Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

बुहान(एजेन्सी) : चीनको बुहान शहरमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन तत्कालका लागि सार्वजनिक यातायात सेवामा प्रतिबन्ध लगाएको छ । एक करोड भन्दा बढी बासिन्दा रहेको यो शहरका मानिसलाई घर नछोड्न पनि सुझाव दिइएको छ । श्वासप्रश्वासको माध्यमबाट फैलिरहेको यो भाइरसको संक्रमण चीनका अन्य भागमा देखिएको छ भने अमेरिका लगायतका कोरोना भाइरसको संक्रमण अन्य पाँच देशमा पनि फैलिएको पुष्टि भइसकेको छ । भाइरसका कारण ५०० जनामा यसको संक्रमण देखिएको र १७ जनाको मृत्यु भइसकेकाले यसले महामारीको रुप लिने भन्दै विभिन्न मुलुकमा सावधानीका उपाय अपनाउन थालिएको छ । थाइल्यान्डले नयाँ कोरोना भाइरसका चार संक्रमित पाइएको पुष्टि गरेको छ । जसमा…

Read More

इनरुवा: प्रदेश नं १ सरकारले पाँच लाख पर्यटक भित्र्याउन लिएको लक्ष्य पूरा गर्न कोशी पर्यटन महोत्सव गरिने भएको छ । सुनसरीको कोशी गाउँपालिकाले कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालय नजिक प्रदेश सरकार र केन्द्र सरकारले नेपाल भ्रमण वर्र्षमा लिएको लक्ष्य पूरा गर्न कोशी पर्यटन महोत्सव आयोजना गर्न लागिएको हो । भ्रमण वर्र्ष २०२० मा लिएको पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न कोशी पर्यटन महोत्सव आयोजना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीले बताए । गाउँपालिकाले आयोजना गर्ने पर्यटन महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । गाउँपालिकाले पर्यटन प्रवद्र्धनमार्फत स्थानीयको जीवनस्तर उकास्ने उद्देश्यले नौ दिने बृहत् कोशी पर्यटन महोत्सव आयोजना गर्न…

Read More

बैतडी: बैतडीका विभिन्न क्षेत्र न्यूनतम खाद्य असुरक्षित क्षेत्रका रुपमा रहेका छन् । तीन महिनासम्म पनि बारीमा उत्पादित अन्न खानका लागि नपुग्ने क्षेत्रलाई न्यूनतम खाद्य असुरक्षित क्षेत्रका रुपमा राखिएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए । साविकको जिल्ला कृषि विकास कार्यालयले तीन वर्र्ष अघि गरेको अध्ययन अनुसार बैतडीका महाकाली, पञ्चेश्वर, शिवनाथ, कुलाउ, सिगास, थालाकाँडा, ढुङ्गाड क्षेत्रलाई न्यूनतम खाद्य असुरक्षित क्षेत्रका रुपमा राखिएको छ । पछिल्ला तीन वर्र्षयता पनि खाद्यान्न उत्पादनमा सुधार नआएकाले ती क्षेत्र खाद्यान्न असुरक्षित रुपमा रहेको निमित्त प्रमुख चन्दले जानकारी दिए । पछिल्लो समयमा खडेरी, जङ्गली जनावरलगायतका कारणले बालीनालीमा क्षति पुगेपछि खाद्यान्न उत्पादन घटेको…

Read More

चितवन: बेल्जियमकी राजकुमारी एस्ट्रिड यतिबेला चितवन राष्ट्रिय निकुञ्जमा रमाउँदै छिन । बुधबार साँझ निकुञ्जको एउटा प्रवेशद्वार मेघौलीमा राजकुमारी एस्ट्रिडको वाग्मती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भरतपुर महानगरपालिकाले स्वागत गरेको थियो । साँझ नै प्रदेश सरकारको आतिथ्यतामा एस्ट्रिडलाई रात्रिभोज दिइएको थियो । सो अवसरमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले राजकुमारी एस्ट्रिडलाई चितवन राष्ट्रिय निकुञ्जसँगै प्रदेशका पर्यटकीय क्षेत्रका बारेमा अवगत गराएको थियो । मन्त्रीका स्वकीय सचिव नवराज पुडासैनीका अनुसार भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै प्रदेश सरकारको आतिथ्यतामा राजकुमारीलाई यहाँ भ्रमण गराउने प्रबन्ध मिलाइएको छ । रात्रिभोजमा महानगरपालिकाका प्रमुख रेणु दाहाल, राजकुमारी एस्ट्रिडका श्रीमान्…

Read More

काठमाडौँ: सुनको मूल्यमा आज सामान्य वृद्दि आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु २ सय रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ७५ हजार रुपैयाँ तेजाबी सुनको मूल्य प्रतितोला रु ७४ हजार ७०० रुपैयाँ पुगेको छ । वुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ७४ हजार ८ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला रु ७४ हजार ५ सय रुपैयाँ पुगेको थियो । सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि प्रतितोला रु ५ ले बढेको छ । महासङ्घले चाँदीको मूल्य प्रतितोला रु ८८५ रुपैयाँ तोकेको छ । पछिल्ला समय…

Read More

काठमाडौं : नेपालले यसवर्ष भ्रष्टाचार व्याप्त मुलुकहरुमध्ये ११३ औं स्थानमा रहेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआर्ई) द्वारा आज बिहीबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क २०१९ का अनुसार नेपालले मात्रै ३ अंकको सुधार गरेको छ । ‘सीपीआई २०१९ मा नेपालका लागि समाविष्ट विभिन्न ६ संस्थाले गरेका सर्वेक्षणका विविध आयाममध्ये सार्वजनिक पदको दुरुपयोगमा भ्रष्टाचार विरोधी निकायहरुको कारबाही, न्यायपालिकाका काम–कारबाही, कर असुली सम्बन्धित निर्णयहरू, सुरक्षा निकायहरु खासगरी नेपाली सेनामा सदाचारको पहल लगायत सार्वजनिक सरोकारका विषयमा नागरिक संस्थाको भूमिकाजस्ता कारणहरुले नेपालको स्कोरमा केही सुधार आएको सर्वेक्षणले ईंकित गरेको देखिन्छ,’ ट्रान्सपरेन्सी इन्टरनेशनलद्वारा जारी विज्ञप्तिमा भनिएको छ। ‘तर पनि सरकारको भ्रष्टाचार विरोधी…

Read More

बनियानी: झापा भद्रपुरको दुई भिन्न स्थानबाट प्रहरीले १८ गाईगोरु नियन्त्रणमा लिएको छ । नेपालबाट अवैधरुपमा लैजान लागिएको ती गाईगोरु प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बुधबार राति अवैधरुपमा नेपालबाट भारततर्फ लैजाँदै गरेको तीन वटा गोरु र पाँच वटा गाई भद्रपुर–४ स्थित रङ्गेडाँडाबाट नियन्त्रणमा लिएको हो । त्यस्तै, प्रहरीले भद्रपुर–३ स्थित ७ नम्बर पिलरबाट अवैधरुपमा भारततर्फ लाँदै गरेको गोरु नियन्त्रणमा लिएको छ । प्रहरीचौकी किच्चकबधबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा आठ गोरु नियन्त्रणमा लिएको हो ।

Read More

बेत्रावती: नुवाकोट जिल्लाको विकासमा चालू आर्थिक वर्ष २०७६÷७७ को विनियोजित बजेट कार्यान्वयनको अवस्था निराशाजनक देखिएको छ । आवको आधा समय छ महिना पूरा हुँदा जिल्लामा संघीय सरकार मातहतका कार्यालयले २७.५ प्रतिशत र प्रदेश सरकार मातहतका कार्यालयको बजेट पाँच प्रतिशत मात्र खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार संघीय सरकार मातहतका जिल्लाका ४६ कार्यालयमा चालू आवमा प्राप्त बजेट रु तीन अर्ब ३१ करोड मध्ये छ महिनामा रु ८८ करोड सात लाख (२७.५ प्रतिशत) खर्च भएको छ । कार्यालयका प्रमुख दिवाकरण घिमिरेका अनुसार जिल्लामा प्रदेश सरकार मातहतका सरकारी कार्यालय र प्रदेश सरकारबाट अनुदानप्राप्त गरेका स्थानीय सरकारसमेतका…

Read More

काठमाडौँ: तपाईं चिडियाखानाका वन्यजन्तु हेर्न कति समय लाइन बसेर टिकट काट्नुहुन्छ ? कहिलेकाहीँ त घण्टौँ कुर्नुभयो होला, तर अब यो झन्झटबाट मुक्त हुनुभएको छ । तपाईंले घरमै बसिबसी टिकट ‘बुक’ गर्न सक्नुहुन्छ । जावलाखेलमा रहेको सदर चिडियाखानाले अवलोकनकर्ताका लागि घरमै बसेर टिकट काट्ने व्यवस्था गर्न लागेसँगै दर्शकका लागि लाइन बस्ने समस्या टर्ने भएको हो । अवलोकनकर्ताको ध्यानलाई मध्यनजर गर्दै चालू आर्थिक वर्षभित्रै यस किसिमको व्यवस्था गर्न लागेको सदर चिडियाखानाले जनाएको छ । पहिलोपटक गर्न लागिएको यस कामका लागि चिडियाखाना व्यवस्थापन पक्ष अहिले अभ्यासरत रहेको चिडियाखाना व्यवस्थापन प्रमुख डा चिरञ्जीवीप्रसाद पोखरेलले जानकारी दिए । अनलाइनबाट टिकट काट्ने व्यवस्थासँगै अवलोकनकर्ताको…

Read More

न्यू साउथ वेल्स(एजेन्सी) : अस्ट्रेलियामा महिनौदेखि फैलिएको डढेलो निभाउन उडेको एक विमान दुर्घटना भएको छ । यस दुर्घटनामा परी विमानमा सवार सबै ३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। आज बिहीबार बिहानै सम्पर्कविहिन भएको विमान दक्षिणी न्यु साउथ वेल्सको हिउँले भरिएको पहाडमा ठोक्किएको अवस्थामा भेटिएको जनाइएको छ। क्यानेबेरादेखि २ घन्टा टाढा उक्त क्षेत्रमा विमानमा सवार सबै मृत भेटिएका छन्। विमान दुर्घटनाको कारणबारे केही खुल्न सकेको छैन। अस्ट्रेलियामा अक्टोबर महिनादेखि भीषण आगलागी जारी छ। झाडीमा लागेको डढेलो जंगरभरी फैलिएको छ। हालसम्म यस डढेलोले अस्ट्रेलियाका २ हजारभन्दा बढी घर जलेर नष्ट भएका छन्। २८ जनाभन्दा बढीको मृत्यु…

Read More