चीन (एजेन्सी) : चीनले कोरोना संक्रमितलाई उपचार गर्नका १० दिनको छोटो अवधिमै निर्माण भएको अस्पतालको आज उद्घाटन हुँदैछ ।
भाइरसको संक्रमणले महामारीको रुप लिएको वुहानमा बनाइएको नयाँ अस्पतालको आज औपचारिक उद्घाटन हुन लागेको हो ।
कोरोना संक्रमितहरुको उपचारको लागि वुहानमा एक हजार शैयाको अस्पताल बनाइएको थियो ।
सुबिधा सम्पन्न यो अस्पतालमा चिनियाँ सैनिकका १ हजार ४ सय स्वास्थ्यकर्मीहरु परिचालित हुनेछन् ।
उनीहरु यसअघि पनि कोरोना भाइरस संक्रमितहरुको उपचारमा संलग्न थिए ।
कोरोना भाइरसको कारण चीनमा मात्रै ३ सय ६० जनाको मृत्यु भएको छ भने १४ हजार भन्दा बढी संक्रमित भएका छन ।
Facebook Comments Box