Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

पोखरा: पोखराको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा हुने तेस्रो विश्व शान्ति पूजाका अवसरमा गौतम बुद्धको जन्मभूमि लुम्बिनीबाट शान्तिदीप पोखरा ल्याइने भएको छ । हिमाल आरोहण एवं पदयात्राका क्रममा दिवङ्गत भएका सम्पूर्ण आत्माको चिरशान्तिको कामना गर्दै पोखरामा यही माघ २० देखि २२ गतेसम्म हुने विश्व शान्ति पूजामा शान्तिको प्रतीक दीप ल्याउन लागिएको हो । प्रदेश नंं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले यही माघ २० गते सोमबार बिहान ७ः३० बजे लुम्बिनीबाट लामा गुरुलाई हस्तान्तरण गर्नुहुने उक्त शान्तिदीपलाई सोही दिन पोखराको हेम्जास्थित शाक्य गुम्बामा ल्याएर राखिने कार्यक्रम छ । नेपाल पर्वतारोहण सङ्घको आयोजना तथा नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष २०२० को सहयोगमा…

Read More

रुपन्देही: बजारमा गुणस्तरहीन सामानको बिक्री बढेको उपभोक्ताको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले बजार अनुगमन शुरु गरेको छ । जिप्रका रुपन्देहीको नेतृत्वमा वाणिज्य कार्यालय, खाद्य तथा गुण नियन्त्रण कार्यालय, बुटवल उपमहानगरपालिका, नेपाल प्रहरी र पत्रकार महासङ्घका प्रतिनिधिसहितको टोलीले मङ्गलबार बुटवल–१३ स्थित थापा फुड्स प्रोसेसिङ इण्डष्ट्रिजमा अनुगमन ग¥यो । उपभोक्ताको गुनासो आएपछि थापा फुड्स प्रोसेसिङ इण्डष्ट्रिजले बिक्री गर्दै आएको विभिन्न ब्राण्डका चामल, दाल, बेसनलगायतका खाद्य सामग्रीको अनुगमन गरिएको हो । अनुगमनका क्रममा मापदण्डविपरीत चामल बिक्री गरेको पाइएकाले तत्कालका लागि कारोबार रोक्का गर्न निर्देशन दिइएको जिप्रकाका अधिकृत मनोज पोखरेलले जानकारी दिनुभयो । अनुगमनका क्रममा थापा ब्राण्डका विभिन्न…

Read More

काठमाडौँ: सत्तारुढ नेकपाको पार्टी एकतापछि पहिलोपटक केन्द्रीय समितिको बैठक बुधबार (आज) बाट शुरु हुँदै छ । बैठक ५ दिनमा सक्ने तयारी भएको छ ।विधानतः ६–६ महिनामा बस्नुपर्ने बैठक नेकपाले २१ महिनासम्म पनि नबोलाएकोमा पार्टीभित्र अध्यक्षद्वयको आलोचना हुँदै आएको थियो । तत्कालीन एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ मा पार्टी एकता भएको थियो । बैठकको राष्ट्रिय सभागृहमा हुने बैठककको तयारी पूरा भएको नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए। पार्टी एकता भएको डेढ वर्षपछि बैठक हुन लागेको हो। नेकपाको गत मंसिर २९ देखि पुस ६ गतेसम्म बसेको स्थायी कमिटी बैठकले एकीकरणको काम पूरा गराएसँगै केन्द्रीय कमिटीको बैठक राख्ने निर्णय…

Read More

भक्तपुर: महानगरीय प्रहरी वृत्त थिमिको टोलीले मङ्गलबार बसमा पाकेट मारेर भाग्दै गरेका तीन पाकेटमारलाई रु ११ हजारसहित पक्राऊ गरेको छ । पक्राउ पर्नेमा धनकुटा सागुरीगढी गाउँपालिका–७ घर भई हाल ललितपुर ठैब बस्ने २० वर्षीय नवीन राई, सिन्धुली घ्याङलेक गाउँपालिका–६ घर भई हाल ललितपुर गोदावरी बस्ने २६ वर्षीय राजिव गोले र मकवानपुर इपाचोक गाउँपालिका–८ घर भई हाल ललितपुर ठैब बस्ने २० वर्षीय रुविन कठायत रहेका छन् । मध्यपुर थिमिनपा–९ राधेराधेमा काठमाडौँबाट दुवाकोटतर्फ जाँदै गरेको सार्वजनिक बसमा यात्रा गरिरहेकी एक महिलाको ब्यागबाट पाकेट मारी भाग्दै गर्दा प्रहरीको टोलीले उनीहरुलाई पक्राऊ गरेको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्ति कोइरालाले जानकारी दिनुभयो ।…

Read More

काठमाडौं:कहिले नेतालाई सित्तैमा दूध र दुग्धजन्य पदार्थ वितरण त कहिले दूधमा भ्रष्टाचार गरी अनियमिततामा मुछिरहने दुग्ध विकास संस्थान (डीडीसी) बाट पछिल्लो समयमा डेढ करोड रुपैयाँको विभिन्न उत्पादन गायब भएको छ। पछिल्लोपटक डीडीसीअन्तर्गतको बालाजु आयोजनाबाट एक करोड ५८ लाख ५२ हजार पाँच सय मूल्यबराबरको अर्धतयारी घिउ, धुलो दूध र तयारी घिउ हिनामिना भएको तथ्य फेला परेको हो। डीडीसीको आन्तरिक लेखा परीक्षण विभाग (आलेप) ले भौतिक मौज्दात परीक्षण गरी प्रतिवेदन बुझाएको दुई महिना बितिसक्दा पनि दोषी कर्मचारीमाथि कारबाही गर्नुको साटो पुरस्कृत गरिएको छ। डीडीसीले अध्ययन प्रतिवेदनसमेत गुपचुप राखेको छ। डीडीसी स्रोतका अनुसार बालाजु आयोजनाबाट ५६ लाख मूल्यको सात हजार किलो अर्धतयारी घिउ…

Read More

गलकोट : बागलुङको गलकोट नगरपालिका–३ हटिया बजारमा रहेको गलकोट घुम्टे कपास उद्योगमा मङ्गलबार आगलागी भएको छ । आगलागी हुँदा कपास उद्योग पूर्णरूपमा क्षति भएको छ । विद्युत चुहिएर आगलागी भएको कपास उद्योगमा रु २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट उद्योगभित्र पार्किङ गरेर राखिएको ध१प १३२५ नम्बरको मोटरसाइकलमा समेत सामान्य क्षति पुगेको छ । आगलागीबाट उद्योगको कपडा पेल्ने मेशिन तथा कच्चा पदार्थमा क्षति पुगेको प्रहरी चौकी हटियाका प्रमुख प्रहरी नायब निरीक्षक अनुप केसी क्षेत्रीले जानकारी दिनुभयो । आगलागी स्थानीय तथा प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । कपास उद्योग गलकोट नगरपालिका–६ का शिव आचार्यले सञ्चालन गर्नुभएको हो ।

Read More

काठमाडौं: नेपाल विद्युत प्राधिकरणले उपभोक्तालाई बढीभन्दा बढी विद्युत् खपत गर्न प्रोत्साहन गर्ने भन्दै नयाँ महशुलदर प्रस्ताव गरेको छ । थ्रि -फेज र सामुदायिक खानेपानी आयोजनाहरुको विद्युत महशुलदर पनि घटाउन प्रस्ताव गरिएको छ । तीन वर्ष अगाडिसम्म कसरी कम बिजुली खपत गर्ने भन्नेमा चितिन्त नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक बढीभन्दा बढी बिजुली उपयोग गराउने रणनीति बनाएर महशुल दर प्रस्ताव गरेको छ । हाल प्राधिकरणले ५, १५, ३० र ६० एम्पियरको वर्गमा ग्राहकलाई विभाजन गरेर त्यसमा ७ वटा स्ल्याब राखी महशुल उठाउँदै आएको छ । अहिले २८ किसिमबाट मूल्य हिसाव गरेर बिलिङ गरिन्छ । हाल जति बढी विजुली खपत गर्‍यो त्यति नै दर…

Read More

काठमाडौं: नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा डा.धनन्जय रेग्मी नियुक्त भएका छन् । पर्यटन मन्त्रालयका सचिव केदारवहादुर अधिकारी संयोजकत्वको छनौट समितिले छानेका तीन उम्मेदवारमध्ये एक नम्बरमा रहेका रेग्मी मंगलबार कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् । बोर्डको मंगलबार बसेको बैठकले छनौट समितिको सिफारिस बमोजिम सबैभन्दा धेरै अंक ल्याएका रेग्मीलाई सर्वसम्मत रुपमा नियुक्त गरेको हो । एक साताअघि नै छनौट समितिले सिफारिस गरे पनि केही दिन नियुक्ति रोकिएको थियो । स्याङ्जाका स्थायी बासिन्दा रेग्मी जलवायु परिवर्तन तथा हिमतालहरुको अध्येता हुन् भने उनी पर्यटन क्षेत्रका पनि विज्ञ हुन् । छनौट समितिले सिइओका लागि प्रतिस्पर्धा गरेका ९ जनामध्ये लिखित र मौखिक परीक्षापछि उनीसहित हिक्मत…

Read More

काठमाडौँ: स्वरोजगार व्यक्तिले समेत नागरिक लगानी कोषमा आफूले आर्जन गरेको रकमको केही प्रतिशत रकम कट्टी गरी जम्मा गर्न पाउने भएका छन् । सङ्घीय संसद्मा विचाराधीन अवस्थामा रहेको ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ पारित भई कार्यान्वयनमा आएपछि त्यस्तो व्यवस्था लागू हुने भएको छ । त्यस्तो व्यवस्था लागू भएपछि इञ्जिनीयर, चिकित्सक, कानून व्यवसायी, लेखापरीक्षकलगायतका पेशा व्यवसाय गर्ने व्यक्ति वा उनीहरुसँग आबद्ध रहेका अस्थायी वा सेवा करारमा रहेका व्यक्ति तथा अन्य व्यवसाय, रोजगारीबाट आयआर्जन गर्ने तथा वैदेशिक रोजगारीमा संलग्नलाई समेत कोषमा रकम जम्मा गर्न पाउने छन् । विद्यमान व्यवस्थामा स्वरोजगार व्यक्तिले कोषमा रकम जम्मा गर्न…

Read More

काठमाडौँ: सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटा विरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एक इजलासमा सोमबारदेखि शुरुभएको बहसपछि अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । आदेशमा भनिएको छ, “अग्निप्रसाद सापकोटाले सभामुख पदमा निर्वाचित भई शपथ लिई पदभार ग्रहण गरिसकेको अवस्थामा निजलाई सभामुखको पदमा कार्य नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गर्नुपर्ने देखिएन ।” अधिवक्ता दिनेश त्रिपाठीले सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप लागेका सापकोटालाई सभामुख पदमा निर्वाचित नगर्न अन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । न्यायाधीश हरिप्रसाद…

Read More