Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं : प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्नि सापकोटाविरुद्धको रिटमा आज पनि सर्वोच्च अदालतमा बहस जारी रहनेछ । हिजो सोमबारदेखि शुरु भएको बहस नसकिएपछि आज पनि जारी रहने र त्यसपछि अजौ सुनुवाइ हुने तयारी भएको जनाइएको छ । सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दिएको रिटमा हिजो सोमबार दिनभर बहस भए पनि पूर्ण नभएको र बहस आज पनि जारी रहनेछ । सभामुखको हैसियतमा सापकोटालाई काम नगर्नरनगराउन माग गर्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले सर्वोच्चमा गत शुक्रबार रिट हालेका हुन । नवनिर्वाचित सभामुख सापकोटालाई काभ्रेका अर्जुन लामाको हत्या गरेको आरोप छ । उनीविरुद्ध काभ्रे प्रहरीमा समेत उजुरी छ । मुद्दामाथिको बहस जारी…
भद्रपुर : झापामा रहेका मुलुककै पहिलो रासायनिक मल उद्योग लुना नेपाल केमिकल एण्ड फर्टिलाइजर प्रालि बन्द भएपछि अहिले चमेराको बासस्थानमा परिणत भएको छ । मेचीनगर नगरपालिका–१४ स्थित दुहागढीमा विसं २०५९ मा स्थापना गरिएको सो उद्योग पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाले उद्घाटन गरेका थिए । उद्घाटन भएको केही समयमै बन्द भएको सो उद्योग १७ वर्षदेखि बन्द छ । उद्योगको कार्यालय र भवनहरु जङ्गल र झाडीले छोपिएपछि सुनसान कारखाना भवन चमेराको बासस्थानमा परिणत भएको हो । उद्योगले नेपालमै पहिलोपटक युरिया, नाइट्रोजन, पोटास, डिएपीलगायतका रासायनिक मल उत्पादन गरेको थियो । भारत सिक्किमका राजनीतिज्ञ अशोककुमार सुब्बाले नेपाली साझेदारहरुसँग मिलेर उद्योग सञ्चालन…
काठमाडौं : राष्ट्रियसभाको आज बस्ने बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक पेस हुने भएको छ । दुवै विधेयक प्रधानमन्त्री केपी शर्मा ओलीले पेस गर्ने कार्यसूची छ । भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमा भ्रष्टाचारसम्बन्धी मुद्दामा पाँचवर्षे हदम्याद राख्ने प्रस्ताव गरिएको छ । यो विधेयकमा सल्लाहकार, परामर्शदाता र विशेषज्ञ पनि राष्ट्रसेवक भन्नुपर्ने उल्लेख छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक पेस गर्ने कार्यसूची पनि तय भएको छ । यस्तै, प्रतिनिधिसभाका पूर्वसदस्य गम्भीरजंग कार्कीको निधनमा राष्ट्रियसभा अध्यक्षले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।
चीन(एजेन्सी) : चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १०६ पुगेको छ । चिनियाँ अधिकारीहरुका अनुसार ४ हजार ५१५ जना मानिसमा यो भाइरसको संक्रमण देखिएको छ । यो अघिल्लो दिनभन्दा १७ सय जना बढी मानिसमा यो संक्रमण देखिएको तथ्यांक छ । यो तथ्यांक अनुसार चीनमा कोरोना भाइरसको संक्रमण दिनहुँ फैलिँदै गएकाले भयावह रुप लिने भन्दै चिकित्सकले सबैजनालाई सतर्कता अपनाउन आग्रह गरेका छन । भाइरस फैलिनबाट रोक्न चीनमा यातायात आवागमनमा थप कडाइ गरिएको बीबीसीले उल्लेख गरेको छ। भाइरस उत्पत्ति भएको बुहान र त्यसअन्तर्गत हुबे प्रान्त अहिले सुनसान भएका छन्। कोरोना भाइरस चीनबाहेक अन्य कम्तीमा १६ देशमा…
काठमाडौँ: चीनमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या ८२ पुगेको छ । यसका साथै तीन हजार व्यक्ति यसबाट संक्रमित भएको पुष्टि भएको छ । चीनले नयाँ वर्षमा दिइएको बिदा पुनः तीन दिन थपेको छ । सार्वजनिक बिदा आइतबारसम्म लागू हुनेछ । हुबेईमा मृत्यु हुनेको संख्या ५६ बाट ७६ मा पुगेको छ । साथै, विभिन्न स्थान गरी ६ जनाको मृत्यु भएको छ । बुहान र त्यस आसपास शहरका स्थानीयलाई कतै निस्कन प्रतिबन्ध लगाइएको छ । चीन बाहेक अन्य देशमा ४४ जना संक्रमित भएको पुष्टि भएको छ यसमा नेपाल, भारत, जर्मनी, अमेरिका, अष्ट्रेलियालगायतका देश समावेश छन् । यद्यपि, चीन बाहिर कोरोना भाइरसका…
बनेपा: कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यले चौरीदेउराली गाउँपालिका–५ वडा कार्यालयले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । कृषकलाई परम्परागतखेती प्रणालीको विकल्पमा यान्त्रिकीकरण र आधुनिकीकरण गर्न अग्रसर बनाउने उद्देश्यले वडा कार्यालयको ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको हो । वडाका सबै कृषकलाई समेट्ने गरी पाँच÷पाँच जनाको समूह बनाएर प्रतिसमूह एक मिनीटेलर गरी कूल ३० मिनीटेलर वितरण गरेको वडा नं ५ का वडाध्यक्ष राजकुमार गौतमले बताउनुभयो । “गाउँमा काम गर्नसक्ने जनशिक्त विदेशिएर काम गर्ने मान्छे नभएपछि खेतीमा सहजता प्रदान गर्नका लागि ५० प्रतिशन अनुदानमा मिनीटेलर वितरण गरेका छौँ”, उहाँले भन्नुभयो, “गोरु पाल्न छाडेको र काम गर्न सक्ने…
राजविराज: बुद्ध एयरले आउँदो माघ १८ गते शनिवारदेखि राजविराजबाट सातै दिन उडान गर्ने तयारी गरेको छ । उडान सेवा काठमाडौँबाट राजविराजका लागि ११ बजेर २५ मिनेटमा तथा राजविराजबाट काठमाडौँका लागि १२ बजेर २० मिनेटमा प्रस्थान गर्ने समय तालिका निर्धारण गरिएको बुद्ध एयर राजविराजका स्टेशन इञ्चार्ज अनिल राजवंशीले बताउनुभयो । नियमित उडानले पर्यटन प्रवद्र्धनका साथै भ्रमण वर्ष २०२० लाई सफल बनाउन मद्दत पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । यसअघि राजविराज विमानस्थलमा श्री एयरलाइन्सले साताको तीन दिन उडान सेवा दिँदै आएकामा बुद्ध एयरले भने सातै दिन एक÷एक उडान गर्ने भएको छ । प्रारम्भिक चरणमा बुद्धको ४७ सिट क्षमता भएको विमानले उडान भर्ने…
काठमाडौं : अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले सम्झौताका सबै सर्त पालना नभई नेपालले गरेको खर्चको सोधभर्ना दिन नमिल्ने बताएको छ। साथै एमसीसीले सरकारलाई सम्झौता कार्यान्वयनका थाती काम छिटो सम्पन्न गर्न पनि आग्रह गरेको छ। सरकारले अमेरिकाले एमसीसीमार्फत दिन लागेको ५० करोड अमेरिकी डलर (५५ अर्ब रुपैयाँ) अनुदान सहायतामा कार्यान्वयन गरिने परियोजना तयारी र कार्यान्वयनका लागि कार्यालय स्थापना गरी काम अघि बढाएको छ। एमसीसी सहयोगका परियोजना अर्थ मन्त्रालय मातहतको विकास समिति, मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालमार्फत कार्यान्वयन हुँदै छन्। एमसीए नेपालले परियोजना विकास र कार्यालय सञ्चालनका क्रममा सरकारले नै खर्च गर्दै आएको छ। यो खर्चको सोधभर्नास्वरूप १ करोड…
काठमाडौँ: चीनमा फैलिएको कोरोना भाइरसको प्रभाव नेपालमा पर्न नदिन सरकारले उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरोकारवाला निकायलाई १२ बुँदे निर्देशन दिएको हो । नेपाल भ्रमण वर्ष २०२० का सन्दर्भमा नेपालको पर्यटन क्षेत्र र जनस्वास्थ्यमा यसको नकारात्मक प्रभाव पर्न नदिन अपनाउनुपर्ने पूर्वसतर्कता, जनचेतना र समन्वयका सम्बन्धमा छलफल गरी निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा (हेल्थ डेस्क) स्वास्थ्य कक्ष स्थापना गरी चीनबाट आएका पर्यटकमा उक्त भाइरसको सङ्क्रमणको अनुमान गर्न निर्देशन दिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय तथा नेपाल नागरिक…
काठमाडौँ: राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आजदेखि शुरु भएको नवांै चरणको पहिलो खेलमा पुलिस सशस्त्र प्रहरी बल–एपिएफ) क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । पुलिसको जित कप्तान भोलानाथ सिलवाल नायक बने । उनले खेलको १३ औँ मिनेटमा गरेको एक गोल नै पुलिसको लागि निर्णायक गोल सावित भयो । कप्तान भोलाले पेनाल्टीमार्फत गोल गरेका हुन् । रवि पासवानको कर्नरमा एपिएफका राजन गुरुङले पुलिसका भरत साहलाई धकेलेपछि रेफ्री प्रकाशनाथ श्रेष्ठले पुलिसलाई पेनाल्टी दिएको थियो । सोही अवसरलाई सदुपयोग गर्दै कप्तान भोलाले गोल गरेका थिए ।…
