारे कुनै भ्रम र आशङ्का नराख्न पार्टीका केन्द्रीय सदस्यलाई आग्रह गर्नुभएको छ । यहाँ आजदेखि शुरु भएको पार्टीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा उद्घाटन सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्धिका लागि प्रयासरत भई सत्यका लागि लड्न आँट गर्ने सरकार भएकाले यसबारे कुनै अन्योल, भ्रम र आशङ्का रहेमा चिरेर जान आग्रह गर्नुभयो । उहाँले अहिले लगभग दुई तिहाइको सरकार स्पष्ट सोचका साथ गरीबी, भोकमरी र पछौटेपन अन्त्य गराउँदै विकास र समृद्धिका लागि चाहेको निर्णय गर्न सक्ने मजबुत अवस्थामा रहेकाले कुनै…
बनेपा: जिल्ला समन्वय समितिको नेतृत्वमा प्रहरी प्रशासनले बन्द गर्न निर्देशन दिएको भए पनि मापदण्ड विपरीत सञ्चालन गरिरहेको धनेश्वर क्रसर उद्योगले अटेर गरी उद्योग सञ्चालन गरिरहेको छ । पनौती नगरपालिका–५ नैकिनटारस्थित बनेपा पनौती सडक र पुण्यमाता खोलासँगै जोडिएको शेषनारायण सुवालले सञ्चालन गरेको क्रसर उद्योग मापदण्ड विपरीत सञ्चालन हुँदै आएको छ । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख उद्धव केसी नेतृत्वमा प्रजिअ श्रवणकुमार तिमिल्सिना, प्रहरी प्रमुख प्रहरी उपरीक्षक रबिकुमार पौडेल र सशस्त्र प्रहरीसहितको उपस्थितिमा गत पुस २२ गते गरिएको अनुगमनका क्रममा सो उद्योग मापदण्ड विपरीत सञ्चालन गरिरहेको भन्दै अनुगमन गरेको मितिले तीन दिनभित्र बन्द गर्न निर्देशन दिएको थियो तर निर्देशन दिएको एक÷दुई दिन…
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकमा बिहीबारदेखि समूहगत छलफल हुने छ । राष्ट्रियसभागृहमा शुरु भएको बैठकमा बिहीबारदेखि वर्णानुक्रमअनुसार १५ समूह विभाजन गरी प्रतिवेदनमाथि समूहगत छलफल गर्ने तयारी भएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । महासचिव विष्णुप्रसाद पौडेलले समूहगत छलफलका लागि १५ समूहमा केन्द्रीय सदस्यलाई विभाजन गर्नुभएको थियो । वर्णानुक्रमअनुसार ४४१ केन्द्रीय सदस्यलाई विभिन्न १५ समूहमा विभाजन गरिएको हो । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी २०७७ चैत मसान्तसम्म पार्टीको एकता महाधिवेशन गर्ने प्रस्ताव पेश गर्नुभयो । त्यसैगरी बैठकमा महासचिव पौडेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । आजै सातै प्रदेशका अध्यक्षले…
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठलाई एक राजनीतिक नेताले फोन गर्दै छोरा चीनबाट आएको तीन हप्तापछि नोभेल कोरोना भाइरस छ कि परीक्षण गर्नुप¥यो भनेर फोन आयो । उहाँले आवश्यक छैनभन्दा पनि उहाँले ढिपी गर्नुभयो । “कुनै पनि व्यक्तिमा कोरोना भाइरस लागेको बढीमा १५ दिनमा त लक्षण नै देखिन्छ, तीन हप्तापछि कोरोना भाइरस छ कि भनेर शङ्का गर्नु आवश्यक नै छैन”, प्रवक्ता श्रेष्ठले थप्नुहुन्छ, “जबर्जस्ती शङ्का गर्नु जरुरी छैन ।” उहाँले केही अस्पतालले पनि जबर्जस्ती कोरोना भाइरस परीक्षणका लागि सिफारिस गरेको भन्दै यस्तो नगर्न भनेको जानकारी दिनुभयो । केही व्यक्ति नमूना लिएर नै टेकुस्थित जनस्वास्थ्य प्रयोगशालासमेत आइपुगेका छन्…
काठमाडौँ : धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ०.२७ अंकले घटेर १ हजार ३०५.८८ मा थामिएको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.४९ अंकले घटेर २७८.१९ मा पुगेर रोकिएको छ । आज कुल १७६ कम्पनीका २८ लाख ७८ हजार ४५२ कित्ता शेयर रु एक अर्ब २९ करोड ३७ लाख ११ हजार ३८३ मा खरिदबिक्री भयो । कारोबार भएका कुल १२ मध्ये चार उपसमूहको शेयरमात्र बढेको छ । आज सबैभन्दा बढी निर्जीवन बीमाको शेयर ९७.१९ अंकले वृद्धि भएको छ । यस्तै वित्त ९०.९५, होटल १६.१६ र व्यापार उपसमूहको…
काठमाडौं: गत पुष ७ गते प्रहरीले अवैध रुपमा बसेका तथा आर्थिक अपराधमा संलग्न भएको आरोपमा काठमाडौंका विभिन्न स्थानमा छापा मारी एक सय २२ जना चिनियाँलाई पक्राउ गर्यो । विदेशी नागरिक यति ठूलो संख्यामा पक्राउ परेको त्यो नै अहिलेसम्म सबैभन्दा ठूलो अपरेसन थियो । उनीहरुलाई प्रहरीले अभद्र व्यवहार सम्बन्धी मुद्दामा अदालतबाट ५ दिनको समय लिएर अनुसन्धान पनि गर्यो पछि केहि प्रमाणित नभएको भन्दै उनीहरुलाई पुष २३ गते चीन नै फर्काइयो । अपरेसनको नेतृत्व गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का निर्देशक डिआइजी निरज शाही चिनियाँ नागरिक आपराधिक कामकै लागि नेपाल बसेको बताउँछन् । विज्ञहरु भने यो घटनालाई सामान्य अपराधका रुपमा मात्र हेर्दैनन्…
काठमाडौँ: १९ महिनापछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक शुरु भएको छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा बनेपछि यो दोस्रो केन्द्रीय समिति बैठक हो । राष्ट्रिय सभा गृहमा ११ बजेदेखि सुरु भएको बैठकमा पार्टीका ४ सय ४१ केन्द्रीय सदस्य सहभागी भएका छन । बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन । बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । यसअघि स्थायी समितिमा पेस गरिएको प्रतिवेदनलाई नै प्राप्त सुझावसहित पेस गर्न लागिएको हो । अध्यक्षले विभिन्न एजेन्डासहित पेस गर्ने प्रतिवेदन सदस्यलाई वितरण गरिने छ । वितरित प्रतिवेदनमाथि भने बिहीबारबाट…
काठमाडौ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सांसद शिवमाया तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको गरेको छ । मंगलबार बसेको नेकपा सचिवालयको बैठकले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए । तत्कालीन उपसभामुख रहेकी तुम्बाहाङफेले गत गत माघ ६ गते राजीनामा दिएकी थिइन् । तुम्बाहाङफे केन्द्रीय सदस्यमा मनोनित भएसँगै उनलाई आजबाट सुरु हुने केन्द्रीय समिति बैठकमा सहभागी हुने बाटो खुलेको छ । उनी तत्कालीन एमालेको केन्द्रीय सदस्य थिइन् । उपसभामुख बनेपछि पार्टीको सदस्यता त्यागेकी थिइन् ।
काठमाडौँ: नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले ल्यान्डफिल्ड साइटको वातारणीय प्रभाव मूल्याङ्कनका बारेमा गरेको अध्ययन प्रतिवेदन काठमाडौँ महानगरपालिकालाई बुझाएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यलाई मङ्गलबार नास्टका वरिष्ठ वैज्ञानिक अधिकृत डा भोजराज पन्तले अध्ययन प्रतिवेदन बुझाउनुभएको हो । प्रतिवेदनअनुसार विगत १३ वर्षदेखि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल्डमा व्यवस्थापन हँुदै आएको थियो । प्रतिवेदनले साइट आसपासका १० स्थान अति प्रभावित, १० ठाउँलाई प्रभावित र ४ स्थान कम प्रभावित भएको देखाएको छ । मापनका आधारमा नुवाकोट जिल्लाको ककनी गाउँपालिकास्थित तल्लो सिउँडिनी (तलेटार, ल्यान्डफिल्ड साइटको माथिल्लो भाग), सोति बालुवा, मङ्गटा टोल १ र २,…
