Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं : वागमती प्रदेशसभाको सचिवालयमा आज प्रदेश सरकारका तर्फबाट दुई विधेयक छलफलका लागि दर्ता भएको छ । दर्ता गरिएका विधेयकमा प्रदेश लोकसेवा आयोग अध्यादेशको प्रतिस्थापन गर्ने विधेयक र अन्तरप्रदेश बासिन्दाको सम्मान व्यवहार, सुरक्षाको सम्बन्धमा सुविधाको व्यवस्था गर्न बनेको विधयेक रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोदकुमार अमात्यले बताए । वाग्मती प्रदेशसभाको बैठक यही माघ २७ गते अपराह्न ३ बजे बस्ने जनाइएको छ । प्रदेशसभाको बैठक माघ १७ गते बसेर स्थगन भएको थियो ।
धादिङ्ग : धादिङ्ग गजुरीमा युवती बलात्कारका आरोपीलाई आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको छ । गजुरी गा.पा. वडा नं ८ बस्नेतगाउँका स्काभेटर चालक हरि कृष्ण भन्ने हेमन सिंह बस्नेतलाई आज विमानस्थलबाट कुवेत उड्न लाग्दा प्रहरीले नियन्त्रणमा लिएको हो । केन्द्रिय अनुसन्धान ब्यूरोका अनुसार गत जेठ १४ गजुरी वडा नं ८ हलेदेखोला स्थित स्थानिय १६ वर्षे युवतीलाई आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा ढोका फोडी कोठाभित्र प्रवेश गरि उनले जवरजस्ती करणी फरार भएका थिए । बस्नेत भारतको विभिन्न क्षेत्रमा लुकिछिपी बसी केही समयअघि मात्रै नेपाल आएको र आज माघ २० गते सोमबार बैदेशिक रोजगारको लागि जाँदै थिए । पक्राउ परेका…
काठमाडौं : पेट्रोलियम पदार्थको आयातमा भारी गिरावट आएको छ । चालू आर्थिक वर्षको ६ महिनामा ८९ अर्ब ४२ करोडको पेट्रोलियम पदार्थ आयात भएको छ , जुन गत वर्षको सोही अवधिको तुलनामा १० अर्बले कमी हो । समीक्षा अवधिमा पेट्रोल १८ अर्ब २७ करोड, डिजेल ४९ अर्ब १४ करोड, खाना पकाउने ग्याँस १४ अर्ब ८७ करोड र हवाइ इन्धन ६ अर्ब ३५ करोड आयात भएको छ । डिजेल र खाना पकाउने ग्याँसको आयातमा कमी आएको छ । ६ महिनामा डिजेल ५५ अर्ब १३ करोड र खाना पकाउने ग्याँस १८ अर्ब ५१ करोडको आयात भएको थियो । विद्युतको आपूर्तिमा सुधार भएसंगै…
काठमाडौं : अर्थसचिव तथा नेपाल राष्ट्र बैंक सञ्चालक समितिका सदस्य डा राजन खनाललाई आज विदाई गरिँदैछ । अर्थमन्त्रालयको प्रतिनिधित्व गर्दै राष्ट्र बैंकको सञ्चालक समिति सदस्य रहेका अर्थ सचिव खनालले आगामी २२ गतेबाट अवकाश पाउने भएपछि आजै बैंकले विदा गर्न लागेको हो । अवकाश पाउन २ दिन बाँकी नै रहे पनि राष्ट्र बैंकले भने आज सोमबार नै बिदाइको तयारी गरेको छ । सञ्चालक समितिको बोर्ड बैठक आज बसेर उनलाई २ दिन अगाडि नै विदा गर्ने तयारीमा बैंक रहेको एक कर्मचारीले बताएका छन । राष्ट्र बैंक सञ्चालक समितिको अध्यक्ष गभर्नर नै हुने व्यवस्था छ भने अर्थ सचिव राष्ट्र बैंकको सञ्चालक समिति…
चीन (एजेन्सी) : चीनले कोरोना संक्रमितलाई उपचार गर्नका १० दिनको छोटो अवधिमै निर्माण भएको अस्पतालको आज उद्घाटन हुँदैछ । भाइरसको संक्रमणले महामारीको रुप लिएको वुहानमा बनाइएको नयाँ अस्पतालको आज औपचारिक उद्घाटन हुन लागेको हो । कोरोना संक्रमितहरुको उपचारको लागि वुहानमा एक हजार शैयाको अस्पताल बनाइएको थियो । सुबिधा सम्पन्न यो अस्पतालमा चिनियाँ सैनिकका १ हजार ४ सय स्वास्थ्यकर्मीहरु परिचालित हुनेछन् । उनीहरु यसअघि पनि कोरोना भाइरस संक्रमितहरुको उपचारमा संलग्न थिए । कोरोना भाइरसको कारण चीनमा मात्रै ३ सय ६० जनाको मृत्यु भएको छ भने १४ हजार भन्दा बढी संक्रमित भएका छन ।
काठमाडौँ: संघीय राजधानीमा रहेको यातायात व्यवस्था सेवा कार्यालय सानो भर्याङ स्वयम्भूमा कार्यरत अधिकृत शिवलाल पौडेल र सेवाग्राही दिपक खतिवडालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। अख्तियारको टंगालबाट खटिएको टोलीले पौडेल र खतिवडालाई घुस लेनदेन गर्दैगर्दा नियन्त्रणमा लिएको हो। अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार खतिवडाले पौडेललाई सवारी कर र प्रदूषणबापतको रकम तिर्नका लागि १३ हजार घुस दिएका थिए। सोही क्रममा आयोगको टोलीले दुवैलाई नियन्त्रणमा लिएको थियो। आइतबार नियन्त्रणमा लिएका दुवैविरुद्ध अनुसन्धान भइरहेको कोइरालाले जानकारी दिए।
काठमाडौं : कोरोना भाइरस चीनभर फैलिएपछि तत्काल सावधानी अपनाउँदै नेपाल र चीनबीचको सिधा उडान बन्द गरेको छ । चीनवाट दैनिक नेपाल आउने चार वटा वायु सेवा कम्पनीहरुले उडान स्थगित गरेके नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । चिनियाँ एयरलाइन्सले करिब एक महिनाका लागि भन्दै उडान स्थगनको जानकारी गराएका छन्। त्रिभुवन विमानस्थल कार्यालयका अनुसार काठमाडौंवाट दैनिक उडान गर्दै आएका चार वायुसेवा कम्पनीले पनि उडान स्थगितको सूचना दिएका छन्। दैनिक एक उडान गर्दै आएको एयर चाइनाले फेब्रवरी ४ अर्थात भोली मंगलबार देखि २९ तारिक सम्म, चाइना स्टर्न एयरलाइन्सले ६ फेब्रवरीदेखि २८ सम्म उडान बन्द गर्ने सूचना पठाइसकेका छन्…
सुर्खेत: कर्णाली प्रदेश सरकारले प्रदेश प्रहरीसम्बन्धी विधेयकको मस्यौदा तयार पारेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले शुक्रबारदेखि शुरु हुने प्रदेशसभाको हिउँदे अधिवेशनको प्रारम्भमा विधेयक दर्ता गर्ने जनाएको छ । मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले शान्ति सुरक्षा कायम, अपराधको अनुसन्धान, रोकथाम तथा नियन्त्रण गर्न प्रदेश प्रहरीको गठन, सञ्चालन, व्यवस्थापन र नियमन गर्ने उद्देश्यले प्रदेश प्रहरी कानून ल्याउन लागेको जानकारी दिनुभयो । उहाँले नेपाल प्रहरीलाई प्रदेश प्रहरीमा समायोजन गर्न बनेको विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरी समन्वय तथा सुपरिवेक्षण गर्न बनेको विधेयकका आधारमा मस्यौदा तयार पारिएको बताउनुभयो । प्रस्तावित विधेयकमा प्रदेश प्रहरी सेवामा जनपद र प्राविधिक गरी दुई समूह रहनेछन्…
डोटी: अछाम बान्नीगढी जयगढ गाउँपालिका–३ धारासैन गाउँमा शनिबार छाउगोठ भत्काउने अभियान थियो । छाउगोठ भत्काउन जयगढबाट प्रहरी हबल्दार धनबहादुर कैलासहितको टोली पुग्यो । प्रहरी सहितको टोलीले छाउगोठ भत्काउन लाग्दा स्थानीय एक महिलाले बिरोध गरिन् । तर टोलीले उनको कुरा सुन्दै नसुनी भत्काउन थाल्यो । आक्रोशित महिलाले दाउराले प्रहरी हबल्दार कैलामाथी प्रहार गरिन् । कैला घाइते भए । उनको कम्मरमा चोट लागेको प्रहरीले जानकारी दिएको छ । हवल्दार कैलामाथी आक्रमण गर्ने स्थानीय ५४ वर्षीया धना साउँदलाई अछाम प्रहरीले नियन्त्रणमा लिएको छ । अछाम प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दीपक भारतीले घटनाको पुष्टि गर्दै यसबारे थप अनुसन्धान भइरहेको बताए । करिब…
चिप्लेढुङ्गा: पोखरा महानगरपालिकाले दक्ष जनशक्ति उत्पादन गर्न मेकानिक्स विषयमा आगामी वर्षदेखि ‘अटो इञ्जिनीयर डिप्लो’मा शुरुआत गर्ने भएको छ । महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले गण्डकी अटोमेकानिकल बक्र्स एशोसिएशनको २० औँ वार्षिक साधारणसभाको आइतबार उद्घाटन गर्दै उहाँले उचित स्थान खोजी गरेर ‘अटोल्याण्ड’ निर्माण गरिने जानकारी दिए । उनले भने,“अबको विकास सीपमूलक र दक्ष जशक्तिबाट सम्भव छ । यसैले अटो इञ्जिनीयर डिप्लोमा शुरु गर्न लागेको हो । ” अटो मेकानिक्स व्यवसायी सङ्घका अध्यक्ष ठाकुर न्यौपानेले व्यवसाय सञ्चालनमा स्थानीय निकायको सहयोग नपाएको गुनासो गर्नुभयो । नेपाल अटो व्यवसायी महासङ्घका अध्यक्ष यमप्रसाद भुसालले प्रमुख शहरमा सुविधा सम्पन्न मेकानिकल व्यवसाय सञ्चालन गर्न अटोल्याण्ड निर्माणमा महासङ्घ लागेको…
